Saturday, August 1, 2020

सीमाबाट नेपालीबाहेक अन्यको प्रवेश रोक लगाउन अदालतको आदेश

प्रस, वीरगंज, १७ साउन/
    उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले भारतबाट नेपालीबाहेक अरू कसैलाई पनि प्रवेश नदिन प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयहरूको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।
    अधिवक्ता सुधीर कर्णले दिएको रीटमा शुक्रवार न्यायाधीश डिल्लीराज आचार्यको इजलासले यस्तो आदेश जारी गरेको हो। नेपाली नागरिकलाई भारतबाट प्रवेश गराउँदा सुरक्षा मापदण्डको पालना गराउने र नेपालीबाहेक अन्य कसैलाई पनि प्रवेश नदिन र यसबारेमा कडाइ गर्न प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयको नाममा अन्तरिम आदेश दिएको छ।
    यसैगरी, अदालतले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाहरूको हकमा मृतकले इच्छाएको श्मशानघाट  र मृतकका सदस्यले व्यक्त गरेबमोजिमको स्थानमा धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गर्न निर्देशनात्मक आदेश गरेको छ।
    यसैगरी, प्रदेशमा एउटा विद्युतीय शवदाह गृह स्थापना गर्न पनि सामाजिक विकास मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us