Saturday, August 1, 2020

सांसद यादवसहित ६४ जना सङ्क्रमित

प्रस, वीरगंज, १७ साउन/
    सङ्घीय सांसद प्रदीप यादव कोरोना सङ्क्रमित भएका छन्। नारायणी प्रयोगशालाले शुक्रवार राति जारी गरेको पिसिआर परीक्षण रिपोर्टमा सांसद यादव, उनका चालक र सुरक्षागार्डमा कोरोना सङ्क्रमण देखिएको छ।
    नारायणी अस्पतालका एकजना चिकित्सकसहित दुईजना स्वास्थ्यकर्मी, मास टेस्टिङमा परेका ४३ जना, कन्ट्याक्ट टे«सिङमा परेका ४ जना र नारायणी वयोधा अस्पतालका २ जना, सुक्खा बन्दरगाहका १० जनासमेत ६४ जनामा सङ्क्रमण भेटिएको मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताए। नारायणी वयोधा अस्पतालमा शुक्रवार मृत्यु भएकी ५० वर्षीया महिलाको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ।
    नारायणी प्रयोगशालाले शुक्रवार राति सार्वजनिक गरेको पिसिआर परीक्षण रिपोर्टमा मृतक महिलाको रिपोर्ट पोजेटिभ देखिएको हो।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us