आज अध्यात्म एउटा लोकप्रिय शब्द हो, जसको चलन जीवनमा बढ्दै गइरहेको छ। एकातर्फ युवाहरूमा अध्यात्मप्रति रुचि बढ्दै छ, विश्वभरिका मानिस अध्यात्मलाई अपनाइरहेका छन् भने अर्कोतर्फ एउटा ठूलो वर्ग यस्तो पनि छ, जुन यसप्रति भ्रामक धारणाहरू राख्छन् र यसबाट जोगिन्छन्। साथै यो वर्ग यसबारे भ्रान्ति पनि फैलाउँछन् कि यसलाई जीवनमा उतार्न सकिंदैन वा यसलाई अपनाउँदा जीवनका सम्पूर्ण मोजमस्ती छुट्छ। उनीहरू अध्यात्मलाई केवल गृहत्यागी, सन्यासी बाबाहरू वा बूढा–बुजुर्गका लागि कामको वस्तु मान्छन्, जबकि यो पूर्ण सत्य होइन।
यस्ता भ्रामक धारणाहरू अध्यात्मबाट दूरीका कारण उब्जिन्छन्, अध्यात्मसम्बन्धी गलत बुझाइका कारण । अध्यFत्मको व्यावहारिक स्वरूप पनि छ, जुन व्यक्तिको स्थिति अनुरूप दैनिक जीवनमा निकै उपयोगी हुन्छस व्यक्ति जहाँ उभिएको छ, त्यहींबाट उसलाई अगाडि बढ्ने बाटोले यो देखाउँछ कि जसलाई दिनचर्याको जीवनमा अपनाएर हामी जीवनलाई सुविकसित एवं सुन्दर बनाउन सक्छौं।
अध्यात्म शब्दको अर्थ नै आफ्नो आत्मा वा आफ्नो जीवनको अध्ययन एवं उत्थान हो। अध्यात्म अस्तित्वको बोध हो, स्वयंको सम्यक बुझाइ हो र यसको आधारमा जीवनको उत्कर्ष हो। यो आफ्नो क्षमता, दुर्बलता, विशेषताको बोधका साथ मौलिक जीवनलक्ष्यको निर्धारण हो, लौकिक प्रगतिको साथ आफ्नो आन्तरिक विकासको पथलाई प्रशस्त गर्दै, आफ्नो चरम उत्कर्षको प्राप्तिको मार्ग हो। यो जीवनको गहनतम खोज–अन्वेषण एवं अनावरणको प्रयासको साथ बाह्य जीवनलाई समायोजन गर्दै एक सर्वाङ्गीण जीवन जिउने राजमार्ग हो।
धार्मिक कर्मकाण्डसँग अध्यात्मको बढी लेनदेन छैन, तर यदि यसलाई भावपूर्ण तरीकाबाट सम्पन्न गर्दा यो कर्मकाण्ड यसमा सहायक हुन्छ। धर्म प्रायः कुनै विश्वासको आधारमा टिकेको हुन्छ, जसमा व्यक्तिको सत्यलाई पाउने आफ्नो अन्तरतम चाहना पनि जोडिएको होस्, यस्तो आवश्यक छैन। यसै कारण धार्मिक व्यक्ति अधिकांशतः आफ्नो कर्मकाण्ड र पूजा–पद्धतिसम्म सीमित रहँदै आत्मसन्तुष्ट अवस्थामा पाइन्छन्। यसबाट उनीहरूको आत्मिक विकास पनि भइरहेको हुन्छ वा हुँदैन, योसँग उनीहरूलाई वास्ता रहँदैनस जबकि अध्यात्मको सुरुआत विश्वासभन्दा बढी आफ्नो अन्तरतम अभीप्साबाट हुन्छ, जसले आफ्नो अस्तित्वको सत्य जान्न चाहन्छ, धर्ममा बताइएको चरम सत्य, परम तथ्यलाई अनुभव गर्न चाहन्छ।
यस प्रकार अध्यात्म अनुभूतिको पथ हो, आत्मानुसन्धानको मार्ग हो, आत्मचेतनाको अनावरण विज्ञान हो, आफ्नो ईश्वरीय स्वरूपको उद्घाटनको विधान हो। यस रूपमा यदि धार्मिक कर्मकाण्ड एवं पूजा–पद्धतिलाई विधि–विधान एवं भावपूर्ण रीतिबाट अपनाइयो भने त्यसले क्रमशः आध्यात्मिक अनुभूतितर्फ लैजान्छ, अन्यथा कोरा कर्मकाण्ड व्यक्तिलाई बीचैमा अल्झाइदिन्छ। धार्मिक हुनुको साथसाथै व्यक्ति अन्धविश्वासी, अहङ्कारी एवं कट्टर झनै बन्न पुग्छ, जसको कारण प्रबुद्ध व्यक्तिहरूको धर्मप्रति नकारात्मक धारणा बन्छ र उनीहरू यसबाट टाढा बस्नु नै उचित सम्झिन्छन्। विश्वभरिमा कुनै धर्मसँग आफ्नो पहिचान नजोड्ने प्रबुद्ध वर्गको बढ्दो प्रवृत्तिको पछाडि यसै सत्यलाई सक्रिय देख्न सकिन्छ।
यस प्रकारबाट अध्यात्मलाई कोरा नीति–नियमसँग पनि धेरै लेनदेन छैन। हो १ विवेकपूर्ण नैतिकता यसको आधार हुन्छ, जुन एउटा सानो बिरुवाको रूपमा हुर्किरहेको साधकको सुरक्ष्Fाकवचको रूपमा प्रारम्भिक चरणमा सहायक हुन्छ, तर जब बिरुवा ठूलो वृक्षको रूपमा विकसित हुन्छ भने सामाजिक नीति–निषेधको बढी महŒव रहँदैन। यस्तोमा संयम, सदाचार, तप–त्याग एवं सेवा आदि साधकको अभिन्न अङ्ग बन्न पुग्छ, जसलाई बाहिरबाट ओढ्नुपर्दैन। आफ्नो विवेकको आधारमा उसले यसलाई अपनाउँछ। जसको मूल उद्देश्य आफ्नो तन, मन, प्राण एवं अन्तःकरणको लयलाई जीवनको साथ जोड्दै आत्मविश्वासको पथमा अगाडि बढ्नुपर्ने हुन्छ, जुन कि एउटा गत्यात्मक प्रक्रिया हो।
व्यावहारिकरूपमा अन्तर्वाणी एउटा मार्गदर्शिकाको भूमिकाको साथ रहन्छ, जससँग इमानदारी, समझदारी, जिम्मेवारी र बहादुरी जस्ता सद्गुणहरू जीवनका अङ्ग बन्छन्। श्रमशीलता, सुव्यवस्था, स्वच्छता, मितव्ययता, शालीनता र सहकार जस्ता सद्गुणको अभ्यास सतत् चलिरहन्छ। व्यावहारिक अध्यात्मको रूपमा नैतिकता जीवनको अविच्छिन्न अङ्ग बन्न पुग्छ। यस आधारमा जीवनको सर्वाङ्गीण उत्कर्षको लक्ष्य सुनिश्चित हुन्छ।
श्रीमद्भगवत्गीतामा भगवान् श्रीकृष्णको शब्दमा, यस्तो धर्मको थोरै पनि अंश यस संसार–सागरबाट पार लगाउने हुन्छ। पापी व्यक्तिको लागि पनि यो धर्माचरण आशाको किरणको समान हो– बस अध्यात्म वा सच्चा धर्मतर्फ पाइला बढाउन शुरू गर्नुपर्छ। आफ्नो विवेकको आधारमा धर्म एवं नैतिकतालाई धारण गर्दै हामी सहजै व्यावहारिक अध्यात्मलाई जीवनको अङ्ग बनाउन सक्छौं। यदि हामीलाई आपैंmसँग माया छ, जीवनसँग लगाव छ भने अध्यात्म हाम्रो जीवनको पाथेय, साथी एवं सहचर बन्न पुग्छ। हामी जुन पनि अवस्थामा छौं, त्यसै अनुरूप यस व्यावहारिक अध्यात्मलाई धारण गर्दै जीवनलाई बढी सुगढ, सुन्दर एवं अर्थपूर्ण बनाउन सक्छौं।

0 comments: