Sunday, August 2, 2020

छतमैं ४० किसिमको आँप उब्जाइयो


    छत र कौसीमा फूल–बिरुवा र तरकारी रोपेको सुनेका थियौं तर एकजना व्यक्तिले घरको छतमा ४० प्रकारका आँप उब्जाएका छन्। ६३ वर्षीय जोसेफ फ्रान्सिस भारतको एर्णाकुलममा बस्छन्। उनी एयर कन्डिशनका टेक्निशियन हुन्। जोसेफका पूर्वज किसान थिए। जोसेफकी हजुरआमाले घरमा कैयौं प्रकारका गुलाफको फूल फुलाएकी थिइन्। आफ्नो हजुरआमाबाट प्रेरणा पाएपछि उनले घरमैं २५० प्रकारका गुलाफको फूल र च्याउ लगाएका थिए। त्यसपछि उनले आँपखेती शुरू गर्ने सोच बनाए।
    उनले सोचे, यदि नर्सरीमा आँपका ठूलठूला बिरुवा ब्यागमा जीवित
रहन सक्छ भने छतमा किन रहन सक्दैन। छतमा बिरुवा लगाउन जोसेफले पिभिसी ड्रम किने र त्यसलाई काटेर आँपको बिरुवा रोपे। आज उनको
छतमा आँपका बिरुवाहरू ५ देखि ९ फिटको भएका छन्। उनको बगैंचामा चन्द्राकरण, अल्फान्सो, मालगोवा, नीलम, केसर जस्ता लोकप्रिय प्रजातिको ४० प्रकारका आँप फलेको छ। उनले ग्राफ्टिङ गरेर आँपका नयाँ प्रजाति तयार गरेका छन् र त्यसको नाम पत्नीको नाममा पेट्रिसिया राखेका छन्। उनको दाबी छ, पेट्रिसिया आँप सबैभन्दा मीठो छ। बगैंचाको हेरचाह गर्ने काम चुनौतीपूर्ण हुन्छ। फलको सुरक्षा, समयमा खाद र पानी, बिरुवाको काँटछाट गर्नुपर्छ। उनले फलाएको आँप सित्तैमा बाँड्ने गरेका छन्।
– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us