Sunday, August 2, 2020

वाशिङ मेशिनमा लाखौं नगद धोइयो


    विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमण हुन नदिन मानिसहरूले विभिन्न उपाय अपनाउँदै छन्। यसैबीच, एउटा मामिला सार्वजनिक भएको छ। एकजना व्यक्तिले कोरोनाको डरले ठूलो सङ्ख्यामा नोट वाशिङ मेशिनमा धोएका छन्। दक्षिण कोरियाको स्थानीय मिडिया अनुसार सियोलनजीक अंसन शहरमा बस्ने एकजना व्यक्तिले कोरोना भाइरस सङ्क्रमणको डरले आफ्नो सम्पूर्ण रकम विसङ्क्रमित गर्नको लागि वाशिङ मेशिनमा धोएका थिए। त्यसपछि उनले पैसा सुकाउन ओभनमा हाले, जसले गर्दा धेर नोट क्षतिग्रस्त भयो।
    त्यसपछि धोएका नोटलाई साटेर नयाँ नोट लिन बैंक अफ कोरिया पुगेका थिए। बैंकले कोरियाको नियम अनुसार व्यक्तिलाई १९,३२० डलर नयाँ नोट प्रदान गरेको छ। बैंक अधिकारीका अनुसार त्यस व्यक्तिका केही नोट साट्न सकिंदैन किनभने त्यो निकै क्षतिग्रस्त भएको थियो। बाँकी नोट बैंकको नियमानुसार साटिदिएको छ। – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us