Friday, March 6, 2020

होलीको उल्लासमा कोरोनाको प्रतिबन्ध

सञ्जय साह मित्र


    यस वर्षको होलीको हल्ला नै फिक्का भएको छ । होलीलाई उमङ्ग र उत्साहको निर्बन्ध पर्व मानिन्छ । यसमा रमाइलोको कुनै सीमा हुँदैन । आप्mनो सीमा र बन्धन अर्थात् मर्यादाभित्र होली स्वच्छन्द पर्व हो । यसले खान र पिउनमा कुनै किसिमको सम्झौता गर्दैन । यस पर्वमा आप्mनो स्वास्थ्यले साथ दिने सीमासम्म पुगेर मानिसले खानपानको स्वाद र सन्तुष्टि लिन्छन् । पर्वहरूमा यो यस्तो पर्व हो, जसमा खानपानको दृष्टिले एक वर्षमा सबैभन्दा उत्कर्ष होओस् र अर्को वर्षको भन्दा अझ एक कदम अगाडि रमाइलो होओस् भन्ने चाहना हुन्छ । यस पर्वले बालकदेखि ज्येष्ठ नागरिकसम्ममा उल्लास थप्छ । वास्तवमा वसन्त आएको मनमा अनुभूति थप्छ ।
    होलीको समयमा आफन्त र नजीकका मानिसहरू एक ठाउँमा भेला हुन्छन् । रङ्ग हाल्छन् र अबिर दल्छन्। कतिपयले रङ्गलाई छालाको स्वास्थ्य राम्रो हुने र कतिपयले छालालाई हानि गर्ने दुई ध्रुवको विचार पोख्छन् । अबिरको सन्दर्भमा पनि यो लागू हुन्छ । कतिपयलाई रङ्ग र अबिरको एलर्जी हुन्छ । कतिपयलाई होलीमा निर्बन्ध हुने खानपानले हानि गरेको पनि पाइन्छ । होलीको दिन वा भोलिपल्ट अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या बढी हुन्छ । प्रायः समस्या खानपानसितै सम्बन्धित हुन्छन् । होलीको दिन जे पनि खाने र जति पनि खाने वा पिउने गर्नाले समस्या बढेको हुन्छ । खानुभन्दा पहिले अपनाउने सावधानी र खानापछि पनि अपनाउनुपर्ने सावधानी तथा खाना खानेबेलामा अपनाउनुपर्ने सावधानीको जानकारीको अभाव, लापर्बाही वा आपूmमाथि अत्यधिक विश्वासले गर्दा स्वास्थ्य समस्या आउने गरेको छ । अझ समूहमा हुने खानपानको समयमा उमेर मिल्दा साथीहरूले दिने दबाबले गर्दा पनि स्वास्थ्यमा समस्या पर्ने गरी खानपिन गर्दछन्, मानिसहरू । यस प्रकारका खानपिनमा उमेरले पनि छेक्दो रहेनछ ।
    होली वास्तवमा समूहगत पर्व हो । मानिसहरू समूहमा रङ्ग, अबिर खेल्ने तथा गीत गाउने र नाच्ने गर्दछन् । यो एक्लै रमाइलो गर्ने पर्व होइन । समूहमा रमाइलो गर्ने पर्व भएको र सामूहिकता पनि यसको विशिष्टता भएको सन्दर्भमा होलीको ठीक मुखैमा अनेक किसिमका त्रास पैmलिएका छन् । सबैतिर कोरोना भाइरसको त्रासले अधिकांश स्थानीय तह तथा विभिन्न प्रमुख व्यक्ति वा पदासीनले मनाउने गरेको होलीमिलन समारोहलाई स्थगित गरेका छन् । सबैतिरबाट समूहमा कार्यक्रमहरू नगर्न सूचना, जानकारी वा सल्लाह आइरहेका छन् । सामाजिक सञ्जाल, सञ्चार माध्यम र मानिसहरूको जमघट हुने सबै ठाउँमा कोरोनाकै चर्चा चलिरहेको छ । यसको सतर्कताको लागि जनचेतनाको दृष्टिकोणले ठीक हो र तयारी गर्ने किसिमले पनि उचित हो । हामी त कुरा बढी गर्ने र काम कम गर्ने प्रवृत्तिको भएकाले यस विषयमा जति धेरै चर्चा गरेपनि कम हुन्छ । कुरा मात्रले कुनै लछारपाटो लगाउने भए हामीले धेरै सकारात्मक कामहरू गरिसक्ने थियौं । जतिसुकै सचेतनाका कुरा आएपनि र जतिसुकै सकारात्मक कुराहरू सुनाइए पनि हामीले भने आप्mनो प्रवृत्तिमा सुधार गर्नुपर्ने सवालमा पछाडि नै परिरहेको यथार्थको धरातलमा उभिएर हेर्दा होलीको सामूहिकतामा कतिको असर पर्ला ?
    समूहमा नमनाउँदा होली मानेजस्तो होला कि नहोला ? सामान्य दृष्टिमा र होलीको परम्परागत पृष्ठभूमिलाई यदि हेर्ने र विचार गर्ने हो भने समूहमा नखेलिएको होली फिक्का नै हुन्छ । होली नै नभएको होलीजस्तो हुन्छ । होलीमा त हुर्दङ हुन्छ भन्ने मान्यता छ । साथीभाइसित हुर्दङ गर्न पाइएन भने होलीको मज्जै हुँदैन तर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा देखिएका सचेतता, सल्लाह तथा उत्सुकताहरूले गर्दा होलीको निर्बन्धपन तथा खुल्लापनमा कप्mर्यू लगाएको अनुभूति लागिरहेको छ । एक ठाउँमा धेरैजना भेला हुन नहुने किसिमका सन्देशहरूले गर्दा होलीको भेलामा प्रतिबन्ध नै लगाएको धेरैलाई भइरहेको छ । हुन पनि हो, होलीको मौलिकता नै समूहमा गाउने, नाच्ने, खाने, पिउने र रमाइलो गर्ने हो तर धेरैजना भेला हुँदा कोरोनाको सङ्क्रमणको खतरा पनि रहेको छ । कोरोनाको सङ्क्रमणको खतराले गर्दा सभा, भेला, सम्मेलन तथा पार्टीहरू रोकिएका खबरहरू आइरहेका छन् । पर्यटन वर्ष पनि प्रभावित भइसकेको छ । बजारमाथि असर पुगेको छ । विद्यालय र क्याम्पससम्म पनि कोरोनाको डरले सताइरहेको छ । यसले होलीलाई पनि प्रभावित नपार्ला भन्न सकिन्न । कतिपयले भन्न थालिसकेका छन् कि यसपालिको होलीमा सकेसम्म समूहबाट बच्ने प्रयत्न गर्छु । होलीको समयमा हुने खानपानमा पनि धेरै हदसम्म कोरोनाले मुखौटा लगाइदिने डर पनि रहेको छ । कतिपयले घोषणा नै गर्न थालिसके कि यसपालिको होलीमा माछा र मासु खाँदिनँ भनेर ।
    कोरोनाले होलीको मनोविज्ञानमा प्रभाव पारिरहेको छ । मनोविज्ञानको सिद्धान्तले यसलाई पुष्टि गरिसकेको छ कि मनोविज्ञान प्रभावित भएमा काम पनि प्रभावित हुन्छ । होलीको मनोविज्ञानमा केही प्रभाव परिसकेको छ । यसले गर्दा होली प्रभावित हुने निश्चित भइसकेको छ । ग्रामीण क्षेत्रमा त खासै प्रभाव नपर्ला तर शहरी प्रौढको होलीमा भने कोरोनाको त्रास देखिने करीब निश्चित छ । होलीको लागि सरसामान किन्न ठूला बजारमा जान शिक्षित प्रौढहरू डराइसकेका छन् । कहाँ, कहिले र कसबाट आपूmमा कोरोना भाइरसको सङ्क्रमण हुन पुग्ला भन्ने संशय, भय र आशङ्कामा सर्वसाधारण बुद्धिजीवी सतर्क हुन थालेका छन् । सतर्कताले दैनिकी प्रभावित पारिसकेको छ । मुस्कुराएर हात मिलाउनेहरू अब भेट हुनासाथ अलिकति टाउको निहु¥याएर दुवै हात जोडी प्रणाम, नमस्कार, अभिवादन गर्न थालेका छन् ।
    खुला सांस्कृतिक उत्सवको उत्कर्षको रूपमा देखिने होलीमा विकृति बढ्दै गएको र परम्परागत होली बिस्तारै लोप हुँदै गएको अवस्थामा कोरोनाको प्रभावले यो सांस्कृतिक उत्सव केही फरक किसिमले प्रहार खप्न तयार छ ।
    समूहमा पनि सतर्क रहन नसकिने होइन । समूह भनेको धेरै ठूलो होइन, अत्यन्त परिचित र विश्वासयोग्य दुई/चार जना एक ठाउँमा होलीको रमाइलो गर्न सम्भवतः त्यत्ति अप्ठ्यारो नहोला तर अत्यन्त निकटका साथी भनी भर्खर विदेशबाट फर्केर आएका छन् भने अझ धेरै बढी सतर्क हुनै पर्दछ । सतर्कता वा सजगतालाई नै यस होलीको शर्त मान्नुपरेको छ । जुन किसिमको सावधानी सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएको देखिएको छ, त्यसलाई यस होलीमा आचरण बनाउने प्रयास भने सर्वत्र हुनुपर्दछ । सम्भव भएसम्म बुद्धिजीवीहरूले सतर्कतालाई व्यापक बनाउन आप्mनो क्रियात्मक भूमिका खोज्नुपर्दछ ।
    होलीको सुरुआत कहिलेदेखि भयो ? कुन परिवेशमा भयो ? कसरी विस्तार भयो ? होलीमा भित्रिएका विकृतिहरू के के हुन् ? पाँच दशक पहिले र अहिलेको होलीमा के कति भिन्नता छन् ? होलीको सांस्कृतिक पक्ष कस्तो छ ? होलीको इतिहास र वर्तमानबारे यसपालि खासै बहस हुन सकेको छैन ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us