Sunday, August 2, 2020

चार वर्षीया बालिका बलात्कृत

प्रस, वीरगंज, १८ साउन/
    जगरनाथपुर गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत भएको समाचार छ।
    जगरनाथपुर गापा–४ दसौता निवासी चार वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सोही वडाका १८ वर्षीय युवक पक्राउ परेका छन्। प्रहरी चौकी जानकीटोलाले युवकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, पोखरियामा बुझाएको छ। घरमा कोही नभएको मौका छोपी युवकले बालिकालाई बलात्कार गरेको प्रहरीको दाबी छ।
    बालिकाको स्वास्थ्य जाँच भएको छ र प्रहरीले युवकलाई हिरासतमा राखेर बयान लिंदैछ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us