Thursday, March 26, 2020

तेजाब प्रहार घटनाका अभियुक्त साधारण तारेखमा रिहा

प्रस, वीरगंज, १३ चैत/
    वीरगंजको चर्चित घटनामध्ये तेजाब प्रहार घटनाका अभियुक्तमध्ये समसाद मियाँलाई जिल्ला अदालत, पर्साले साधारण तारेखमा रिहा गरेको छ ।
    वैशाख १४ गते पुनः अदालतमा हाजीर हुने गरी समसादकी आमा हसिना खातुनले सहीछाप गरी बुझेर लगेको जानकारी प्राप्त भएको छ ।
    ज्यान मार्ने उद्योग तथा तेजाब छर्की कुरूप पारेको मुद्दामा बाल सुधारगृहमा रहेका आरोपी समसाद मियाँलाई जिल्ला अदालत पर्साले बोलाएको समयमा उपस्थित हुने गरी परिवारको जिम्मा लगाएको अदालतका एकजना कर्मचारीले बताए ।
    मजिद मियाँको विषयमा बहस भइरहेको जानकारी प्राप्त भएको छ । सर्वोच्च अदालतको चैत ७ गतेको पूर्ण बैठकले कोरोना सङ्क्रमित विपद् व्यवस्थापनको लागि अदालतले अपनाउनुपर्ने सतर्कताअनुरूप बालगृहमा रहेका विचाराधीन मुद्दा र सजाय खेपिरहेका बालबालिकाहरूलाई मुद्दा पैmसला नगरी आपत्कालीन अवस्थामा परिवारको जिम्मा लगाउनुपर्ने निर्देशन अनुसार समसादलाई अदालतले तारेखमा थुनामुक्त गरेको हो ।
    भदौ २० गते बिहान छपकैया निवासी मुस्कान खातुनमाथि गणेशमान चोकमा समसाद र मजिद मियाँले तेजाब छर्केका थिए ।
    त्रिभुवन माविको कक्ष्Fा ९ मा अध्ययनरत मुस्कानमाथि तेजाब आक्रमण भएपछि हालसम्म काठमाडौंमैं उपचाररत छिन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us