Friday, April 3, 2020

तपाईं इमानदार हुनुहुन्छ ?

सञ्जय मित्र

    बालबालिका हरेकको घरमा छन् । बालबालिका नभएको पनि कुनै घर हुन्छ त ? र बालबालिकाले आफ्ना अभिभावकबाट धेरै कुरा सिक्छन्। बालबालिकाले अभिभावकबाट धेरै कुरा सिक्छन् भन्ने कुरोमा विश्वास छ ?
    बालबालिकाको नजरमा आफ्ना पिता र माता संसारका सबैभन्दा ठूला वा पूज्य हुन्छन्। बुबाआमाले नै देउतालाई पनि चिनाउँछन्। घरमा देउताप्रति श्रद्धाभाव राख्न र आमाबुबाका साथै आफूभन्दा ठूलाको आदर गर्न सिकाउँछन् । को किन आदरणीय भन्ने प्रश्नको उत्तर बालबालिकाले सबैभन्दा बढी आबाबुबाबाटै सिक्छन्। कुनैपनि बालबालिकालाई उनका आमा वा बुबा बेइमान छन्, ठग छन्, चोर वा बदमाश छन् भन्दा पक्कै हृदयमैं चोट लाग्छ। सकेसम्म प्रतिकार गर्छन् र नसक्ने अवस्थामा आफ्नो आक्रोश वा पीडालाई मनमा दबाएर आफूलाई निरीह पाउँछन् । यस प्रकारका कुराले बालबालिकाको मनोविज्ञानमा साँच्चै कस्तो प्रभाव पर्छ होला भन्ने विषयमा हामीले कहिले सोच्ने गरेका छौं। आफ्नाअगाडि खेलिरहेका वा पढिरहेका वा आफ्नै धुनमा व्यस्त रहेको बेला आफ्ना सन्तानको अनुहारमा हेर्दै आफूले आफ्नो हृदयलाई प्रश्न गरौं त, के वर्तमानमा तिनीहरूप्रति न्याय गरेका छौं ? के साँच्चै हामीले तिनलाई माया गरेका छौं ? के हामी बालबालिकाप्रति इमानदार छौं ?
    बालबालिकाहरूले पनि अनेक माध्यमबाट देशमा कोरोनाको कहर रहेको र संसारमा कोरोनाको महामारीले विपत्ति ल्याएको बुझेका छन्। कोरोनाकै कारणले विद्यालयहरू बन्द भएको र पढाइसम्बन्धी कुनै काम पनि नभएको बुझेका छन्। पत्रपत्रिका, टेलिभिजन र रेडियोहरूमा पनि यही कुराले प्रधानता पाइरहेको पनि बुझेका छन्। घरबाट बाहिर निस्कनु राम्रो होइन भनेर सबैतिरबाट आइरहेको सुझावलाई पनि पक्कै सुनेको हुनुपर्छ। अथवा अभिभावकले नै बालबालिकालाई धेरैजनासित नखेल्नू, धेरैसित हात नमिलाउनू, कोही पनि बालबालिकासित अँगालो मार्ने काम नगर्नू, अरूको खेलौना नलिनू भनेको हुनुपर्छ। बालबालिकालाई जति धेरै सक्यो उति धेरै घरमैं बस्न प्रेरित गर्ने अभिभावक चाहिं यस अर्थमा साँच्चै असल हुन् तर बालबालिकालाई घरमैं रहन निर्देशन दिने र आफू चाहिं बारम्बार घरबाट बाहिर निस्कनेहरूले जानजान बालबालिकामाथि दुई किसिमले अन्याय गरिरहेका छन् ।
    पहिलो, अभिभावकहरू बाहिर गएर कहाँ र कोसित कसरी भेटिरहेका छन् वा बाहिर कसरी सुरक्षित छन् भन्ने पक्ष महŒवपूर्ण हो। अमेरिका, इटालीलगायतका शिक्षित र विकसित देशहरूमा सामाजिक दूरी (सोसल डिस्टेन्स) मिलाउन कत्तिको समस्या भयो र यस समस्याले अहिले कस्तो विपत् निम्त्याएको छ भन्ने कुरा नेपालकै शिक्षित अभिभावकले नबुझेका होइनन्। हामी घरबाहिर निस्कन्छौं र कहिलेकाहीं दुई/चार जना बसेको ठाउँमा पुगेर किन बसेका छन् भनेर बुभ्mन खोज्छौं। त्यसरी बुभ्mन खोज्ने बहानामा हामी बहसमा सहभागी हुन्छौं र सक्रिय बहसमा अरूहरू पनि बढ्दै जान्छन्। यसले गर्दा अरूलाई पनि छलफल वा बहस गर्न सजिलो हुन्छ तथा सामाजिक दूरी मिलाउन खोजेर पनि मिल्न सक्दैन । यदि एकजनामा सङ्क्रमण छ भने अर्कोमा सर्न कत्तिपनि बेर लाग्दैन। धेरैमा आत्मविश्वास छ कि म सुरक्षित छु। मलाई सङ्क्रमण छैन। सङ्क्रमणबाट सुरक्षित रहनुपर्दछ, यो सबैको कामना हो तर सङ्क्रमण भएकालाई पनि केही दिनसम्म म सङ्क्रमणमा छु भन्ने थाहा हुँदैन। यस अवस्थाले एकबाट अर्कोमा सर्दै गइरहेको हुन्छ। यसरी बाहिर विनाकाम गएको अभिभावकले आफूसित कोरोनालाई कपडामा, जीउका कुनै अङ्गमा वा साँसमा बोकेर आएका हुन सक्छन्, जसबाट परिवारका अन्य सदस्यमा पनि सर्न सक्छ । यदि यस प्रकारको गल्ती जानजान गरिरहेका छौं वा जानाजान बाहिर विनाकाम निस्किरहेका छौं भने बालबालिकामाथि अन्याय गरेका छौं।

दोस्रो, लकडाउनको परिपालन नैतिक बन्धन पनि हो। आत्मसंयम र आत्मानुशासनको एउटा पर्व पनि हो। एउटा राष्ट्रिय धर्म पनि हो। परिवारप्रतिको कर्तव्य पूरा नगर्नेले राज्यप्रतिको कर्तव्य राम्रोसँग निर्वाह गर्छ भन्ने कुरामा विवाद वा बहसको विषय हुन सक्छ तर राष्ट्रिय कर्तव्यमा लापर्बाही गर्ने अभिभावकबाट बालबालिकाले के सिक्ने ? सम्भव भएसम्म राज्यका सबै निकायले घरमैं बस्न आग्रह गरिरहेको भएपनि बारम्बार घरबाट बाहिर निस्कने अभिभावक राज्य वा बालबालिका वा आफ्नो परिवार अथवा समाज कसप्रति बफादार, इमानदार, कर्तव्यनिष्ट छन् ? र आत्मसंयम अपनाउन नसक्ने अभिभावक के आपैंmप्रति, नितान्त आफ्नैलागि पनि इमानदार छन् ? के आफूले विनाकाम बाहिर निक्लेको उसको आत्माले राम्रो मानेको छ ? आफ्नो परिवारलाई स्वच्छ र समस्यारहित देख्न चाहनेले यस प्रकारको लापर्बाही गर्नु उचित हो ?
    समाजमा धेरै किसिमका मानिस छन् । स्वास्थ्यको दृष्टिले वर्तमान गम्भीर अवस्थामा सबैबाट सबै प्रभावित हुने अवस्था रहेको छ।  यस गम्भीर परिस्थितिमा आफूलाई सभ्य, शिक्षित, समाजसेवी तथा नागरिकप्रति अलिकति जिम्मेवारी भएको ठान्ने बौद्धिकवर्गले पनि आफ्नो परिवारका बालबालिकाको अनुहारलाई हेरेर गम्भीर हुनु यस कारण आवश्यक छ कि कतै आफू बाहिर निस्कँदा आफूलाई देखेर अरूहरू पनि निस्कन्छन् कि ? अरूलाई बाहिर ननिस्कन सल्लाह दिने वर्गले आफू चाहिं घरमा एक दिन पनि राम्ररी टिक्न नसक्दा यसको असर समाजमा नराम्रो परिरहेकोतर्पm बुद्धिजीवीहरूले कहिले गम्भीर भएर सोच्ने ? आमनागरिकलाई आफ्नो उच्च नैतिकताको परिचय शब्दमा दिने कि व्यवहारले नै प्रदर्शन गर्ने ?
    साँच्चै घरमैं एउटा नियम बनाऔं त। म कुन कामले बाहिर जाँदैछु भन्ने कुरा आफ्नो कुरा इमानदारीपूर्वक आफ्ना घरका बालबालिकालाई सुनाएर जाऔं। फर्केर आएपछि पनि के के ग¥यौं र कसरी सम्पन्न भयो भन्ने कुरा इमानदारीपूर्वक राखौं त। यदि यसरी गर्न सक्यौं भने समाजमा आफ्नो भूमिकाको विषयमा बालबालिकालाई जानकारी हुन्छ। र यो छुट्टीको दिनमा सम्भव हुन्छ भने आफ्नो हरेक दिनको अनुभूति बालबालिकालाई सुनाऔं र तिनीहरूलाई लेख्न लगाअFैं। बालबालिकाले लेख्ने मौका पाउँछन्। फेरि बालबालिकाले लेखेको कुरा सुन्ने प्रयास गरौं। बालबालिकालाई समय बिताउन सजिलो। आफूलाई इमानदार बनाउन पनि प्रेरणा मिलिरहने। बालबालिकाको सिर्जनात्मक क्षमताको पनि विकास हुने। बालबालिकाको परिश्रमको मूल्याङ्कन पनि हुने।
    हैन भने घरबाहिर जथाभावी ननिस्कौं । बालबालिकाले हाम्रो चरित्रबाट सिकिरहेका हुन्छन्। हामी यदि ढाँटेर बाहिर निस्कन्छौं भने हाम्रा बालबालिकाहरूले पनि ढाँट्ने गुण सिक्छन् । पक्कै हामी आफ्ना बालबालिकालाई इमानदार बनाउन खोज्छौं। हामी इमानदार बनाउन चाहन्छौं, यसै कारण हामीले आपैंmलाई पनि इमानदार बनाउनुपरेको छ।
आपैंm चाहिं इमानदार बन्नुपरेको छ र आफ्नै इमानदारीको परीक्षामा आफू नै उत्तीर्ण हुनुपरेको छ। आफ्नो परीक्षामा आपैंm उत्तीर्ण भएर आफ्नो मुहारमा मुस्कान ल्याउँदा त्यो इमानदार मुस्कानको हस्तान्तरण बालबालिकामा हुनेछ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us