Sunday, August 2, 2020

रक्षाबन्धनमा सार्वजनिक बिदा

प्रस, जनकपुरधाम, १८ साउन/
    हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व रक्षाबन्धनमा प्रदेश नं २ सरकारले सार्वजनिक बिदा दिएको छ।
     यस वर्ष साउन १९ गते सोमवार रक्षाबन्धन परेकोले सो दिन प्रदेशभरि सार्वजनिक बिदा दिने घोषणा गरिएको प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बताएका छन्।
    मन्त्री सोनलका अनुसार प्रदेशको मुख्य पर्व रक्षाबन्धनमा बिदा दिने कुरा एक साता पहिले बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो। सोही निर्णय अनुसार सरकारले बिदा घोषणा गरेको हो। हरेक वर्ष रक्षाबन्धनमा सार्वजनिक बिदा दिंदै आइएको छ। यस वर्ष कोरोनाको महामारीलाई मध्यनजर गर्दै किनमेल तथा पारिवारिक भेटघाटमा समेत भीडभाड नगर्न र लामो दूरीको यात्रा नगरी रक्षाबन्धन मनाउन प्रदेश सरकारले आग्रह गरेको छ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us