Sunday, August 2, 2020

मोटरसाइकल ठोक्किंदा दुईजनाको मृत्यु

प्रस, जनकपुरधाम, १८ साउन/
    सर्लाहीमा विपरीत दिशाबाट आएका दुईवटा मोटरसाइकल एकापसमा ठोक्किंदा दुईजनाको मृत्यु भएको छ।
    लालबन्दी नगरपालिका वडा नं १७ स्थित पूर्व–पश्चिम राजमार्गमा शनिवार राति दुर्घटना भएको हो। दुर्घटनामा दुवैजना मोटरसाइकल चालकको निधन भएको छ। प्रदेश २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकलका चालक लालबन्दी–५ बस्ने ५० वर्षीय ब्रह्मदेव चौधरी र ज.१म २३३ नम्बरको मोटरसाइकलका चालक रौतहटको ईशनाथ नगरपालिका–७ का ५५ वर्षीय नन्दकिशोर साहको घटनास्थलमैं मृत्यु भएको हो। मृतकहरूको शव शल्य परीक्षणपछि आइतवार दिउँसो परिवारजनको जिम्मा लगाइएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कँुवरले जानकारी दिएका छन्। सो दुर्घटनामा ज.१ म २३३ नम्बरको मोटरसाइकलको पछाडि बसेका श्याम साह घाइते भएका छन्। उनको टाउकोमा चोट लागेकोले महेन्द्रनगर, धनुषामा उपचार भइरहेको प्रवक्ता कुँवरले बताए।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us