Saturday, July 4, 2020

मास्क नलगाउनेलाई जरिवाना

प्रस, वीरगंज, २० असार/
    जिल्ला प्रहरी कार्यालय बाराले मास्क नलगाएको कसूरमा १२८ जनालाई जरिवाना तिर्न लगाएर छाडेको छ ।
    जिप्रका बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले शनिवार १२८ जना मास्क नलगाउनेहरूलाई पक्राउ गरिएको र जिल्ला प्रशासन कार्यालय बारमा रु १०० जरिवाना तिर्न लगाएर छाडिएको बताए । प्रवक्ता मिश्रले असार १६–१८ तीन दिन सचेतनाका लागि प्रचार अभियान गरिएको र शनिवार मास्क नलगाउने पसले, सवारीचालक र पैदल यात्री गरी १२८ जनालाई पक्राउ गरेर सङ्क्रमण रोग ऐन २०२० अनुसार रु १०० जरिवाना तिर्न लगाएर छाडिएको जानकारी गराएका छन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us