Thursday, March 26, 2020

लकडाउन उल्लङ्घन गर्नेलाई अनौठो सजाय

प्रस, वीरगंज, १३ चैत/
    लकडाउन अवधिमा अनावश्यकरूपमा घुमफिर गर्नेहरूलाई आदर्शनगर ग्रीनसिटी, सामुदायिक  सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रले अनौठो किसिमले दण्डित गरेको छ।
    लकडाउनको तेस्रो दिन विनाकारण घरबाहिर निस्किने दशजनालाई त्यस्तो कारबाई गरिएको आदर्शनगर ग्रीनसिटी सामुदायिक केन्द्रका अध्यक्ष प्रकाश खेतानले बताए।
    उनले मोटरसाइकल चलाएकालाई ‘म काम नभएपनि मोटरसाइकलमा बाहिर जान्छु’ र पैदल घरबाहिर निस्किनेलाई ‘म काम नभएपनि घरबाट बाहिर जान्छु’ भन्ने प्लेकार्ड बोकाएर दण्डित गरी छाडेको बताए।
    बिहीवार तेस्रो दिन यस्तो कारबाईमा दशजना परेको उनले जानकारी गराएका छन्।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us