मनुष्य जन्म ठूलो भाग्यले पाइन्छ। चौरासी लाख योनिमा मनुष्य जन्मलाई नै देवदुर्लभ भनिन्छ किनभने मनुष्यलाई छाडेर अन्य सबै योनिलाई भोग योनि भनिएको छ। भोग योनिमा रहेर जीव भोगहरूको बन्धनमा परिरहन्छ। ती भोगहरूलाई भोग्नको लागि विवश हुन्छ किनभने भोगको बन्धनबाट मुक्त हुने उसमा अभीप्सा नै हुँदैन, अभिलाषा पनि हुँदैन। एउटा पशु स्वाभाविकरूपबाट भोगलाई भोग्नको लागि बाध्य हुन्छ, विवश हुन्छ। उसमा न त मुक्तिको अभीप्सा हुन्छ, न अभिलाषाको।
यसभन्दा विपरीत मनुष्य योनि, भोग योनि होइन, बरु कर्म योनि हो। मनुष्य जन्ममा कर्म गर्ने स्वतन्त्रता छ। मनुष्य जन्ममा रहेर जीवले आप्mनो शुभ र पुण्यकर्मद्वारा आप्mनो जीवनलाई सुखी र सुन्दर बनाउन सक्छ। साथै निष्काम कर्म, ज्ञान, भक्ति आदिद्वारा आप्mनो मुक्तिको मार्ग पनि उसले प्रशस्त गर्न सक्छ। ऊ जीवन र मृत्युको बन्धनबाट सधैंको लागि मुक्त भएर मोक्ष र मुक्तिको अधिकारी हुन सक्छ। उसले सत्–चित्–आनन्द, परमानन्द, ब्रह्मानन्दको स्थिति पनि प्राप्त गर्न सक्छ। निस्सन्देह यस जीवनमा नै उसले ईश्वरको प्राप्ति गर्न सक्छ। उसले यस धरालाई पनि स्वर्ग बनाउन सक्छ।
मनुष्य जन्म व्यर्थमा नष्ट गर्न योग्य छैन । यदि यस जन्ममा ईश्वरको प्राप्ति हुन सकेन भने मनुष्य जन्ममा यसभन्दा ठूलो हानि अरू के हुन सक्छ ? जीवनको प्रारम्भदेखि नै हामी आप्mनो जीवनको परम लक्ष्यतर्पm अग्रसर हुनुपर्छ किनभने जसरी सानो बीउबाट एउटा सानो बिरुवा निस्किन्छ र अन्ततः त्यो ठूलो रूखको रूप धारण गर्छ, त्यसरी नै एउटा सानो धु्रव, एउटा सानो प्रह्लाद, एउटा सानो शङ्कर नै ज्ञान, कर्म र भक्तिबाट पोषित भएर, पुष्पित र पल्लवित हुँदै अन्ततः विराट वृक्ष बन्दछ।
त्यो सानो बालक यस प्रकार एक दिन विराट पुरुष, महापुरुष बन्छ तथा मोक्ष, मुक्ति र ईश्वरको प्राप्ति गर्न सक्छ र पूरै विश्ववसुधालाई धन्य गर्न सक्छ। जीवनभर विषय भोगहरूको पछाडि भाग्दाभाग्दै अचानक जीवनमा सन्ध्या आउँछ, तब हामी चाहेर पनि केही गर्ने स्थितिमा हुँदैनौं किनभने त्यतिबेलासम्म हाम्रा इन्द्रिय भोगप्रति यति परमासक्त, अनुरक्त हुन्छन् कि योगको तर्पm उसमा अनुरक्ति पनि रहँदैन, प्रवृत्ति पनि रहँदैन । तब ज्ञान, कर्म, भक्तिप्रति हाम्रो प्रवृत्ति नै रहँदैन, अनुरक्ति पनि रहँदैन, अभीप्सा पनि रहँदैन।
जुन खेतमा जीवनभरि कामना, वासना र भोगका बीउ छरेका छौं, त्यसमा अन्त्यमा मुक्ति र मोक्षको वटवृक्ष कसरी उम्रिन्छ ? बीउ हामीले प्रारम्भमा नै छर्नुपर्छ। ज्ञान, कर्म र भक्तिको प्रभावबाट यदि हामीले बाल्यावस्थाबाट नै मनलाई नियन्त्रित गरेका हुन्छौं, तब भोगहरूको बीचमा पनि मन कहिल्यै विचलित हुन सक्दैन। श्रीरामकृष्ण परमहंस देवले भन्ने गर्थे– “जबसम्म बिरुवा छोटो हुन्छ, तबसम्म त्यसलाई पशुबाट बचाउन छेकबारभित्र घेरेर सुरक्षित राख्नुपर्छ। जब त्यो बिरुवा एक दिन ठूलो रूख, विराट वृक्ष बन्न पुग्छ, तब त्यस वृक्षमा हात्तीलाई पनि बाँध्न सक्छौं किनभने हात्तीले पनि त्यस वृक्षलाई उखेल्न सक्दैन। तब त्यस वृक्षलाई छेकबारको आवश्यकता नै रहँदैन ।”
हाम्रो मन पनि यस्तै हुन्छ। यसलाई साध्नको लागि ज्ञान, कर्म र भक्तिको पर्खालभित्र छेकबारमा राख्नुपर्छ। जब मन यसको प्रभावबाट नियन्त्रित हुन्छ, तब संसारका लाखौं आकर्षण, प्रलोभनका बीचमा रहेर पनि मन निर्लिप्त र अनासक्त नै बनिरहन्छ। यदि हामी जीवनभरि धन, भोग, ऐश्वर्य, घरद्वार, स्त्री–पुत्र आदिप्रति आसक्त बनिरहन्छौं, तब अन्त्यमा हाम्रFे यही आसक्ति हाम्रोलागि बन्धनको कारण बन्नेछ। त्यसपछि हामी कसरी मुक्त हुन्छौं ? जीवनभर भोगको गुलामी गर्नेले अन्त्यमा मुक्ति कसरी पाउँछ ? यी भोगबाट अनासक्त हुने बित्तिकै हामीले जान्नेछौं कि असली आनन्द भोगहरूमा नभई मुक्तिमा हुन्छ।
स्वामी विवेकानन्दले ठीकै भनेका थिए मानसिक र भौतिक सबै विषयबाट आत्मालाई पृथक गर्नु नै हाम्रो लक्ष्य हो। यस लक्ष्य प्राप्त भएपछि आत्माले हेर्छ कि त्यो सर्वदा एकाकी रहेको छ र त्यसलाई सुखी बनाउनको लागि अन्य कसैको आवश्यकता नै पर्दैन। जबसम्म आपूmलाई सुखी बनाउन हामीलाई अन्य कसैको आवश्यकता हुन्छ, तबसम्म हामी दास, गुलाम हौं। जब जीवले थाहा पाउँछ कि ऊ मुक्त छ, तब उसलाई आप्mनो पूर्णताको लागि, आनन्दको लागि अन्य कसैको आवश्यकता नै पर्दैन, तब उसलाई कैवल्यलाभ हुन्छ।
मानवजीवनको गरिमालाई प्रकाशित गर्दै परमपूज्य गुरुदेव युगऋषि श्रीराम शर्मा आचार्यले लेखेका छन्– “मनुष्य यस सृष्टिको सर्वश्रेष्ठ रचना हो। लाग्छ भगवान्ले आप्mनो सम्पूर्ण कारीगरीलाई समेटेर यसलाई बनाएको हो। जुन गुण र विशेषताको साथ यसलाई पठाएको छ, त्यो अन्य कुनै प्राणीलाई प्राप्त छैन। स्वयम् निराकार भएको कारण उनले मनुष्यलाई आप्mनो मुख्य प्रतिनिधि बनाएर सृष्टिको रेखदेखको लागि पठाएको छ। उसलाई बढी सुविधा र शक्ति यसै कारण दिएको छ ताकि उसले विश्व उद्यानलाई सुन्दर, सभ्य र खुशहाल बनाउँदै आप्mनो जीवनको परम लक्ष्य मोक्ष, मुक्ति र ईश्वरको प्राप्ति गर्न सकोस्।”
निस्सन्देह यो मानवजीवन सौन्दर्यले भरिपूर्ण छ, तर मनुष्यलाई यस सौन्दर्यको अनुभूति तब मात्र हुन सक्छ, जब ऊ वासनाबाट पूर्ण तमस्लाई विनाश गर्न सक्छ। महर्षि अरविन्दको पनि यही मत छ कि मनुष्य जब अचेतन वा अवचेतनको वासना, विकृति र कुण्ठाबाट माथि उठेर चेतनको स्तरमा अधिष्ठित हुन्छ, तब ऊ चेतनबाट आरोहण गरेर अतिचेतन मनको दिव्य स्तरसम्म पुग्छ।
महर्षि अरविन्दसरह कविवर सुमित्रानन्दन पन्तले पनि मानवलाई ईश्वरको संज्ञाबाट पुकारेका छन्। ईश्वर र मानवको समीकरणलाई प्रस्तुत गर्दै पन्तले ‘युगवाणी’नामक कविताको प्रस्तुत पङ्क्तिमा लेखेका छन्–
मनुज प्रेम से जहाँ रह सके, मानव ईश्वर।
और कौन–सा स्वर्ग चाहिए तुझे धरा पर।।
हामी मानवजीवनको यस गरिमाको हरेक पल बोध गर्दै र सतत ज्ञान, कर्म र भक्तिको मार्गमा हिंड्दै यस धराको साथसाथै मानवजीवनलाई सुखी, सुन्दर र सफल बनाउनुपर्छ। यो देवदुर्लभ मानवजीवन निश्चित नै पेट–प्रजनन र परिवारको सङ्कीर्ण परिधिमा रहेर समाप्त गर्न पाएका होइनौं, वरन् यो मनुज तन जीवनको महान् लक्ष्य मोक्ष, मुक्ति र ईश्वरको प्राप्तिको लागि पाएका हौं। विधाताको यस विश्व उद्यानलाई स्वर्गसरह सुन्दर र सुखी बनाउन पाएका हौं। मनुज तन त त्यो साधन हो, जसबाट हामीले जे चाहन्छौं, प्राप्त गर्न सक्छौं। भनिएको छ– शरीरमाद्यं खलु धर्मसाधनम्। यसैले हामीले सदैव मानवीय जीवनको गौरव गरिमालाई स्मरण गर्दै एक दायित्वबोधको साथ जीवन जिउनुपर्छ।

0 comments: