Wednesday, September 30, 2020

स्वास्थ्य चौकी भवनको उद्घाटन

प्रस, रौतहट, १४ असोज/
    बौधीमाई नगरपालिका–३ मटिअर्वामा बुधवार आधारभूत स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ।
    कार्यक्रममा प्रमुख अतिथि नेकपा प्रदेश २ का सदस्य त्रिभुवन साहले चौकीको उद्घाटन गरेका थिए।  
    वडाध्यक्ष श्रीभगवान् पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका उपप्रमुख प्रेमलता कुशवाहा, स्वास्थ्य संयोजक राकेशकुमार यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us