Friday, May 1, 2020

सीताको पूर्वजन्म र पुनर्जन्ममा रावण

सञ्जय मित्र
    आज सीता जयन्ती हो। अवस्था सामान्य भएको भए आजको दिन कम्तीमा दुई किसिमका कार्यक्रमहरू हुन्थे । पहिलो त जनकपुरमा भव्य कार्यक्रम हुन्थ्यो, जसरी पहिलेदेखि हुँदै आएको छ र अन्य शक्तिपीठहरूमा पनि सीतालाई सम्झिइन्थ्यो तथा घरघरमा पूजा गरिन्थ्यो। कोरोनाकालले सबैजसो चाडपर्व र उत्सवहरूलाई प्रभावित पारेको वर्तमानमा सीता जयन्ती पनि प्रभावित हुनुलाई स्वाभाविक मानिएको छ। यसले यसको प्रचारप्रसारमा पनि कमी आएको मानिएको छ तर घरघरमा भने पूजा हुने कुरालाई केही हदसम्म मात्र प्रभावित भएको स्वीकार्न सकिन्छ । दोस्रो हो, केही वर्षदेखि सीता जयन्तीको दिन औपचारिक कार्यक्रम सञ्चालन गरेर मनाउनु। केही वर्षदेखि सीता जयन्ती मनाउने अभ्यास पनि भइरहेको छ। राजधानी काठमाडौं तथा प्रदेश २ का अन्य ठाउँमा सीता जयन्तीलाई सम्मानपूर्ण किसिमले मनाउने इतिहास बन्न थालेको थियो।
    बिस्तारै सर्वसाधारणले पनि बुभ्mदै गएका थिए– रामनवमीको एक महीनामा जानकीनवमी आउँछ। चैत शुक्ल नवमीमा रामको जन्म भएको र वैशाख शुक्ल नवमीमा सीता अर्थात् जानकीको जन्म भएको हो। विश्वभर महिलाको राजनीतिक महŒव बढ्दै गएको र महिला दिवसहरू मनाउनेक्रम बढिरहेको तथा महिलाको सम्मानमा वृद्धि भइरहेको सन्दर्भमा हिन्दूजगत्मा प्रख्यात नारी सीताको जन्म दिवसलाई विशिष्ट किसिमले मनाइनुलाई स्वाभाविक मानिएको थियो। अझ यही प्रदेशलाई सीताको जन्मथलोको रूपमा चिनाइएको वा सीताको घर भएको वा सीताको बाल्यकाल बितेको स्थलको रूपमा चिनाइँदा सीताको बारेमा जान्न चाहने विश्वले यस प्रदेशको बारेमा पनि जान्न पुगेको हुन्थ्यो र हुन्छ।

    हिन्दू मिथक तथा धर्मशास्त्रहरूमा रामलाई विष्णुको अवतारको रूपमा चिनाइएको पाइन्छ तर सीतालाई भने लक्ष्मीको रूपमा चिनाइएको उतिसारो मिथक पाइन्न। समाजमा प्रचलित विभिन्न मिथकहरूमा सीतालाई कतै रावणकी छोरी त कतै के भनेर चिनाइन्छ। मिथक त सामाजिक परिवेश अनुसार फरक हुन सक्छ। मिथकको सामाजिक आधारबाहेक अन्य कुनै प्रामाणिकता हुँदैन वा यसमा प्रामाणिकता हुनै पर्दछ भन्ने होइन। तर रावणसित सीताको सम्बन्ध कम्तीमा दुई जन्ममा देखिएको चर्चित ग्रन्थ रामायणमा नै रहेको छ।
    रामायणलाई आदिकाव्य पनि भनिन्छ। अझ वाल्मीकीय रामायणलाई रामायणमध्ये पनि पुरानो रामायण मानिन्छ। यद्यपि वाल्मीकीय रामायणलाई आर्षरामायण पनि भनिएको पाइन्छ। वाल्मीकिनिर्मित आर्षरामायणको मूलस्वरूपको विषयमा पनि भिन्न विचारहरू पाइन्छन्। अहिले बजारमा गीताप्रेस गोरखपुरको श्रीमद्वाल्मीकीय रामायण सजिलै बजारमा पाइन्छ। वाल्मीकीय रामायणलाई हिन्दीमा अर्थसहित गीताप्रेसले प्रकाशन गरेको छ। गीताप्रेसले वाल्मीकीय रामायण तीन लाखभन्दा बढी प्रति छापिसकेको छ विभिन्न संस्करणहरूमा । यसबाट पनि यस प्रकाशनप्रति सर्वसाधारणको विश्वास वृद्धि भएको छ। उत्तर भारतमा त गीताप्रेसको धार्मिक पुस्तक प्रकाशनमा करीब एकछत्र राज्य छ र पाठकहरूमा पनि करीब सम्पूर्णतः विश्वास रहेको छ ।
    रामायणको मुख्य कथानकमा सीतालाई रावणले वनबासको समयमा पञ्चवटीबाट छलपूर्वक अपहरण गरेर लैजान्छ। सीतालाई अपहरण नगरेको भए शायद रावणवध हुँदैनथ्यो होला वा कथानकले त्यस्तो किसिमको मोड लिंदैनथ्यो होला। रामायणलाई महाकाव्यको दृष्टिकोणबाट हेर्दा सीतालाई मुख्य नायिका र रावणलाई खलनायक मान्नुपर्ने देखिन्छ। राम त अधिकांशको नजरमा नायक नै हो। उनलाई समाजले मर्यादा पुरुष वा मर्यादा पुरुषोत्तम भनेर मान्दछ। यस विषयमा धेरै तर्क गर्नुको औचित्य छैन अहिले।
    सीतालाई अपहरण गरेर लङ्काको अशोकवाटिकामा राखेको रावणले सीतासित बारम्बार विवाहको प्रस्ताव राख्दछ तर सीताले अस्वीकार गरेको सबैले बुझेका छन्। सीताकै कारण लङ्काको विनाश हुने कुरामा रावणका आफन्तहरू पनि ढिलो चाँडो बुझेको देखिन्छ।
    वाल्मीकीय रामायणमा भने सीताको पुनर्जन्म भएको र रावणकै कारणले पूर्वजन्ममा सीताले अग्निप्रवेश गर्नुपरेको रोचक प्रसङ्ग रहेको छ। अर्थात् सीताको पूर्वजन्म र पुनर्जन्म दुवैमा रावणको भूमिका रहेको छ। संयोगले दुवै जन्ममा रावण खलपात्रकै रूपमा रहेको वाल्मीकीय रामायणले स्पष्ट पारेको छ ।
    वाल्मीकीय रामायणको उत्तरकाण्डे सप्तदशः सर्गमा भनिएको छ–
    महाबाहु रावण भूतलमा विचरण गर्दै हिमालयको वनमा आएर त्यहाँ सबैतिर चक्कर लगाउन थाले। त्यहाँ उनले एक तपस्विनी कन्यालाई देखे, जसले आप्mनो जीउमा कालो मृगचर्म र शिरमा जटा धारण गरेकी थिइन्। उनी ऋषिप्रोक्त विधिले तपस्यामा संलग्न भएर देवाङ्गनासमान उद्दीप्त भइरहेकी थिइन्। उत्तम एवं महान् व्रत पालन गर्ने तथा रूप–सौन्दर्यले सुशोभित कन्यालाई देखेर रावणको चित्त कामजनित मोहको वशीभूत भयो। उनले अट्टहास गर्दै सोधे– भद्रे १ तिमी आप्mनो यो युवावस्थाको विपरीत कस्तो काम गरिरहेकी छ्यौ ? तिम्रो यो दिव्य रूपको लागि यस्तो आचरण कदापि उचित छैन। तिम्रो यस रूपको तुलना कहीं पनि छैन। यो पुरुषको हृदयमा कामजनित उन्माद पैदा गर्ने किसिमको छ। अतः तपमा संलग्न हुनु उचित छैन। तिम्रोलागि मेरो हृदयमा यही निर्णय प्रकट भएको छ।
    भद्रे १ तिमी कसकी छोरी हौ ? यो कस्तो व्रत गरेकी हौ ? सुमुखी १ तिम्रो पति को हो ? जोसित तिम्रो सम्बन्ध छ, त्यो मानिस यस भूलोकमा महान् पुण्यात्मा छन्। मैले जे सोधेको छु, ती सबै मलाई बताऊ। कुन फलको लागि यो परिश्रम गरिंदैछ ?
    रावणले यसरी सोधेपछि तपस्विनी कन्याले जवाफ दिइन्। अमिततेजस्वी ब्रह्मर्षि श्रीमान् कुशध्वज मेरा पिता थिए, जो बृहस्पतिका पुत्र थिए र बुद्धिमा पनि उनकै समान मानिएका थिए। प्रतिदिन वेदाभ्यास गर्ने तिनै महात्मा पिताबाट वाङ्मयी कन्याको रूपमा मेरो प्रादुर्भाव भएको थियो। मेरो नाम वेदवती हो। जब म ठूली भएँ, तब देवता, गन्धर्व, यक्ष, राक्षस तथा नाग पनि पितासमक्ष पुगेर मलाई माग्न थाले।
महाबाहु राक्षसेश्वर १ पिताजीले तिनीहरूको हातमा मलाई सुम्पेनन्। यसको कारण के थियो, त्यो पनि भन्दैछु ।
    पिताजीको इच्छा थियो कि तीनै लोकका स्वामी देवेश्वर भगवान् विष्णु मेरा ज्वाइँ बनून्। यसै कारण उनी अरू कसैको हातमा मलाई दिन चाहेनन् । उनको यसै अभिप्रायलाई सुनेर बलाभिमानी दैत्यराज शम्भु उनीसित रिसाएर राति पिताजीको हत्या गरिदिए । यसबाट मेरी मातालाई निकै दुःख भयो र पिताजीको शवलाई हृदयसित लगाएर चिताको आगोमा प्रविष्ट गरिन्। त्यहीं बेलादेखि मैले प्रतिज्ञा गरें कि भगवान् नारायणप्रति पिताजीको जे मनोरथ थियो, त्यसलाई मैले पूरा गर्नेछु। यस कारण उनैलाई म आप्mनो हृदयमन्दिरमा धारण गर्दछु। यही प्रतिज्ञा गरेर यो महान् तपस्या गरिरहेकी छु। तपाईंको प्रश्नानुसार मैले सबै कुरा बताएँ। नारायण नै मेरा पति हुन्। ती पुरुषोत्तमबाहेक अरू कोही पनि मेरा पति हुन सक्दैनन्। उनै नारायणदेवलाई प्राप्त गर्नको लागि मैले यो कठोर व्रतको आश्रय लिएकी हुँ।
    राजन् १ पोलस्त्यनन्दन १ मैले तपाईंलाई चिनिसकेकी छु। तपाईं जानुस् । त्रिलोकमा जे कुनै वस्तु विद्यमान छन्, ती सबैलाई म तपस्याद्वारा जान्दछु।
    यो सुनेर रावण कामबाणले पीडित भई विमानबाट ओर्ले र उत्तम तथा महान् तपस्या गर्ने कन्यासित फेरि भने– तिमी गर्विली छौ र त तिम्रो बुद्धि यस्तो भएको छ। यस किसिमको पुण्यको सङ्ग्रह बूढी महिलालाई सुहाउँछ, तिमीजस्तो युवतीलाई होइन। तिमी त सर्वगुणसम्पन्न एवं त्रिलोकीकी अद्वितीय सुन्दरी हौ। तिमीले यस्तो कुरा गर्नु नपर्ने हो। तिम्रो जवानी बितिरहेको छ। भद्रे १ म लङ्काका राजा हुँ। मेरो नाम दशग्रीव हो। तिमी मेरी भार्या बन र सुखपूर्वक उत्तम भोग (सुख) भोग गर। पहिले यो बताऊ कि तिमी जसलाई विष्णु भन्दैछौ, ती को हुन् ? तिमी जसलाई चाहेकी छ्यौ, ऊ बल, पराक्रम, तप र भोग–वैभवद्वारा मसँग तुलना गर्न सक्दैन।
    रावणले यति भनेपछि कुमारी वेदवती उक्त निशाचरसित भनिन्–  यसरी नभन्नुस्। भगवान् विष्णु तीन लोकका अधिपति हुन्। सारा संसार उनको चरणमा मस्तक निहुराउँछन्। तपाईंबाहेक अर्को कोही छैन, जो बुद्धिमान भएर पनि उनको अवहेलना गर्छन्।
    यति भनेपछि उक्त राक्षसले वेदवतीको कपाल समातिहाले। जब रावणले वेदवतीको कपाल समाते, तब वेदवतीलाई असह्य रिस उठ्यो र आप्mनो हातलाई नै तरबार बनाइ तत्काल कपाललाई काटिन् र कपाललाई मस्तकबाट अलग्याइन्।
सा ज्वलन्तीव रोषेण दहन्तीव निशाचरम् ।
उवाचाग्निं समाधाय मरणाय कृतत्वरा।।२९।।
    अर्थात्, वेदवती रिसले प्रज्वलितजस्ती भइन्। जलेर मर्न उतावली बनी अग्निको स्थापना गरेर त्यस निशाचरलाई नै पोल्नेभैंm गरी बोलिन्–
    निच राक्षस १ तैंले मेरो तिरस्कार गरिस्। अब यस जीवनलाई सुरक्षित राख्नु मेरो अभीष्ट होइन। तिमीले देख्दादेख्दै म अग्निमा प्रवेश गर्नेछु। तिमी पापात्माले यस वनमा मेरो अपमान ग¥यौ । यसैले तिम्रो वधको लागि म फेरि उत्पन्न हुनेछु। स्त्रीले आप्mनो शारीरिक शक्तिले कुनै पापाचारी पुरुषको वध गर्न सक्दिन। यदि म तिमीलाई शाप दिन्छु भने मेरो तपस्या क्षीण हुनेछ। यदि मैले केही पनि सत्कर्म, दान र होम गरेकी छु भने अर्को जुनीमा म सती–साध्वी अयोनिजा कन्याको रूपमा प्रकट होउँm तथा कुनै धर्मात्मा पिताकी पुत्री बनूँ। यति भनेर उनी प्रज्वलित अग्निमा प्रवेश गरिन्। त्यतिबेला उनको चारैतिर आकाशबाट दिव्य पुष्पवर्षा हुन थाल्यो।
    तदन्तर अर्को जन्ममा उनै कन्या पुनः एक कमलबाट प्रकट भइन्। त्यसबेला उनको कान्ति कमलकै समान सुन्दर थियो। त्यस राक्षसले पहिलेभैंm फेरि त्यहाँबाट उक्त कन्यालाई प्राप्त ग¥यो । कमलको भित्री भागजस्तै सुन्दर कान्तिवाली कन्यालाई लिएर रावण आप्mनो घर गए। त्यहाँ उनले मन्त्रीलाई उक्त कन्या देखाए। मन्त्री चाहिं बालबालिकाको लक्षणहरू जान्ने थिए। उनले राम्ररी हेरेर रावणसित भने– “राजन् १ यो सुन्दरी कन्या यदि घरमा रहन्छे भने तपाईंको वधको कारण बन्नेछ, यस्तो लक्षण देखिएको छ।”
    यो सुनेर नै रावणले कन्यालाई समुद्रमा फालिदिए। तत्पश्चात् भूमिलाई प्राप्त गर्दै (सम्भवः जमीनमा छोइएर वा जमीनमा गाडिएर) राजा जनकको यज्ञमण्डपको मध्यवर्ती भूभागमा पुगिन् । त्यहाँ राजा जनकको हलोको मुखभागले जोत्दा उही सती साध्वी कन्या फेरि प्रकट भइन्।
एवमेषा महाभागा मत्र्येषूत्पत्स्यते पुनः।
क्षेत्रे हलमुखोत्कृष्टे वेद्यामग्निशिखोपमा।।४२।।
    यसरी यी महाभागा देवीले विभिन्न कल्पमा पुनः रावणवधको उद्देश्यले मत्र्यलोकमा अवतीर्ण हुनेछ। यज्ञवेदीमा अग्निशिखासमान हलोबाट जोतिएको क्षेत्रमा यस कन्याको आविर्भाव भएको हो।
    वेदवती पहिले सत्ययुगमा प्रकट भएकी थिइन्। फेरि त्रेतायुग आएपछि उक्त राक्षसको वध गर्न मिथिलावर्ती राजा जनकको कुलमा सीतारूपमा अवतीर्ण भइन्। सीता (हलो जोत्दा भूमिमा बनेको रेखा)बाट उत्पन्न भएको कारण मानिस यस देवीलाई सीता भन्दछन्।
    रावणवधको कारण सीता बनेको कथानक त रामायणको मूल कथानकमा रहेको सबैले बुझेकै छन्।
    सीता जयन्तीको दिन यो आलेख सीताप्रति श्रद्धा राख्नेहरूका लागि उपयोगी होला। अहिले टेलिभिजनमा पनि उत्तर रामायण चलिरहेको छ र झन्डै तीन दशकमा आएको रामायणले दर्शकको मन तानिरहेको छ।
    एउटा संयोग मान्नुपर्दछ, दुवै जन्ममा अग्निप्रवेशको सन्दर्भ फरक सन्दर्भमा भएपनि आएको छ र दुवै जन्ममा रावण आएको देखिन्छ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us