Thursday, March 26, 2020

ग्रामीण क्षेत्रमा सडक घेर्ने प्रतिस्पर्धा

प्रस, वीरगंज,  १३ चैत/
    कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गर्दा पर्सा जिल्लाका विभिन्न ठाउँमा स्थानीयहरूले सडक जाम गरेका छन् ।
    अपरिचित व्यक्तिहरूको प्रवेशमा रोक लगाउने उद्देश्यले गाउँगाउँमा छेकबार लगाएर, सडक खनेर प्रवेशमा निषेध गरिएको छ । खासगरी अपरिचित व्यक्तिहरूको लागि गरिएको यो व्यवस्थाबाट अहिले गाउँगाउँबीच फाटो उत्पन्न भइरहेको छ भने आपत्कालीन अवस्थामा एम्बुलेन्स, वारुणयन्त्र र प्रहरीको गाडी सञ्चालनमा असहज अवस्था सिर्जना भएको छ । गाउँमा प्रवेश निषेध गर्ने प्रतिस्पर्धाबाट अहिले गाउँगाउँमा प्रवेश निषेध र सडक जाम गर्ने परिपाटी विस्तार भएको छ । कोरोना भाइरसका सङ्क्रमितहरू गाउँ प्रवेश नगरून् भनेर चालिएको यो अभियानले अहिले गाउँलेहरूबीच विवाद सिर्जना भएको छ ।
    एक गाउँबाट अर्को गाउँमा जाने मानिसहरूलाई अवरोध गरिंदा विवाद भइरहेको छ ।
प्रस, पर्सागढी/
    पर्सागढी नगरपालिका अन्तर्गत जनता सडक र थरुहट सडकमा स्थानीयले अवरोध गरेका छन् । गाउँबाट बाहिरिन र भित्रिन नदिन प्रवेशद्वारमा बाँस, काठको गोलिया आदिले सडकमा छेकबार लगाइएको छ । गाउँलेहरूको छेकबारको कारण एम्बुलेन्स सेवा पनि प्रभावित भएको छ । एकजना एम्बुलेन्स चालकले सबैजसो ग्रामीण क्ष्Fेत्रमा यसै प्रकारको होडबाजी भएकोले छेकबार हटाएर एम्बुलेन्स सञ्चालन गर्नुपर्ने बाध्यता भएको बताए ।
    यसैगरी, एक गाउँबाट अर्को गाउँ र एउटा टोलबाट अर्को टोल जान पनि अहिले अपरिचित व्यक्तिहरूलाई समस्या भएको छ । जसले गर्दा विवाद र झैंझगडाको अवस्था देखिएको छ ।
    पर्सागढी नगरपालिका अन्तर्गत बडनिहार, पारसचोक, सबैया, थरुहट सडकको बकनेर्वामा स्थानीयले अवरोध गरेका छन् ।
प्रस, सेढवा/
    लकडाउनको अवधिमा अपरिचित व्यक्तिहरू गाउँटोलमा प्रवेश गरेर कोरोना भाइरसको सङ्क्रमण पैmलाउन सक्ने भयले अहिले ठोरी गाउँपालिका–५ सुवर्णपुरमा पनि सडकमा छेकबार लगाइएको छ । अन्यत्र चलेको हल्ला यो गाउँमा पनि पैmलिएकोले अपरिचित व्यक्ति प्रवेश नगरून् भनेर सडकखण्ड अवरोध गरिएको छ ।
    सवारीसाधन सञ्चालनमा नरहेको कारण एम्बुलेन्स र सुरक्ष्Fाकर्मीहरूको गस्तीको क्रममा छेकबारले समस्या भइरहेको देखिएको छ ।
प्रस, पंचगावाँ/
    सडक छेकबार गर्ने प्रतिस्पर्धामा सखुवाप्रसौनी गाउँपालिका पनि पछि परेको छैन ।
    भाइरसको सङ्क्रमण पैmलिएजस्तै सडक छेकबार कार्य भाइरल भएर अहिले सखुवाप्रसौनी गापा–२ श्रीपुर पंचगावाँ चोकमा आइपुगेको छ । यहाँका मानिसहरूले पनि बाहिरी मानिसहरूको प्रवेश नहोस् भनेर सडकखण्डमा अवरोध गरेका छन् ।
प्रस, पोखरिया/
    पोखरिया नगरपालिकामा पनि लकडाउनको अवधिमा गैरटोलवासीको प्रवेशमा रोक लगाउन सडक अवरुद्ध गरिएको छ ।
    पोखरिया नपा–४ शिव मन्दिर टोलवासीले टोल प्रवेशमा रोक लगाउँदै सडकमा अवरोध गरेका छन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us