Sunday, August 2, 2020

उच्चस्तरीय स्वास्थ्य टोली वीरगंज आउँदै

प्रस, वीरगंज, १८ साउन/
    पर्सामा कोरोना महामारी समुदायमा फैलिएपछि सरकारले वीरगंजमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ।
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगंज पठाइएको हो। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आवश्यकता परेमा अन्य ठाउँमा पनि उच्चस्तरीय टोली पठाइनेछ।
थप २४६ जनामा सङ्क्रमण
    आइतवार नेपालमा २४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा भएको ८८३१ स्वाब परीक्षणमा २४६ जना सङ्क्रमित भेटिएका हुन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल सङ्क्रमितको सङ्ख्या २० हजार ३३२ जना रहेका छन्। आइतवार १११ जना डिस्चार्ज भएका छन्।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us