Wednesday, September 30, 2020

चार बोरा पटाका बरामद

प्रस, सिम्रौनगढ, १४ असोज/
    इलाका प्रहरी कार्यालय, सिम्रौनगढले चार बोरा पटाका र कस्मेटिक सामान गएराति बरामद गरेको छ।
    भारतबाट नेपालतर्फ भारतीय नं.को मोटरसाइकलमा तस्करले ल्याइरहेको चार बोरा पटाका र कस्मेटिक सामान अमरपुर नाकाबाट बरामद गरिएको प्रहरी निरीक्ष्Fक सुरेन्द्र तामाङले बताए। प्रहरीलाई देखेपछि तस्कर मोटरसाइकल र सामान छोडी फरार भएको इप्रका सिम्रौनगढले जनाएको छ।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us