Saturday, July 4, 2020

५ जना महिलासहित ७९ जनाद्वारा रक्तदान


प्रस, वीरगंज, २० असार/
    गुरुपूर्णिमाको अवसरमा बारा जिल्ला परवानीपुर गाउँपालिका नौतन बहुअरीका गाउँ कार्यपालिका सदस्य सञ्जु साहले आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित ७९ जनाले रक्तदान गरेका छन् ।
    रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहाले अनीतादेवी साह, सुनील साह, सरोज यादव, सुमन मण्डल, धर्मेन्द्र मुखिया, किशोर साह, दीपेन्द्र सिंह, प्रयाग साह, मुकेश रौनियार, महेश कर्णलगायतले रक्तदान गरेको बताए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us