Friday, May 22, 2020

संस्कार: अन्धविश्वास या उत्तर आधुनिक व्यवहार

सञ्जय मित्र
    आउने बित्तिकै मैले पण्डितजीलाई भनिदिएँ प्रश्नसूचक भावले, “किन आउनु भो मकहाँ ?”
    प्लास्टिकको कुर्सीमा बस्न अलमल गर्दै थिए पण्डितजी। अप्रत्याशित र अकल्पनीय मेरो प्रश्नले अनुहारमा विषाक्तयुक्त अप्ठ्यारो हाँसोजस्तै भर्दै पण्डितजी बोल्छन्, “किन आउँदैमा के भइहाल्यो ?”
    भर्खर कसैकहाँ पूजा गराएर आउँदै थिए। जसकहाँ पूजा गराए, खाना भने खाएनन्। उनको घरबाट निस्कनासाथ प्रहरीले देखिहाल्यो। बिहानको समय भएपनि प्रहरीले कडाइ गरेको छ बजार क्षेत्रमा। प्रहरीले देखेको पण्डितजीले थाहा पाएपछि चिटचिट पसिना आइहाल्यो । तर प्रहरीले केही पनि भनेन, सम्भवतः सहानुभूतिपूर्ण आँखाले हेर्दै अगाडि बढ्यो। मनभरि त्रास लिएर पण्डितजी बिहानै मेरो घरमा पसेका थिए।
    “हामीलाई छुतका छ। यस्तो अवस्थामा अरू हामीकहाँ आउनुहुँदैन, अझ हामी पनि अरूकहाँ जानुहुँदैन भन्ने मान्यता छ। त्यसमा त तपाईं पण्डितजी । अरूले के भन्लान् ?”
    कोरोनाको कहरले बजारमा झन्डै कफ्र्यूको स्थिति रहेको छ। एकले अर्कालाई छुनुहुँदैन। सम्भव भए एक मिटर टाढा नै बस्नुपर्ने सबैतिरको सुझाव छ। त्यसमा पनि छुतकामा परेको मानिसको घरको नून चल्दैन, आगो चल्दैन, पानी चल्दैन। छुतकामा परेकालाई कसैले छुनुहुँदैन। उसको घरमा कोही पस्नुहुँदैन, ऊ पनि कसैको घरमा पस्नुहुँदैन। यी सब सामाजिक मान्यता हुन्।
    पण्डितजी चिया खान तयार हुन्छन् । दूध आइपुग्न अलि ढिलै भएको हो। रातो चिया नै आउँछ। पण्डितजी चिया खान थाल्छन्। पण्डितजीको मेरो घरमा सम्मान छ, पहिलेदेखि नै। अलिक सहज महसूस गर्दछन्। सामान्यावस्थामा पनि उनी जसकसैकहाँ खाइहाल्दैनन्। मकहाँ कुनै बन्देजजस्तो उनको आत्माले स्वीकार गरेको मैले थाहा पाएको छैन। दुःखसुखका कुरा पनि हुने गरेको छ, हामीबीच।
    मेरो घरमा पण्डितजीले पसेर कुनै गल्ती पो गरे कि ?
    मेरो मनमा पनि परेको छ। पण्डितजीको मनमा झन् बढी परेको छ ।
    मेरो मनमा पर्नुका पछाडि वार्तमानिक परिवेश र सांस्कृतिक परिबन्द दुवै उभिएका छन्। तर प्रमुख भने सांस्कृतिक कारणले नै बढी उक्साएको हो त्यसरी भनिदिन।
    पण्डितजीको मथिङ्गललाई अप्रत्याशित मेरो प्रश्नले रन्थनाइदिएको मैले राम्ररी पढेको छु। मलाई पण्डितजीले धर्मकर्ममा धेरै अडिने भनिठान्दैनन्। तथ्य र तर्कमा बढी विश्वास गर्ने व्यक्ति ठान्दछन्।
    अन्धविश्वास त अन्धविश्वास नै हो । आँखा चिम्लेर विश्वास गरिने विश्वास नै अन्धविश्वास हो। तथ्य दिन सकिंदैन, तर्क दिन सकिने अवस्था हुँदैन तर पनि नमान्न कतिपय अवस्थामा अप्ठ्यारो हुन्छ । सामाजिक वा सांस्कृतिक बाध्यता वा विवशता पनि हुन्छ, कतिपय अवस्थामा। अहिले वैज्ञानिक किसिमले कुनै जवाफ दिन नसकिए पनि टाउको निहुराएर अन्धविश्वास वा अतार्किक व्यवहारलाई निर्वाह गरिरहनुपरेको हुन्छ।
    कुनै संस्कृति त्यसै निर्माण भएको हुँदैन। संस्कृति निर्माण हुन दशकौं वा शताब्दीयौं लागेको हुन्छ। हाम्रो समाजमा श्राद्धको संस्कार निर्माणमा कति समय खर्च भयो ? यस प्रश्नको उत्तर खोजिनु आवश्यक ठान्दैन वर्तमान ? कुन परिस्थितिमा छुतका मान्नुपर्ने प्रचलनको सुरुआत भयो होला ? यसको परिकल्पना गर्न पनि कतिपय वर्तमानले आवश्यक ठान्दैन ?
    अहिले उत्तर आधुनिक जमाना जो छ। अरूमाथि प्रश्न ठड्याउन जानेको छ । प्रश्नको गहिराइलाई बुभ्mन हिच्किचाउँछ। जवाफ सुन्ने धैर्य राख्दैन । अन्धविश्वास भनेर आफ्नै प्रश्नको उत्तरको गहिराइ वा आत्मालाई बुभ्mन चाहँदैन। उत्तर आधुनिक सिद्ध गर्न त्यस्ता कुरालाई पन्छाउन गर्व गर्दछ।
    अहिले उत्तर आधुनिक युगको कोरोना भाइरसले लाशलाई छुन दिंदैन, आफन्तलाई। धेरै निकटका आफन्त भए एक मिटरको दूरीमा रहेर लाश हेर्न सक्छ। छुन पाउँदैन।
    हाम्रो संस्कारमा पहिलेदेखि नै आफन्तले अन्त्येष्टिभन्दा पहिले अन्तिमपटक मुख हेर्ने चलन छ, मृतकको । अन्त्येष्टिमा प्रत्यक्ष सहभागी हुनेले सकेसम्म जीउमा कपडा लगाउँदैनन् र अन्त्येष्टिको एउटा तात्क्षणिक कर्म नुहाउनुलाई बनाएको छ। यदि कसैले कपडा लाएर मृतकलाई छोएका छन् भने लाएको सम्पूर्ण कपडालाई तत्कालै धुनैपर्ने हुन्छ। मृतकले प्रयोग गरेका लुगाफाटो पनि मिल्काइने गरिन्छ। उत्तर अत्याधुनिक रोग वा महामारी वा भाइरसबाट मृत्यु भएपछि प्रथमतः अन्त्येष्टि संस्कारमा नै आफन्तलाई जान दिइँदैन र यदि कोही नजीकसम्म पुगेका छन् भने प्रारम्भिक वा प्राथमिक सचेतना जीउमा लगाएको सम्पूर्ण कपडाको अत्यन्त विशिष्ट सफाइ गर्नुपर्ने हुन्छ।
    अन्त्येष्टि गरिएको ठाउँमा चार दिनपछि पुगेर त्यहाँको खरानीसमेतलाई त्यहीं नछरिने वा हावामा नपिंmजिने गरी मिलाइन्छ। वार्तमानिक धरातलमा पाइला टेकेर नजीकबाट नियाल्दा खरानीसमेतलाई खुला छोड्नुहुँदैन भन्ने परम्परागत धारणाभित्र लुकेको उत्तर आधुनिक रहस्यलाई केलाउन सकिन्छ।
    मृत्यु भएका मानिसको घरपरिवार र आफन्तलाई छुतका लाग्दथ्यो। अर्थात् उसले कसैलाई वा कसैलाई उसले छुनुहुँदैनथ्यो। छुँदैमा के भइहाल्छ ? भनेर प्रश्न गर्नेहरूले अहिले बुभ्mन थालेका छन्– यदि मृत्यु नै कुनै यस्तो सङ्क्रामक रोगका कारणले भएको हो भने सर्ने डर हुन्छ। यसलाई वैज्ञानिक छुवाछूत प्रथा पनि मान्न सकिन्छ।
    मृत्यु संस्कारभित्र सरसफाइले पनि निकै ठूलो महŒव पाएको छ परम्परादेखि । मृत्यु हुने व्यक्तिको नजीकका आफन्तले दशौं वा एघारौं दिन घरलाई सफा गर्ने, लिपपोत गर्ने वा भुइँ तथा भित्तालाई पुछ्ने, सबै लुगाफाटा धुने, कपाल खौरिने, नङ काट्ने गर्दछन् । यदि आफन्तभित्रै अर्को कुनै व्यक्तिको पनि कुनै कारणले मृत्यु भएमा फेरि दश/एघार दिन पर्खिनुपर्ने हुन्छ। यसलाई यसरी पनि बुभ्mन सकिन्छ– यदि कुनै सङ्क्रामक रोगबाट मृत्यु भएको हो वा होइन, त्यो परीक्षणको समय नै दश/एघार दिन हो, आफन्तको लागि। र कोरोनाजस्तो महामारीको सन्दर्भलाई यस संस्कारको आलोकमा विचार गर्ने हो भने यो संस्कारको उत्तर वैज्ञानिक परीक्षणजस्तो प्रकाशित हुन्छ। सरसफाइको महŒव वर्तमानले बुझेको मात्र नभई जमानामा हाम्रो समाजले बुझिसकेको रहेछ।
    अहिले चौध दिन वा दुई हप्तासम्म हरेकले सामाजिक दूरीलाई निर्वाह गर्न सके भने महामारीलाई पैmलिनबाट रोक्न सकिने बताइरहेका छन्।
    ते¥हौं दिन गाउँका भद्रभलादमीलाई बोलाएर श्राद्ध कर्म गर्नुपर्छ भनेको के हो ? आफन्तको मृत्यु भएको ते¥हौं दिन गाउँका भद्रभलादमीलाई बोलाउनु, आफन्त तथा नातागोतालाई बोलाएर आफूले ते¥ह दिनसम्म अलग्गै बसेको, समाजमा घुलमिल नगरेको अर्थात् सामाजिक दूरी कायम राखेको हो भन्ने कुराको साक्षी दिएका पो हुन् कि ? मृतकका आफन्त र समाजले समाजमा दिएको योगदानको सम्झना गर्ने र सामाजिक दूरीको अवधि पूरा भएपछि समाज उनीसित मिलेको भन्ने स्पष्ट पार्न सहभोजको आयोजन गर्ने चलन पो चलेको हो कि ?
    यदि अतिविपन्न छन् भने घरका एकजनालाई भोज खुवाउँदा भयो। अझ एकजनालाई पनि खुवाउन सक्ने हैसियत नभएमा समाजका सदस्यहरूले भोजका सामग्री दिएर सहयोग गर्ने चलन छ। तर मूलमा त यो पनि देखिन्छ कि भोज खानु छ। जातमा मिलाउनु छ, समाजमा मिलाउनु छ। अर्थात्, अलगथलग भइसकेको परिवारलाई सामाजिक दृष्टिले समान बनाउनु छ।
    भोजले मृत्युलाई पनि उत्सव बनाइदिन्छ, शोकको समयमा उत्सव आवश्यक छैन भनेर संस्कृतिलाई खिल्ली उडाउनेहरू पनि छन्। यसलाई अवैज्ञानिक चिन्तन मान्छन्। तर्क आफ्नो ठाउँमा रहेको छ तर बितेको करीब दुई हप्तामा हाम्रो घरपरिवार पूर्ण सुरक्षित छ, हाम्रो घरदेखि आफन्तसम्म सुरक्षित छौं भनेर खुशी अभिव्यक्त गर्ने र समाजले पत्याउने एउटा मेसोको रूपमा पो लिइएको हो कि संस्कारले ?
    यसैभित्रको रहस्यात्मकतालाई खोतलौं न। दश दिनसम्म नङ पनि काट्न नहुने र कपाल पनि छाँट्न नहुने किन ? सम्भवतः नङ काटेर तथा कपाल छाँटेर कतै फाल्नुपर्ने अवस्थामा काटेर फालिएको नङ र कपालबाट पनि रोग पो सर्ने हो कि ? तर दश/एघार दिनसम्म समाजले परीक्षण गरेर बल्ल नङ काट्ने तथा टाउको खौरिने र दारी ताछ्ने बाध्यात्मक अवस्था सिर्जना गरेको छ। अहिले उत्तर आधुनिक विज्ञानले पनि हरेक बीस मिनेटमा नङभित्रसमेत पिंmज पुग्ने गरी साबुन पानीले मिचिमिची हात धुनुपर्ने अ¥हाइरहेको छ। कपालबाट पनि महामारीको भाइरस सर्छ भनिरहेको छ । अनि हाम्रो संस्कारले नङ र कपाल काटेर गाउँमा नफाली कतै बाहिर लगेर फाल्नुपर्ने तथ्यमा लुकेको वैज्ञानिक रहस्य आपैंm आलोकित भएको देखिएको छ।
    यसबाट यो पनि जानकारी भइरहन्छ कि फलानो घरपरिवारमा कसैको मृत्यु भएको थियो। अभैm कोही कसैलाई शङ्का भए टाउको खौरेकाहरूबाट केही दिन टाढा बस्न सकिन्छ। सजिलै चिन्न सकिने भएकोले आवश्यकता महसूस गर्नेले सावधानी अपनाउन सजिलो हुन्छ।
    यस प्रकारका संस्कारहरूलाई वैज्ञानिक परीक्षण नगरी अँध्यारोमा तिर हानेजस्तै गरी एकैचोटि अन्धविश्वासको पगरी पहि¥याउँदा संस्कारमाथि अन्याय होला नहोला, पछि थाहा हुन्छ तर विज्ञानमाथि पनि अन्धविश्वासको छाप लाग्ला कि भन्ने डर उत्पन्न हुन्छ किनभने हरेक वैज्ञानिक तथ्य र सत्य जहाँ पनि वा जहिले पनि परीक्षण गरेर प्रमाणित गर्न सकिन्न। यसको लागि उचित वातावरणको आवश्यकता पर्दछ।
    पण्डितजीले चिया खाइसकेका छन् । अब सेनिटाइजरको प्रसङ्ग कोट्याउँछन्। उनको भावना छ– एउटा सानो सीसी भएपनि पाए हुन्थ्यो। हामीले प्रयोग गरिरहेको सेनिटाइजरको सानो सीसी टेबलमैं छ तर पण्डितजी छुन/उठाउन डराउँछन्। अलिक सतर्क आँखाले उत्सुकता व्यक्त गर्दछन्, प्राप्तिको आशामा।
    पानी पनि छुनुहुँदैन भन्ने छ नि हाम्रो संस्कारमा। कुनै भाँडाबर्तन पनि छुनुहुँदैन नि।
    यदि कसैमा कोभिड–१९ भाइरसको सङ्क्रमण छ भने उसले छोएको सामान अरूले छुँदा पनि सङ्क्रमण हुने खतरा रहेको वर्तमानले बताएको छ।
    अझ किरिया लिने मानिसको नजीक पनि जानुहुँदैन भनिन्छ।
    किरिया लिने मानिसले मृतकको लाशलाई चलाएको हुन्छ। सबैभन्दा नजीक रहेर काम गरेको हुन्छ। यसै कारण उनको नजीक कोही जानै हुन्न भनिएको हुनुपर्छ। यसको परिपालनाको लागि किरिया बोक्नेको हातमा बाँसको हरियो लठी पनि दिइन्छ। कमसेकम त्यो लठी बराबरको दूरीमा रहेर उसले कोही कसैसित कुराकानी गर्नुपर्दछ। सुत्दा, बस्दा पनि ऊ नितान्त एक्लो हुनुपर्छ। सुत्दा पनि खाटमा सुत्नुहुँदैन, कुर्सीमा बस्नुहुँदैन। अहिले हेर्दा, कोही सङ्क्रमित खाट वा कुर्सीमा बसेको छ भने त्यसबाट पनि सर्ने खतरा रहन्छ। यस कारण सबैलाई सेनिटाइज गर्नुपर्दछ। हाम्रो समाजले पहिलेदेखि नै बस्न रोकेको देखिन्छ।
    अँ, कसैले कुनै वस्तुलाई छोएको छ र त्यसलाई अहिले पुनः प्रयोग गर्नुपर्ने आवश्यकता छ भने सेनिटाइज गरेर प्रयोग गर्न सकिन्छ। संस्कारले पनि यस अवस्थामा राम्ररी धोइपखाली प्रयोग गर्न सकिन्छ भनेर सिकाएको छ।
    संस्कारले माछामासु पनि परहेज गरेको छ, छुतका परेकालाई। अहिले स्पष्ट भइरहेको छ, सङ्क्रामक रोगको समयमा सकेसम्म माछामासु खानुहुँदैन।
    अज्ञान पनि अन्धविश्वास नहुन सक्दछ किनभने वैज्ञानिकताको कसीमा जाँच्ने उपयुक्त वातावरण नहुँदासम्म अज्ञानलाई परिभाषित गर्न सकिन्न। अज्ञानभन्दा केही पृथक हुन सक्छ अन्धविश्वास। अन्धविश्वास भनिएको पनि विज्ञान हुन सक्छ। उत्तर आधुनिक विज्ञानले प्रमाणित गर्न बाँकी रहेको विज्ञान हुन सक्छ, कतिपय संस्कार। अभैm पनि उत्तर आधुनिक विज्ञानको पहुँचभन्दा टाढा हुन सक्छ, अन्धविश्वासको आरोप लागिरहेका कतिपय व्यवहारहरू।
    आफूमा परीक्षण गर्ने क्षमता नहुँदा तथा आफ्नो वरपर परीक्षण गर्ने वातावरण नहुँदासम्म सामाजिक प्रचलनहरूमाथि ठाडो आरोप लगाउनु पनि अन्धविश्वास हुन सक्छ। आँखा चिम्लेर अन्धविश्वासको आरोप लगाउनु पनि अवैज्ञानिक हुन सक्छ। समय र परिवेशले हाम्रा कतिपय प्रचलनलाई विज्ञानले नै आत्मसात गर्नुपर्ने बताएको छ।
    “सेनिटाइजरमा त अल्कोहलको मात्रा बढी हुन्छ। अल्कोहल भनेको घुमाउरो तरीकाले दारु नै भन्न खोजेको हो। छुतका रहेको एउटा मानिसले अझ सेनिटाइजरको नाममा अल्कोहल दिनु उचित हुन्छ ? अझ पण्डितजीले छुतका परेको घरबाट अल्कोहल लिनु उचित हुन्छ ?”
    मेरो जिज्ञासालाई शान्त पार्दै पण्डितजी भन्दछन्, “यो दारु हो कि होइन, एउटा पक्ष हो तर यसको उपयोग औषधिको रूपमा गर्नुछ। यदि दारु नै भएपनि फरक पर्दैन किनभने यसको उपयोग दारुको जस्तो गर्नु छैन।”
    हो नि। यदि दारुको उपयोग पनि औषधिको रूपमा गरिन्छ भने त्यसले दिने परिणाम फरक आउँछ। पण्डितजीको दारुमाथिको वैज्ञानिक तर्कले उत्तर आधुनिक वैज्ञानिक चिन्तन झल्किन्छ।
    “यसभन्दा पहिले कहिल्यै सेनिटाइजर कस्तो हुन्छ, देखेको थिइनँ, यसको बारेमा सुनेको पनि थिइनँ तर अब यसको प्रयोग गाउँमा पनि गर्नुपर्ने अवस्था आएको छ ।” पण्डितजीको पछिल्लो कथनले पण्डितजीको माध्यमले गाउँमा पनि वैज्ञानिक चिन्तन प्रवेश गरिरहेको छनक दिन्छ।
    सामाजिक व्यवहारको वैज्ञानिकताबाट हामी अज्ञानित रहेर आफूलाई आधुनिक देखाउन कतिपय अवस्थामा अत्यधिक जान्ने भएर हात्तीले पानी खाएको अनुमानको आधारमा शब्दभेदी बाण चलाउने क्षमतावान् दशरथले श्रवणकुमारको शिकार गरेजस्तै पनि हुन सक्छ। अन्धविश्वासको तीरले विज्ञानको शिकार गरेको पनि हुन सक्छ ।
    यद्यपि संस्कारको नाममा रहेका अन्धविश्वास, कुसंस्कार, कुरीति, पछौटेपन, गरीबमारा चलनहरूलाई निमिट्यान्न पार्नै पर्दछ। संस्कारको नाममा अन्धविश्वासलाई बढावा दिनु राम्रो होइन । सामाजिक व्यवहारको निहुँमा वैज्ञानिक चिन्तन र व्यवहारको बाटोमा कुनै किसिमको तगारो लगाउन पाइन्न। विज्ञानको उज्यालोबाट हरेक संस्कार, संस्कृति र चलनको परीक्षण आवश्यक छ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us