Sunday, August 2, 2020

वीरगंज कारागारमा ११८ जनाको स्वाब नमूना सङ्कलन

प्रस, वीरगंज, १८ साउन/
    वीरगंज कारागारमा १३ जना  सङ्क्रमित भेटिएपछि आइतवार ११८ जनाको स्वाब नमूना सङ्कलन गरिएको छ। सङ्क्रमित १३ जना कैदीबन्दी तथा सुरक्षाकर्मीको कन्ट्याक्ट ट्रेसिड्ढो आधारमा आज ११८ जनाको पिसिआर परीक्षणको लागि स्वाब नमूना सङ्कलन गरिएको हो।
    कैदीबन्दीमध्ये ५५ जना पुरुष, ९ जना महिला, १ जना नाबालक, ३१ जना नेपाली सेना, ७ जना नेपाल प्रहरी र १५ जना वीरगंज कारागारका कर्मचारी गरी ११८ जनाको स्वाब नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको वीरगंज कारागारका प्रमुख श्रवण पोेखरेलले जानकारी गराए।
    गत मङ्गलवार वीरगंज कारागारमा ८ जना कैदीबन्दी, ३ जना सुरक्षाकर्मी र २ जना कर्मचारी गरी १३ जना सङ्क्रमित पुष्टि भएका थिए।
    सङ्क्रमितहरूलाई कारागार परिसरमा रहेको समता स्कूल र अस्पतालमा आइसोलेट गरिएको कारागार प्रमुख पोखरेलले बताए।
    कारागारमा रहेका एक सयभन्दा बढी कैदीबन्दीमा ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि उनीहरूलाई छुट्टै ब्लकमा राखिएको भएपनि धारा र शौचालय सबैले प्रयोग गर्दा सङ्क्रमण फैलिने जोखिम उत्तिकै छ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us