Sunday, August 2, 2020

जनकपुरमा एक साता निषेधाज्ञा

प्रस, जनकपुरधाम, १८ साउन/
    जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमवार रातिदेखि एक सातासम्म निषेधाज्ञा जारी गरिएको छ।
    प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले उपमहानगर क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएकोले सोमवार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेका हुन्। उनले तोकिएकाबाहेक कोही पनि बाहिर निस्कन नपाउनेसमेत जानकारी दिए।
    प्रशासनले औषधिपसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला सङ्कलन तथा ढुवानी, विद्युत् सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुपक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशपलाई अत्यावश्यक सेवा उल्लेख गरेको   छ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us