Wednesday, September 30, 2020

तस्करको कुटाइबाट दुईजना युवक घाइते

प्रस, सिम्रौनगढ, १४ असोज/
    तस्करको कुटाइबाट दुईजना युवक घाइते भएका छन्।
    सिम्रौनगढ–५ ठूलो इटवालमा तस्करको कुटाइबाट स्थानीय श्यामसुन्दर कुशवाहा र मनोज पासवान घाइते भएका छन्।
    उनीहरूको सिम्रौनगढस्थित कङ्काली पोलिक्लिनिकमा उपचार भइरहेको छ।
    तस्करहरूले ती दुई युवालाई गाउँबाट अपहरण गरी कुटपिट गरेर छाडेका थिए। युवकहरूका अनुसार तस्करको सामान सुराकी गरी पक्राउ गर्न लगाएको विषयमा आफूहरूमाथि कुटपिट भएको बताएका छन्।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us