Wednesday, September 30, 2020

यातायात श्रमिकका लागि न्यूनतम ज्यालाबारे छलफल

प्रस, वीरगंज, १४ असोज/
    अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ–नेपालआबद्ध परिषद्को सहयोगमा नेपालका तीन ठूला महासङ्घहरू नेपाल ट्रेड युनियन काङ्ग्रेस, नेपाल ट्रेड युनियन महासङ्घ र अखिल नेपाल ट्रेड युनियन महासङ्घको प्रदेश नं. २ समितिद्वारा असोज १३ गते यातायात क्षेत्रका श्रमिकहरूको लागि न्यूनतम ज्याला र सामाजिक सुरक्षा विषयक एक दिवसीय छलफल सिमरामा’ सम्पन्न भयो।
    श्रम तथा रोजगार कार्यालयका कामु प्रमुख सुन्दर श्रेष्ठको प्रमुख आतिथ्य र नेपाल ट्रेड युनियन महासङ्घ प्रदेश २ का अध्यक्ष कमलेश झाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नेपाल ट्रेड युनियन काङ्ग्रेसका प्रदेश अध्यक्ष लक्ष्मणप्रसाद कुर्मीले व्यक्त गरेका थिए।
    कार्यक्रममा विनोदकुमार मण्डल, लालबहादुर पटेल, मुक्ति चौधरीलगायत बारा, पर्सा र रौतहटका यातायात क्षेत्रका श्रमिकहरूले आआफ्नो विचार र श्रमिकहरूको समस्या प्रस्तुत गरेका थिए। यातायात व्यवसायी सङ्घ वीरगंजबाट सन्तोष गुप्ताको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि श्रम तथा रोजगार कार्यालयका प्रमुखले यातायात श्रमिकहरूको न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा सम्बन्धमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us