Sunday, August 2, 2020

सामाजिक अध्ययन अनुसन्धानको पर्सा शाखा गठन


प्रस, वीरगंज, १८ साउन/
    सामाजिक अध्ययन अनुसन्धान समाज, पर्सा शाखा गठन भएको छ। सामाजिक अध्ययन अनुसन्धान समाज नेपालको १६औं जिल्ला शाखाको रूपमा पर्सा शाखा गठन भएको हो।
    भर्चुअल बैठक पर्साका सामाजिक विषयका वरिष्ठ शिक्षक अनन्तकुमार लाल दासको अध्यक्षता तथा समाजका केन्द्रीय अध्यक्ष महेन्द्र विष्टको प्रमुख आतिथ्यतामा भएको थियो। भर्चुअल बैठकमा चितवनका अध्यक्ष्F बुद्धि खड्का, काठमाडौंका अध्यक्ष युवराज खड्कालगायत पर्साका ३६ जना सामाजिक विषयका शिक्षकहरू सहभागी थिए।
    प्रमुख अतिथि विष्टले आफ्नो मूल्य, मान्यता, धरातल, परिवेशलाई बिर्सेर राष्ट्रको अमूल्य स्रोतको रूपमा रहेको शिक्षित युवावर्ग दिन प्रतिदिन विकृति र विसङ्गतिको शिकार भइरहेको बताए। उनले शिक्षित युवावर्गमा परावलम्बी प्रवृत्तिको विकास हुँदै पराधीनतातर्फ उन्मुख हुनु राष्ट्रको अवनतिको लक्षण भएको बताए। उनले राष्ट्रको आवश्यकता र समयको माग अनुसार सामाजिक शिक्षालाई यसको मर्मअनुरूप विकास गर्ने सामाजिक अध्ययन अनुसन्धानको उद्देश्य रहेको प्रस्ट्याएका थिए।
    कार्यक्रमका सभापति वरिष्ठ सामाजिक शिक्षक दासले पेशागत दक्षता हासिल गर्न सरकार र अन्य निकायको मुख ताक्नुभन्दा सीप विकासको लागि शिक्षक स्वयम् सङ्गठित हुनुपर्ने बताए। उनले सम्पूर्ण विषयका शिक्षक आबद्ध भई समाज र राष्ट्रको उद्देश्य पूरा गर्न एकजुट भएर अगाडि बढ्नुपर्ने बताए।
    भर्चुअल बैठकले मनोज वर्णवालको अध्यक्षतामा पर्सा शाखा गठन गरेको छ। शाखाको उपाध्यक्ष नन्दकिशोर गिरी, सचिव प्रेमशङ्कर श्रेष्ठ, कोषाध्यक्ष लक्ष्मी ढकाल, सदस्यमा डिल्लीराम आचार्य, भूमिका शर्मा, सबाना श्रेष्ठ, लेलिनकुमार दाहाल, टेकबहादुर कामी छन्। यसैगरी, आमन्त्रित सदस्य जयप्रकाश मेहता र सल्लाहकार समितिको संयोजकमा अनन्तकुमार लाल दास छन्।
    मनोज वर्णवालको संयोजकत्वमा भएको भर्चुअल बैठकको सहजीकरण सबाना श्रेष्ठ र स्वागत प्रेमशङ्कर श्रेष्ठले गरेका थिए।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us