Saturday, May 23, 2020

नस–नसलाई डस्छ नशाले



      नशा, नाशको जड हो । यसले सम्पूर्णरूपले शरीर र मनलाई खोक्रो बनाउँछ । नशाको लत लाग्न निकै कम समय लाग्छ तर त्यसपछि व्यक्ति यस कुचक्रमा फस्छ र निस्किन सक्दैन । सम्झाउँदा व्यक्तिले केही बेर छोडे पनि फेरि यस लतमा फस्छ । यदि धुम्रपान गर्नेले दृढ विश्वास र प्रबल इच्छाशक्तिको निर्माण गरेको छ भने मात्रै यसबाट मुक्त हुन सक्छ ।
      रक्सी, धुम्रपान (चुरोट, बिंडी, गाँजा), गुटखा, तम्बाकूको नशा स्वास्थ्यको लागि हानिकारक हो, जसले स्वयम्लाई, परिवारलाई, भावी पीढीलाई विनाश गर्छ । नशाको सेवन गर्ने मानिस स्वयम् बदनाम हुन्छ नै, साथै उसको परिवार पनि बदनामी हुन पुग्छ । नशाको आदत अनेक अपराध, नकारात्मक विचार, गलत वाणी, दुव्र्यवहार तथा अनेक प्रकारका घातक रोगको जननी हो । जीवनमा नशाको सुरुआत शानशौकतको कारणले लाग्छ र पछि गएर आदत बन्छ, अन्ततः मृत्युमा पुगेर समाप्त हुन्छ ।
      संसारमा असङ्ख्य जीवमा सर्वश्रेष्ठ मनुष्य जीवन हो तर मान्छेले जीवनको सदुपयोग नगरेर दुरुपयोग गर्छ । वर्तमान समयमा फेशनबाट प्रभावित भएर केही समयको आनन्दको लागि नशाको अम्मली भएर आप्mनो मूल्यवान् जीवन एवं धनसम्पदा बर्बाद गर्छ । कुनै पनि प्रकारका नशा स्वास्थ्यको दृष्टिले हानिकारक हुन्छ । तम्बाकूमा मौजुद निकै नशालु पदार्थ निकोटिनले हृदय र फोक्सोलाई नोक्सान पु¥याउँछ, जसले गर्दा व्यक्तिको आयु निरन्तर घट्दै जान्छ । कुनै पनि रूपमा नशा गर्ने व्यक्तिको जीवन २० देखि २५ वर्षसम्म कम हुन्छ ।
      वैज्ञानिकले गरेको शोध अनुसार धुम्रपान गर्ने पचास प्रतिशत व्यक्ति आयुभन्दा पहिले नै वृद्ध देखिन्छ, ३० प्रतिशतले आप्mनो कार्यशैलीलाई प्रभावित गर्छ तथा २० प्रतिशतको अकाल मृत्यु हुन्छ । नशा गर्नाले साँस र हृदयसम्बन्धी रोगबाट ग्रस्त व्यक्ति निरन्तर आप्mनो शारीरिक क्षमता गुमाउँछ । नशाबाट फोक्सोको क्यान्सर हुने खतरा रहन्छ । नशाका अम्मली व्यक्तिको स्मरणशक्ति र कार्य गर्ने शक्ति क्षीण हुँदै जान्छ । साथै उसको पारिवारिक जीवन पनि प्रभावित हुन्छ । यस कारण नशाबाट केवल नोक्सान मात्र हुन्छ ।
      निकोटिन, तम्बाकूबाट पाइने सबैभन्दा ठूलो नशालु पदार्थ हो, जसको उपयोग विश्वमा सबैभन्दा बढी मात्रामा भारतले गर्छ । विगत वर्षको शोध अनुसार १ खर्ब व्यक्तिमा लगभग २५० लाख व्यक्ति कुनै न कुनै प्रकारबाट तम्बाकूको सेवन गर्छन् । यस व्यवसायबाट सरकारले कर अवश्य प्राप्त गर्छ, तर करोडौं रुपैयाँ तम्बाकूको प्रयोग गर्नाले उत्पन्न रोगको उपचारमा पनि खर्च हुन्छ । फोक्सोको रोगी अथवा हृदयघातको सम्भावना भएका व्यक्तिलाई यदि धुम्रपान गर्नबाट कुनै प्रकारले रोकियो भने अघिल्लो केही घण्टामा नै उसको स्थिति सामान्य हुन्छ ।
      तम्बाकूमा जुन निकोटिन नामक नशालु पदार्थ हुन्छ, त्यो शरीरमा पुग्नेबित्तिकै मस्तिष्कलाई तनावबाट मुक्त गर्न थाल्छ, जसबाट धुम्रपान गर्नेले थोरै राहत पाउँछ । यसबाट उसले केही पलको सुख अनुभव गर्न थाल्छ । यसैले उसलाई धुम्रपान गर्ने इच्छा पटकपटक हुन थाल्छ र बिस्तारैबिस्तारै यसको लत बस्छ । नशा सेवन बढाउनमा केही हदसम्म हाम्रो समाज र सरकार जिम्मेवार छ ।
      सरकारलाई शासन चलाउन धन आवश्यक हुन्छ, जुन हामीले दिएको करबाट प्राप्त हुन्छ । सबैभन्दा बढी मात्रामा कर नशासम्बन्धी सामग्रीबाट प्राप्त हुन्छ । अतः सरकार एकातर्पm नशाको रोकथामसम्बन्धी विज्ञापन गर्छ भने अर्कोतर्पm कर लिन्छ । यसै कारण सामान्य जनता आप्mनो जीवन बर्बाद गरिरहेको छ । 
      जरुरी छ कि हामी राम्रो मान्छे बनौं । आप्mनो जीवन र समय व्यर्थको व्यसनमा बर्बाद नगरौं । नशाको गुलाम नबनौं । कुनै पनि आदत बसाल्नु छ भने पढ्ने, खाने, खेल्ने र राम्रो बन्ने बानी बसालौं । यसबाट व्यक्ति, परिवार, समाज र देशको कल्याण हुन्छ ।
      हालै गरिएको एउटा सर्वेक्ष्Fण अनुसार किशोरवय युवकमा स्म्याकको लतले विकराल रूप लिंदै छ । स्म्याक तथा अन्य नशालु पदार्थ पाउनको लागि उनीहरू गलत काम गरिरहेका छन् र आपराधिक गतिविधि जस्तै चोरी, लूटपाट आदिको सहारा लिन्छन् । आप्mनो नशाको हवस पूरा गर्न उनीहरू गलत आदत बसाल्छन् । प्रमुख कुरा यो हो कि बच्चा खेलखेलमा, सोचविचार नगरीकनै यस अम्मलको शिकार हुन्छन् । यदि एउटा बच्चा यस नशाको शिकार हुन्छ भने उसले आप्mनो साथीलाई पनि त्यो प्रदान गर्छ र नशाको गुलाम बन्न पुग्छ । ८० को दशकमा विश्वमैं सबैभन्दा बढी ३० प्रतिशत अफिम अफगानिस्तानमा उब्जिएको थियो । त्यसको प्रतिशत बढेर अब तीन गुना भएको छ किनभने यस व्यापारमा लागत कम र कमाइ बढी छ । सन् २००७ मा गरिएको सर्वेक्षण अनुसार वर्माको हेलमन्द नामक क्षेत्रमा हजारौं हेक्टर भूमिमा अफिमको खेती गरिन्थ्यो ।
      यदि नशाको व्यापारको कुरा गर्दा यसको सुरुआत कोलम्बियाबाट भएको हो । कडा प्रतिबन्ध भएपनि यहाँ धेरैले सजिलै पाउँछन् । एउटा सानो पुडियाको मूल्य बढी हुन्छ । प्रहरीको निगरानी र हशीशअफिम, चरेसगाँजाको धरपकडपछि यस व्यापारमा कुनै कमी आइरहेको छैन । अरब देशमा गिरप्mतार गर्नेबित्तिकै गोली मार्ने आदेश भएको कारण स्थिति केही नियन्त्रणमा छ । नशालु पदार्थको व्यापारमा नयाँनयाँ प्रविधिको उपयोग गरिन्छ । हालैको घटना अनुसार ड्रग व्यापारीहरूले कुकुरको पेट चिरेर पेटभित्र ड्रग्सका प्याकेट राखेका थिए ।
      नशाको जड समाप्त गर्न हामी सबैले प्रभावी पाइला चाल्नुपर्छ । नवयुवक देशका भावी पथप्रदर्शक हुन् , समाजमा उनीहरूको योगदान अति महŒवपूर्ण हुन्छ । नवयुवकको ध्यान बढीभन्दा बढी मेहनत गर्न, योग र आध्यात्मिक प्रवृत्तितर्पm हुनुपर्छ, न कि नशातर्पm । नशा, विनाशको अर्को रूप हो, जसको परिणाम सदैव विनाशकारक हुन्छ । यदि बजारमा नशालु र प्रतिबन्धित औषधि हुँदैनन् भने नशाको प्रवृत्तिमाथि अङ्कुश लगाउन सकिन्छ ।
      यदि नशालु औषधि पूर्णतया बन्द गरिदिन्छौं भने नवयुवकलाई कालको गालमा जानबाट बचाउन सकिन्छ । उनीहरूलाई एउटा नयाँ दिशा दिन सकिन्छ । नशाको कारण हरेक दिन लूटपाट, काटमार, बलात्कारजस्ता मामिला उजागर हुन्छन् । यदि नशाको प्रवृत्ति र नशालु औषधिमाथि पूर्णरूपले प्रतिबन्ध लगाइन्छ भने यस्तो घटनालाई रोक्न सकिन्छ ।
      नशामा नियन्त्रण आवश्यक छ । नशाको अम्मली किशोरवयलाई सबैभन्दा पहिले प्रेमपूर्वक सम्झाउने प्रयास गर्नुपर्छ । उनीहरूको गतिविधिमाथि निगरानी गर्नुपर्छ । त्यसपछि बिस्तारैबिस्तारै नशाबाट उत्पन्न हुने असरबारे उनीहरूलाई अवगत गराउनुपर्छ । यदि शान्तिपूर्वक स्नेह र उपचार दिन्छौं भने निश्चित नै नशाको आदतबाट निजात पाउन सकिन्छ ।
      यदि दुव्र्यसनीको परिवारका सदस्य, मित्र र शिक्षक मिलेर प्रयास गर्छौ भने निश्चितरूपले समाजलाई नशामुक्त बनाउन सकिन्छ । व्यर्थको कुरा र हपारेर कसैको नशा छुटाउन सजिलो हुँदैन । यसको लागि सामञ्जस्यको आवश्यकता पर्छ । आयुर्वेद, एलोपैथी तथा होमियोपैथीमा नशा छुटाउने अनेक औषधि छन् । दुव्र्यसनीको परिवारले यदि धैर्यपूर्वक त्यसलाई नियमितरूपले औषधि दिन्छौं भने नशाबाट विरक्ति पैदा गर्न सकिन्छ ।
      यसको साथ एउटा महŒवपूर्ण कुरा यो हो कि जो व्यक्ति नशाको आदतमा परेर आप्mनो सबैथोक गुमाउँछ, त्यसलाई नशामुक्त गरेपछि पुनस्र्थापित गर्न आवश्यकता हुन्छ । यदि उसले पुनस्र्थापनामा पूरा सहायता पाउँछ भने उसले स्वयम्लाई सम्हालेर हीन भावनाबाट मुक्त हुन सक्छ । नशामुक्तिको लागि दृढ इच्छाशक्ति एवं अपार धैर्यको आवश्यकता पर्छ । नशालाई एकाएक बन्द गर्नुको साटो बिस्तारैबिस्तारै कम गर्नुपर्छ । यसबाट ग्रस्त व्यक्तिप्रति सहृदयतापूर्ण व्यवहारको आवश्यकता पर्छ र यसको लागि हामी सबैले मिलेर काम गर्नुपर्छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us