Sunday, August 2, 2020

कोरोना सङ्क्रमितले एम्बुलेन्स नपाएपछि...


    कोरोना भाइरसबाट विश्व प्रभावित छ। यसैबीच, स्वास्थ्य विभागको लापर्बाही पनि धेरै ठाउँमा देखा पर्दैछ। भारत, मध्य प्रदेशको सेहोर जिल्लाको बुधनीमा पनि यस्तै घटना भेटिएको छ। होशंगाबादका एक युवकले बुधनीमा कोरोना परीक्षण गरे र भोलिपल्ट उनको रिपोर्ट पोजेटिभ आयो। स्वास्थ्य विभागले उक्त युवकलाई कोभिड केन्द्रमा पठाउन पिपिई किट दियो। तर लामो समय पर्खिंदा पनि उनलाई लिन एम्बुलेन्स आएन। त्यसपछि उक्त युवक पिपिई किट लगाएर मोटरसाइकल चलाएर कोभिड केन्द्रमा पुगे।
    स्वास्थ्य विभागको यो लापर्बाही सिसिटिभी भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ। भिडियोमा सो युवक पिपिई किट लगाएर मोटरसाइकल चलाइरहेको देखिन्छ। आइतवार बुधनीमा उक्त युवकले कोरोना जाँचको लागि स्वाब नमूना दिएका थिए। मङ्गलवार उनको रिपोर्ट पोजेटिभ आयो। युवकलाई रिपोर्ट दिन बोलाइएको थियो र पिपिई किट लगाउन दिइएको थियो। यस मामिलामा स्वास्थ्य विभागको लापर्बाही देखिएको छ। पहिलो युवकले उनको आफ्नै ठाउँ होशंगाबादमा जाँचको सुविधा पाएनन् र त्यसपछि बाध्य भएर उनले बुधनीमा कोरोना जाँच गराए। अर्कोतर्फ जाँच रिपोर्ट पोजेटिभ आएपछि युवकलाई अस्पताल लैजानको लागि एम्बुलेन्स आएन। त्यसपछि युवक आफैं मोटरसाइकल चलाएर कोभिड केन्द्रमा पुगेका थिए। कोरोना सङ्क्रमित युवकलाई पंवार खेडा कोभिड केयर सेन्टरमा भर्ना गरिएको र उनको उपचार भइरहेको छ। – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us