Saturday, August 1, 2020

सङ्क्रमितको अन्तिम संस्कारमा पुनः अड्चन मिलनचोकमा अश्रुग्यास, हवाई फायर र ढुङ्गामुढा


प्रस, बिरुवागुठी, १७ साउन/
    वीरगंज महानगरमा कोरोनाबाट मृत्यु भएका तीनजनाको शवको अन्तिम संस्कार गर्ने क्रममा शुक्रवार साँझ वीरगंज–३१ मिलनचोकमा पुनः प्रहरीसँग स्थानीयको भिडन्त भएको छ।
    नेपाली सेना र सुरक्षाकर्मीसहितको टोली पर्सा राष्ट्रिय निकुञ्जमा शवको अन्तिम संस्कारको लागि लग्ने क्रममा मिलनचोकमा स्थानीयले अवरोध गरेका थिए। जेसिबीसहित पुगेको प्रहरी र सेनाको टोलीलाई स्थानीयहरूले जङ्गलतर्फ जान रोक लगाएपछि विवाद भएको थियो। विवादको क्रममा प्रहरीले ८ राउन्ड अश्रुग्यास फायर गरेपछि त्यसको प्रतिकारमा स्थानीयले ढुङ्गामुढा गरेका थिए। त्यसपछि प्रहरीले ६ राउन्ड हवाई फायर गरेको थियो। झडपमा सातजना प्रहरी घाइते भएका छन् भने प्रहरी उपरीक्षक गङ्गा पन्तलाई पनि सामान्य चोटपटक लागेको छ।
    यसअघि पनि भेडाहा खोलामा सङ्क्रमितको अन्तिम संस्कार गर्ने क्रममा स्थानीयवासीले अवरोध गरेका थिए।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us