जिज्ञासाले हाम्रो जिन्दगीको अर्थ एवं लक्ष्य सम्झाउँछ। औचित्य र अनौचित्यको विवेक सिकाउँछ। साररूपमा भन्दा जिज्ञासाले हामीलाई जागरूक बनाउँछ। यसलाई हामी जिज्ञासाको सहज परिणति र जाग्रतिको प्रक्रिया पनि भन्न सक्छौं। यसक्रममा बालक सर्वाधिक जिज्ञासु हुन्छ। जिज्ञासाद्वारा बालकले नयाँ सूचना एवं अनुभव सङ्ग्रह गर्छ। ऊ स्वयम् दृष्टिकोण जान्न, बुझ्न र समान व्यवहार गर्न सिक्छ। यसद्वारा उसको संज्ञानात्मक विकास हुन्छ।
बच्चाको जिज्ञासालाई उसको प्रश्नको उत्तर दिएर शान्त गर्नुपर्छ, नत्र उसको जानकारी सीमित रहन पुग्छ र व्यक्तित्व विकास ठीक ढङ्गले हुँदैन। बच्चा जसरी ठूलो हुँदै जान्छ, ऊ बिस्तारैबिस्तारै जिज्ञासाको माध्यमबाट परिस्थिति आकलन गर्छ। यतिमात्र होइन, उसले जिज्ञासाद्वारा परिवेशमा स्थित समस्त उद्दीपक जगत् अर्थात् वस्तु, घटना, व्यवहार आदिको बारेमा जानकारी पनि प्राप्त गर्छ।
पियाजेले व्यक्तिलाई क्रियाशील जीव मानेका छन्, जुन स्थिररूपमा वातावरणको साथ अन्तःक्रिया गर्छ तथा यी अन्तःक्रियाद्वारा उसले आफ्नो ज्ञानलाई तीन रूपमा प्राप्त गर्छ– १) बाह्य पदार्थको बारेमा, २) आफ्नो तथा पदार्थको बारेमा तथा ३) स्वयम्को बारेमा। जिज्ञासाद्वारा बच्चाले नयाँ सूचना एवं अनुभव सङ्ग्रह गर्छ। सानो बच्चामा जिज्ञासाको अभिव्यक्ति अनुहारको मांसपेशीको तनाव, मुख खोल्ने र जिब्रो बाहिर निकाल्ने, निधार खुम्च्याउँदा हुन्छ ।
जब बच्चामा स्पष्ट एवं सफा हेर्ने योग्यता विकसित हुन्छ, तब उसले कुनै पनि नयाँ वा असाधारण वस्तुलाई सामान्यरूपमा हेर्न थाल्छ। यी वस्तुले बच्चालाई छानबीन गर्न अभिप्रेरित गर्छ । एक प्रकारबाट ऊ जिज्ञासा जाग्रत गर्ने वस्तुतर्पm झुक्न थाल्छ र त्यसलाई समात्ने कोशिश गर्न थाल्छ। जब ऊ त्यस वस्तुसम्म पुग्छ, तब त्यसलाई समातेर तान्छ, चुस्छ, हल्लाउँछ र बजाउँछ।
ससाना बच्चा प्रत्येक त्यस वस्तुको विषयमा जानकारी चाहन्छ, जसलाई उसले कहिल्यै देखेको हुँदैन। उसले अरूको कपडा छोएर हेर्छ। आफ्नो, अरू बालक र ठूलाको शरीरको बारेमा ठूलो जिज्ञासा रहन्छ। ऊ जान्न चाहन्छ कि शरीर अलगअलग किन हुन्छ र त्यसले कसरी काम गर्छ।
जब बालकमा शब्दबाट सार्थक वाक्य बनाउने योग्यता आउँछ, तब उसले यस्तो प्रश्न सोध्न थाल्छ, जसको कुनै अन्त्य हुँदैन। जस्तै यो के हो, कहाँबाट आएको हो, कसको लागि हो, कसरी बन्यो, ऊ मेरो घर किन आयो, कहिले आयो, कहाँबाट आयो आदि। यस्तोमा ठूला व्यक्तिले बडो धैर्यतापूर्वक काम गर्नुपर्छ र बच्चाले जेसुकै प्रश्न सोध्छ भने त्यसको सही उत्तर दिनुपर्छ किनभने यही प्रश्नको माध्यमबाट उसले आफ्नो जिज्ञासालाई शान्त गर्छ, साथै आफ्नो संज्ञानात्मक विकास पनि गर्छ।
कसैकसैले बच्चाले प्रश्न सोधेपछि गाली गर्ने गर्छन्, यस्तो गर्नुहुँदैन। यो प्रश्न सोध्ने आयु दोस्रो र तेस्रो वर्षको बीचमा शुरू हुन्छ र छैटौं वर्षमा आफ्नो पराकाष्ठासम्म पुग्छ। जब बालकले प्रश्नको उत्तर पाउँछ, तब उसको जिज्ञासा शान्त हुन्छ, तर जब उसले सन्तोषजनक उत्तर पाउँदैन, वा उत्तर पाउँदैन, तब उसको जिज्ञासा घट्दै जान्छ। परिणाम यो हुन्छ कि आफ्नो आयु र बुद्धिस्तरका अन्य बालकको तुलनामा उसको जानकारी सीमित रहन्छ।
यो जिज्ञासा जति सानो बालकमा प्रबल हुन्छ, त्यति ठूला बालकमा हुँदैन। यसको कारण यो हुन सक्छ कि ठूला बालक आफ्नो दैनिक जीवनको सामान्य वस्तुसँग पहिलेदेखि नै परिचित भइसकेको हुन्छ। तर पनि उसलाई आफ्नो पर्यावरणको यस्ता वस्तुतर्पm जिज्ञासा रहन्छ, जुन उसलाई बाल्यकालमा जानकारी लिन दिइएको हुँदैन। जब उसको परिवेश विस्तृत हुन्छ, तब उसको जिज्ञासाले नयाँ–नयाँ र अपरिचित वस्तुको बारेमा जानकारी गराउँछ। उसले रहस्यमय वस्तुलाई सूक्ष्म ढङ्गले जाँच गर्छ र प्रायः यो हेर्नको लागि कि यसले कसरी काम गर्छ र त्यसको भाग अलगअलग गर्छ। सीधा छानबीनको अलावा उसले आफ्नो अनुभवबाट जानिसकेको हुन्छ, त्यसमा वृद्धि गर्नको लागि अनेक प्रश्न सोध्छ। उसले यो प्रश्न आफ्नो मातापितासँग नगरी शिक्षक, सम्बन्धी र यहाँसम्म कि आफूभन्दा ठूला बालकसँग पनि सोध्छ, जसबाट उसको प्रश्नको उत्तर पाउन सकोस्। पुस्तकबाट पनि उसले जानकारी प्राप्त गर्न थाल्छ।
यौवनावस्थाको आरम्भमा एकपटक बालकको जिज्ञासा पुनः चरममा हुन्छ। अन्तर केवल यति हुन्छ कि उसको यो जिज्ञासा उसको आफूभित्र विकसित हुने व्यवहार एवं जनेन्द्रियहरू आदिसँग सम्बन्धित हुन्छ। ऊ स्वयम् नै ती अङ्गका विकासबारेमा जानकारी कौतुहलपूर्वक गर्छ। किशोरावस्थामा जब बालक पुग्छ, तबसम्म उसको जिज्ञासा बाहिरी प्रतिबन्धबाट थिचिसकेको हुन्छ। यसको अलावा यस समयसम्म थोरै यस्ता वस्तु रहन्छ, जसको सम्बन्धमा उसलाई जानकारी हुँदैन। तर पनि केही यस्ता वस्तु हुन्छन्, जुन नवकिशोरको जिज्ञासालाई जगाउँछ।
विद्यालयमा नयाँ–नयाँ विषयको अध्ययनबाट तथा जुन समाजमा ऊ बस्छ, त्यसमा अनेक व्यक्तिसँग उसको सम्बन्ध हुन्छ, जसबाट उनीहरूको बारेमा बढी जान्ने उसको इच्छा जाग्रत हुन्छ। बाल्यावस्थामा जस्तै किशोरावस्थामा पनि जिज्ञासा जाग्रत गर्ने वस्तुको जानकारी प्रश्न सोधेर उसले गर्छ। यसबाट धेरै कुरा उसले थाहा पाउँछ, साथै उसले केही नयाँ दृष्टिकोण पनि पाउँछ। यसैले बच्चाको जिज्ञासालाई शान्त गर्ने एकमात्र तरीका उचित हुन्छ कि उसको प्रश्नको उत्तर दिने, जसबाट उसको उचित ढङ्गबाट संज्ञानात्मक विकास हुन सकोस् । अन्यथा उसको व्यक्तित्व विकास ठीक ढङ्गले हुन सक्दैन।
जिज्ञासाले ठूलाहरूमा पनि जागरूकता उत्पन्न गराउँछ। जागरूकताको स्थितिमा हामी आफ्नो शक्तिलाई पहिचान गर्न र सम्भावनाबाट अवगत हुन्छौं। अतः स्थितिको सही–सही समझ एवं परिस्थितिको सार्थक सदुपयोग यस स्थितिमा हुन्छ। साथै हामी यो पनि जान्न सक्छौं कि मनःस्थिति एवं परिस्थितिको अवरोधक कुन हो, जसको कारणले हामी आजसम्म आफ्नो सम्भावनालाई साकार गर्न सक्दैनौं, स्वयम्को शक्तिलाई सही अभिव्यक्ति दिन सक्दैनौं ? आफ्नो जिन्दगीमा सार्थकताको अनुभूति सजाउन सक्दैनौं। यी अवरोधको निराकरण पनि जागरूक भएपछि मात्र हुन्छ। जागरूकताको यो सघनता र प्रगाढता क्रमिकरूपले जीवनको बोध बन्छ । यही जिज्ञासाको अन्तिम परिणति हो।

0 comments: