Wednesday, March 25, 2020

ठाउँठाउँ मास्क, सेनिटाइजर र साबुन वितरण

प्रस, परवानीपुर, १२ चैत/
    कोरोना रोगसँग लड्न राज्यले देशभरि चैत १८ गतेसम्म लकडाउन गरे तापनि ग्रामीण क्षेत्रका जनप्रतिनिधिहरूले स्थानीयस्तरमा जनचेतना जगाउनुका साथै सामग्री वितरण गरेका छन्।
    जीतपुरसिमरा–२३ भलुहीका वडाध्यक्ष असलम देवानले गाउँका साढे ५ हजार जनताको लागि गाउँमा कपडाको मास्क बनाउने काम शुरू गरेको र आज १२ सयजनालाई एक/एक वटा मास्क र १ हजार परिवारलाई प्रतिघर दुईवटा साबुनका दरले दुई हजार साबुन वितरण गरेको बताए। बजारमा सेनिटाइजरको अभाव रहे तापनि स्थानीयस्तरमा साबुन र मास्कको आपूर्ति भइरहेको हुँदा जनतालाई आधा/आधा घण्टामा हात धुन र सरसफाइमा ध्यान दिन उनले टोली परिचालन गरेको बताए।
    यसैगरी, बारा, विश्रामपुर गाउँपालिकाका नेकपा नेता धर्मदेव यादवले वडा नं. ५ मा १ हजार मास्क र सेनिटाइजर वितरण गरेका छन् ।
पर्सा प्रहरीलाई एक हजार मास्क
    निम्बसको प्रोजिओकेम उद्योगबाट उत्पादित मास्क पर्साका सुरक्ष्Fाकर्मीलाई प्रदान गरिएको छ।
    जिप्रका, पर्सा मातहत १ हजार ५० जना सुरक्ष्Fाकर्मीको लागि मास्क प्रदान गरिएको उद्योगका प्रशासकीय अधिकृत ओमप्रकाश बैठाले बताए। पर्साका प्रनाउ वीरेन्द्रबहादुर शाहीलाई उक्त मास्क हस्तान्तरण गरिएको र आगामी दिनमा पनि मास्क आवश्यक परे उपलब्ध गराउने उद्योगले प्रतिबद्धता जनाएको छ ।
    त्यसैगरी, निम्बसले जिप्रका, बारालाई पनि एक हजार मास्क सहयोग गरेको छ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us