Thursday, July 9, 2020

जीतपुरमा ठूलो लगानीमा होटल ड्रिम्स ताज खुल्दै

प्रस, जीतपुर, २५ असार/
    वीरगंज–हेटौंडा कोरिडोरमा पर्यटकीय स्थलहरू बढेसँगै यहाँका युवा व्यवसायीहरू होटल व्यवसायतर्फ आकर्षित हुन थालेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक र स्थानीय खानाका पारखीहरूलाई मध्यनजर गरी यहाँ ठूलासाना होटलहरू सञ्चालनमा छन्।
    यसैगरी, बारा जिल्लाकै व्यापारिक तथा आर्थिक नगरीको रूपमा पहिचान बनाउन सफल जीतपुरसिमरा उपमहानगरपालिकाको केन्द्र जीतपुरमा एक युवा व्यवसायीले साठी लाख रुपैयाँको लागतमा आकर्षक  होटल ‘ड्रिम्स ताज’ सञ्चालनमा  ल्याउन लागेका छन्। युवा व्यवसायी विनोदप्रसाद गुप्ताले पाँचतारे होटलको जस्तै सेवा तथा सुविधा सामान्य नागरिकको पहुँचमा पु–याउन तथा जीतपुरको शान उच्च राख्न होटल ड्रिम्स ताज खोल्न लागेको बताए। विभिन्न देशमा स्वादिष्ट खानाको परिकार बनाएर सेवा दिएका कूकहरू ड्रिम्स ताजमा आफ्नो कौशलता देखाउन आतुर रहेका होटलका सञ्चालक गुप्ताले जानकारी गराए। जीतपुरस्थित गिरी मार्केटको पहिलो तलामा खुल्न लागेको सुविधासम्पन्न होटल पारिवारिक वातावरण उपलब्ध गराउने, विभिन्न पार्टी, समारोह तथा विवाहका लागिसमेत उपयुक्त हुने गरी सञ्चालनमा आउन लागेको ड्रिम्स ताजको उद्घाटन मिति चाँडै नै तोकिने गुप्ताले बताए।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us