Friday, March 27, 2020

आत्मप्रकाशनमा ‘कोरोना’सम्बन्धी चेतना

सञ्जय मित्र
    आजसम्म पनि साहित्यसिर्जनामा सामान्यतया दुुई धार छन्। एउटा धारले साहित्य जीवनको लागि र अर्को धारले साहित्य मनोरञ्जनको लागि हुनुपर्ने तर्क गर्दछन्। र जुन धारको साहित्य भएपनि यथार्थ प्रस्तुत गर्दछ। यथार्थको प्रस्तुतिलाई कतिपयले काल्पनिक रङ दिन्छन् त, कतिपयले आप्mनै यथार्थ हो भन्नेजस्तो पारेर प्रस्तुत गर्दछन्। अझ साहित्यमा वर्तमान त बोलेकै हुन्छ, वर्तमानले साहित्यमा आधिपत्य जमाएकै हुन्छ। साहित्य, कला र संस्कृतिलाई मानव मात्रको सम्पत्ति मानिएको छ।
    अहिले मानव समुदाय एउटा अकल्पनीय महामारीबाट गुज्रिरहेको छ । हरेक व्यक्तिको मनमा डर छ। मानव समुदाय संवेदनशील बनेको छ। गम्भीर संवेदनशीलताको यस घडीमा साहित्य सिर्जना हुनु स्वाभाविक हो। अझ घरमा नै बस्नुपर्ने नैतिक तथा सामाजिक दायित्वले गर्दा सर्जकको मन र मस्तिष्कलाई झङ्कृत बनाएको छ। जब सर्जक संवेदित हुन्छ, तब सिर्जना हुन्छ। सिर्जनाको प्रकाशन विभिन्न माध्यमले गर्दछ। वर्तमान विश्वलाई पनि सिर्जनामा उतारेर विभिन्न सामाजिक सञ्जालमा सर्जकहरूले सार्वजनिक गरिरहेका छन्। वास्तवमा यो एक किसिमले तात्क्षणिक आत्मप्रकाशन नै हो।
    कोरोनाविरुद्ध लडाइँलाई विश्वयुद्धको संज्ञा दिइएको हेटौंडाका कवि तथा ‘हाम्रो मातृभूमि साहित्यिक’ त्रैमासिकका सम्पादक देवराज खरेल वर्तमान विश्वलाई यसरी अभिव्यक्त गर्दछन् –
शस्त्रअस्त्रयुक्त एकातिर शस्त्रअस्त्रविहीन एकातिर
एक्लो भाइरस एकातिर आठ अर्ब एकातिर
युद्ध गर्न नचाहिंदो रहेछ औजार र अस्त्रहरू
विश्व एकातिर कोरोना एकातिर।
    सामाजिक सञ्जालमा साहित्यिक विचारहरू पर्याप्त आएका छन्। कतिपय सिर्जना अत्यन्त कलात्मक पनि छन्। कतिपयले सरल शब्दमा सर्वसाधारणले बुझ्नेगरी काव्यात्मक भाव अभिव्यक्त गरेका छन्। देशका प्रसिद्ध गजलकार डा घनश्याम न्यौपाने ‘परिश्रमी’ आत्मरक्षा शीर्षकमा वर्तमानलाई यसरी अभिव्यक्त गर्दछन्–
को–ही सुरक्षित छैन अहिले
रो–ग पैmलिएको छ बडवानलभैंm
ना–मकृत कोरोना (कोभिड–१९)को विषाणु,
बहिष्कार सडकको गर्नु छ
नारा, जुलुसलाई नजीक गएर होइन,
टाढैबाट बाईबाई भन्नु छ
दूरी बढाएर आफन्तहरूसँग
नजीक बन्नु छ,
या एकान्त बास होस्
या सुरक्षित निवास होस्
हात मिलाएर होइन
हात जोडेर आत्मीयता दर्शाउनु छ
आतङ्कारी विषाणुलाई
जसरी पनि भगाउनु छ
दुनियाँलाई बचाउन,
घर, परिवार र समाज जोगाउन,
राष्ट्रलाई सुरक्षित राख्न
आत्मरक्षाको अनुशासन
अक्षरशः पालन गर्नु छ।
    डा परिश्रमीले घरपरिवार र समाजलाई जोगाउँदै राष्ट्रलाई पनि जोगाउन तथा पृथ्वीलाई पनि बचाउन आह्वान गरेका छन्। आत्मरक्षा नै सबैभन्दा ठूलो उपाय भन्ने कुरा जगजाहेर छ। कोरोनाविरुद्ध यस महायुद्धमा विनाहतियार आत्मरक्षा गर्न सकिन्छ र आत्मरक्षा गरेर विश्वयुद्ध जित्न सकिन्छ । यस कारण अहिले घरमा नै बसेर विश्वयुद्ध गर्नुपरेको छ विनाहतियार । अहिलेको समयमा घरभित्र नै जे गर्नुपर्छ गरौं भन्ने सल्लाह आएको छ, परिवारमैं। अझ रमाइलो गर्दै युद्ध लडेको पनि ठहरिन्छ। साहित्यकार रमेश समर्थन यसरी आह्वान गर्दछन्–
सुरक्षा सबले आप्mनै गर्नुपर्ने भयो अब
कोरोनाले समातेको छ सारा दुनियाँ जब
सुतौं, उठौं, बसौं, नाचौं, खेलौं जसो गरौं
घरभित्र गरौं सारा ननिस्कौं है कतै सब ।
    वास्तवमा घरभित्रलाई नै केही समय संसार बनाउनुपर्ने आवश्यकता छ। घरभन्दा बाहिर सबैतिर त्रासको वातावरण छ। कोरोनाले त्रासको वातावरण सिर्जना गरेको छ। यसले कुनै पनि वर्ग, सीमा वा धर्मलाई छोडेको छैन। वास्तवमा त्रासको वातावरणले आप्mनो साम्राज्य नै कायम गरेको छ। यसै वातावरणलाई साहित्यकार धनराज गिरीले आप्mनो गजलमा यसरी प्रस्तुत गरेका छन् –
दुलोभित्र सारा – करोना करोना
भयाक्रान्त साथी बनी थर्थराए
वियोगी निरोगी लुके आज जम्मै
भयो बाग रित्तो सखा लर्खराए।
    कोरोनाको त्रास सबैतिर छ, तर कतिपय अटेरीहरू छन्, जसले मूर्खता छरिरहेका छन्, सडकभरि। सरकारको आदेश पनि नमान्ने र कोरोनाको त्रास नमान्नेलाई हेटौंडाका कवि सागर खतिवडा भने मूर्खको संज्ञा दिन्छन्। उनकै शब्दमा–
म हेरूँ बजारमा लकडाउन कस्तो रहेछ भनी
घुमेका छन् मूर्खजन सबै अवज्ञा गरी गरी
अटेरी गर्ने ती अबुझ शठदेखि छकपरि
कोरोना खित्का छाडी अभयसित हाँस्यो मरीमरी।
    विश्वव्यापीरूपमा कोरोनाले आप्mनो प्रभुत्व जमाइरहेको छ। कोरोना महामारीको रूपमा पैmलिएकोले एक किसिमले जीवनको अनेक क्षेत्र प्रभावित भएका छन्। समग्र जीवनपद्धतिमा कोरोनाको प्रभाव देखिएको छ। जो जति संवेदनशील छन्, उसको संवेदनामा उति धेरै गहिरो छाप छोडेको छ। तर दिन सधैं एकै किसिमको रहँदैन भन्ने विश्वास कविहरूले व्यक्त गरिरहेका छन् । सधैं अँध्यारोपछि उज्यालोको पालो त आउँछ नै। केही समयपछि फेरि समय अनुकूल हुने आत्मविश्वास कवयित्री रेणुका जिसी खतिवडाको कवितामा यसरी अभिव्यक्त भएको छ–
...यी बन्द स्कूलहरू
खुल्नेछन् र घन्किनेछन् ताराबाजी लै लै
विराना चौरीहरू
भरिनेछन् केटाकेटीका पैतालाले र
खेल्नेछन् लुकामारी
सुनसान सडकहरू
फेरि जाग्नेछन् र दौडाउनेछन्
गन्तव्यमा पुग्न हतार मान्छेहरूलाई
फेरि फर्कनेछ संसारको गति
बग्नेछन् सबैजना आआप्mनै लयमा
बूढापाका अनुहारको मुस्कानले
फेरि भन्नेछ डरको अगाडि जीत हुन्छ
हामीले फेरि जित्यौं।
    कविताले यथार्थ पस्किने मात्र होइन, कहिलेकाहीं यथार्थ भयावह हुन्छ, त्रासद हुन्छ। त्रासले त झन् सर्वसाधारणलाई जीवन सरलतापूर्वक बाँच्न केही बाधा पो पु¥याउँछ। हो, कवयित्री खतिवडाले भनेजस्तै त्रासको दिन हराउनेछ र एक दिन फेरि मानिसको जीत हुनेछ। मानिसको जीत हुने विश्वासमा दृढ हुनुपरेको छ। अहिले डर छ र त हामी सतर्क छौं तर डरलाई जितेपछि जीत निश्चित छ। डरको जीत त हुँदैन, डरको पराजय हुने कुरामा सर्वत्र विश्वास रहनुलाई साहित्यको सार्थकता मान्नुपर्दछ । झापाका कवि सुमन कोइरालाले पनि आपूmलाई संसारको दुःखले सताइरहेको बताएका छन्। संसारको दुःख देखेर कवि कोइराला आपूm पनि दुःखी हुन्छन् र भन्छन्–
...अनि संसार रोइरहँदा
मास्क, ग्याँस, चामल र सेनिटाइजरका
काला बजारियालाई हैन
म कवि हैन मित्र
मलाई संसार दुःिखरहन्छ।
    हो, कविलाई नै संसार दुख्छ। संसारको चिन्ता हुन्छ। बरु कविले आपूmलाई जति धेरै दुःख छ, त्यसको अभिव्यक्ति कम दिन्छ। आप्mनो संवेदित क्षणलाई कलात्मक पारेर अर्काको बनाइ प्रस्तुत गर्दछ र अरूको पीडालाई आपूm पीडित बनी पस्कन्छ। कहिलेकाहीं आपूm नै अरू पात्र बन्दछ र कहिलेकाहीं अरूको ठाउँमा आपूm पात्र बनी अभिव्यक्ति दिन्छ । तर जब संसार नै पीडामा छ, त्यतिबेला कवि साहित्यकारहरू चुप लागेर बस्नै सक्दैनन्। घरभित्र पनि कवि शान्त भएर, चुप लागेर बस्न सक्दैनन् । संसारको चिन्ता आप्mना सिर्जनामार्पmत् अभिव्यक्त गरिरहन्छन् भन्ने सामान्य उदाहरण मात्र हो। कवि साहित्यकारहरूको अभिव्यक्तिले पनि समाजमा सचेतना आएको र आइरहेको विश्वास यिनै अभिव्यक्तिहरूबाट पाउन सकिन्छ। कवि तथा साहित्यकारहरू समाजको प्रबुद्ध वर्ग भएकाले सङ्कटको यस महाघडीमा आपूmलाई विश्व कल्याणार्थ प्रस्तुत गरेर पनि आप्mनो कर्ममार्पmत् कर्तव्य निर्वाह गरेको स्पष्ट हुन्छ। यसबाट समाजका अन्य वर्गमा पनि आप्mनो कर्तव्य निर्वाहको भाव परोक्षरूपमा सम्प्रेषण भएको देखिएको छ।
    मानव समुदायले कोरोनामाथि विजय प्राप्त गरेर आप्mनो स्वाभिमान बचाउने कुरामा विश्वस्त छन् ओखलढुङ्गाका कवि चेतनाथ धमला। उनकै शब्दमा–
एक थोपा पसिनाले कोरोना पखालेर हिमालभैंm उठ्न मन छ
यसैगरी गीत गाउँदै जिन्दगीमा सधैंभरि हिंडिदिन मन छ।
    चिन्तन र जीवनशैलीमा हस्तक्षेप
गर्न सफल कोरोनाले साहित्यमा पनि आप्mनो स्थान सुरक्षित पारेको हो कि भन्ने अनुभूति हुन थालेको छ। फेसबूकहरूमा आएको आत्मप्रकाशन दृष्टान्त हुन्।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us