Friday, March 20, 2020

यो लामो छुटीमा बालबालिकालाई घरमा कसरी राख्ने !

सञ्जय साह मित्र
    अति आवश्यक कामबाहेक घरबाट ननिस्कन सरकारको सल्लाह सार्वजनिक भएकै दिन देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय सार्वजनिक भएको छ । देशका करीब सम्पूर्ण शिक्षालय बन्द छन् । शिक्षालयहरू अप्रत्याशित बन्द भएका होइनन्। सरकारले चैत ५ गतेसम्म विद्यालय तहका सम्पूर्ण परीक्षा सम्पन्न गर्ने निर्देशन दिएको थियो र चैत ६ गतेदेखि हुने एसइई परीक्षासमेतलाई रोक्दै देशभरका क्याम्पस तथा विद्यालयहरू औपचारिकरूपमैं बन्द गर्ने निर्णय पनि आयो । देशमा भीडभाड हुने अन्य कामहरूमा पनि करीब रोक लगाइएको अवस्था छ । क्याम्पस पढिरहेका विद्यार्थीहरू तथा विद्यालय तहका बालबालिकाहरू घर फर्केका छन् र फर्किरहेका छन् । शहर बजारमा चहलपहल कम हुँदै गएको अवस्थामा बालबालिकाहरू गाउँतिर वा आआप्mनो घरतिर थन्किने अवस्था आइरहेको छ ।
    एकजना महिला अभिभावकले एकजना शिक्षकसमक्ष आप्mनो दुःखेसो पोख्छिन्– कसरी एक महीनासम्म बच्चालाई घरमा राख्ने होला ? अवस्था यस्तो आइसकेको छ कि मामाघर पनि पठाउन सकिन्न र घरमा दिनभर राखिरहन निकै गा¥हो छ ।
    वास्तवमा विद्यालयमा ६ घण्टाको लागि जाँदा अभिभावकहरूले सबै कुरामा विद्यालयले नै राम्रो गरिदेओस् भन्ने अपेक्षा राख्छन् । जाडो वा गर्मी तथा वर्षाको समयमा बिदा हुँदा प्रकृतिले पनि केही हदसम्म बालबालिकालाई सम्हालिराख्न सजिलो बनाउँछ । बालबालिकाहरूलाई काममा पनि लगाउन सकिन्छ तर अहिले त घरमा नै बस्नुपर्ने अवस्थाको सिर्जना भएको छ । घरमा बालबालिकालाई के गर्न लगाउने ? कसरी सम्हाल्ने होला ?
    अन्य समयमा विद्यालयमा छुट्टी हुँदा बालबालिकालाई पनि कहाँ जाने र के गर्ने भन्ने योजना हुन्छ सानोतिनो भएपनि तर अहिलेको यो विशेष छुट्टी हो । यो विशेष छुट्टीमा त घरमा मात्र बस्नुपर्ने भनिएको छ। कहीं कतै जाने योजना नै छैन । यो छुट्टीको व्यवस्थापन अलिक जटिल छ ।
    एकछिन घरमा बस्न पनि नसक्ने वा एकछिन घरमा बस्दा त बालबालिकाले सा¥है दुःख दिने किसिमका हुन्छन् वा कतिपय अभिभावक नै आप्mना बालबालिकाको उटपटाङ काम देखेर रिसाउन बाध्य भइरहेका हुन्छन् । यस किसिमका बालबालिकालाई कैयौं दिनसम्म घरमा कसरी राख्ने होला ?
    अरू छुट्टी र अहिलेको छुट्टीमा के फरक रहेको छ भने अन्य छुट्टीको समयमा बालबालिकालाई घरमा अभिभावकले पढ्नलाई भनिरहेका हुन्छन् । अहिले त करीब सम्पूर्ण विद्यार्थीको परीक्षा नै सकिएको छ । परीक्षा सकिनुको अर्थ यो पनि हो कि बालबालिकालाई अहिले घरमा पढ्नलाई बाध्य पार्न अलिक सजिलो छैन। पढ्नलाई के भन्ने होला ? पढ्नुपर्ने किताबको परीक्षा त दिइसक्यो ? परीक्षा दिइसक्यो भने पढ्नलाई अहिले केही बाँकी छैन । जब पढ्नलाई घरमा केही बाँकी छैन भने बालबालिकाहरूले झन् उपद्रो गर्छन् ।
    घरमा अभिभावकलाई नै पढ्ने बानी छैन । अभिभावकहरू नै पढ्दैनन् । अभिभावकहरू पढ्दैनन् भन्नुको तात्पर्य यो हो कि अभिभावकहरूमा साहित्यिक–सांस्कृतिक कृति तथा पत्रिकाहरू पढ्ने बानी छैन । सामान्य दैनिक अखबारहरू पनि अभिभावकले पढ्दैनन् । कुनै राम्रो कृति पढेर बालबालिकालाई सुनाऊँ भन्ने संस्कार नै छैन । अहिले परीक्षा सम्पन्न भइसकेपछि बालबालिकालाई कसरी बिग्रन नदिने वा सरकारले जसरी घरमा रहन भनेको छ, त्यसरी दिनभरि कसरी करीब तीन हप्ता राख्न सकिन्छ भन्ने चिन्ता लाग्नु अस्वाभाविक होइन।
    हो, एकाध दिन होइन । अहिले तीन हप्तासम्म बालबालिकालाई घरमा सम्हाल्नु छ । सम्भव भएसम्म बालबालिकालाई बालसाहित्य पढ्न दिऊँ । पुस्तकपसलबाट असल पुस्तकहरू किनेर ल्याइदिन सकिन्छ कोसेलीको रूपमा । तर यतातिर अभिभावकहरूको ध्यान जान सक्दैन । अभिभावकहरूले साहित्यिक–सांस्कृतिक पुस्तकको अध्ययन–पठनलाई बेकारको समय खेर फाल्नु र यसमा आर्थिक लगानीलाई फाल्तु लगानी भनी ठान्छन् । साहित्य तथा संस्कृतिमा रुचि लिने अभिभावकले बालबालिकालाई सिर्जनात्मक काममा लगाउन सक्छन् । यहाँ सिर्जनात्मक कामको अर्थ चाहिं कविता लेख्न लगाउन, कथा लेख्न लगाउन, अन्य कृतिहरू पढ्न लगाएर त्यसका मुख्य कुराहरू भन्न लगाउन सक्छन् । घरमैं असल सिर्जनाको अभ्यास गराउने तथा आपूmहरूले सुधार गरिदिन सक्छन् ।
    यदि बालबालिकाका अभिभावक नै सिर्जनात्मक क्षमताका छैनन्, पत्रपत्रिका वा साहित्यिक–सांस्कृतिक पुस्तक पत्रिकामा रुचि छैन भने बालबालिकालाई घरमा व्यवस्थापन गर्न अलिक अप्ठ्यारो नै हुन्छ । तर यदि एकाध दिन बालबालिकालाई घरमा राख्न सकियो भने घरको काममा नै व्यस्त र अभ्यस्त बनाउन सकिन्छ । घरलाई सफा गर्ने, घरलाई सकेसम्म सिंगार्ने, भाँडाकुँडा सफा गर्ने, खाना पकाउने, तरकारी काट्ने र पकाउने आदि काममा सहयोग लिन सकिन्छ, व्यस्त राख्न सकिन्छ वा सिकाउन सकिन्छ । घरछेउमा बारी भए बारीमा तरकारी रोप्न तयारी गर्ने वा तरकारी रोप्ने काम नै गर्न सकिन्छ । हैन यदि पक्की घर छ भने छतमा वा कौंसीमा गमला सजाउने, तरकारी लगाउने, पानी हाल्न लगाउनेजस्ता काममा अलिकति व्यस्त बनाउन सकिन्छ । घरमा बसेको बेला चित्र बनाउने, रङ्ग भर्ने, त्यसलाई अर्को दिनको चित्रसँग तुलना गर्ने गराउन सकिन्छ । यसैगरी, बालबालिकाको उमेर र रुचि अनुसारका कामहरू गराउन सकिन्छ । यदि घरमा टेलिभिजन छ भने दिनको कुनै एउटा कार्यक्रम उसको रुचि अनुसारको हेर्न दिने तथा सम्भव भएसम्म एक दिनमा एउटा फिल्म पनि सबैजना सँगै बसेर हेर्न सकिन्छ । यसैगरी, दिनमा एक घण्टा समाचार पनि हेर्नुपर्दछ तथा हेरेको समाचारका मुख्य कुराहरू के के हुन् भनेर टिप्न लगाउनुपर्दछ । सकेसम्म समाचार हेरेर टिपेको कुरालाई मिलाएर लेखिदिए पनि हुन्छ । गर्न लाउने हो र सिकाउन खोज्ने हो भने घरमैं अनेक कामहरू खोज्न सकिन्छ । घरभित्र बस्न एकाध दिन सा¥है गा¥हो हुन्छ तर यदि तालिका बनाएर काम गर्ने वा गराउने हो भने घरभित्र पनि समय कटाउन बालबालिकालाई खासै अप्ठ्यारो हुँदैन । बालबालिकालाई सम्हाल्ने अभिभावकलाई पनि केही हदसम्म सजिलो हुन पुग्छ ।
    यदि अभिभावक पनि घरमा छन् भने सबैभन्दा सजिलो काम भनेको पत्रिका पढ्न लगाउने र पत्रिकामा जस्तै समाचार र लेखहरू लेख्न लगाउने हो । पत्रिकामा विभिन्न किसिमका लेखरचनाहरू पनि प्रकाशित हुन्छन् तर त्यतिसम्मको लेखरचना बालबालिकाले लेख्न सक्दैनन् । गर्नु के पर्छ भने घरकै विभिन्न किसिमका सामानको उपयोगिता र महŒवको विषयमा लेख लेख्न लगाउने ? घर नै किन चाहिन्छ ? यसै विषयमा पाँच सय शब्दमा लेख्न लगाउने । सम्भव भएसम्म घरभित्रका अन्य विषयमा लेख्न लगाउन सकिन्छ। यसैगरी, आप्mनो गाउँको बारेमा, आप्mनो वंश र जातको बारेमा, खेतीपाती, बालीनाली, विभिन्न पेशा, भविष्यको चाहना, गाउँका देवीदेवताहरूको बारेमा, अन्य ऐतिहासिक वा सामाजिक, सांस्कृतिक विषयवस्तुको बारेमा सोधीखोजी लेख्न लगाउन सकिन्छ । आपूmहरूले पनि सकेको सहयोग गरिदिनुपर्छ । हरेक दिन लेख्न लगाउने हो भने उसमा लेखनकलाको विकासमा सहयोग पुग्दछ । लेखेको लेखलाई राम्ररी हेरिदिनुपर्छ, सुझाव पनि दिनुपर्छ, राम्रो भएमा प्रशंसा पनि गर्नुपर्छ । घरमैं पुरस्कृत पनि गर्दा हुन्छ । आपैंmलाई घतलाग्दो लागेमा कुनै पत्रिकामा छपाइदिने प्रयास पनि गरिदिनुपर्छ ।
    अहिले बालबालिकाहरू घरमा नै बसेका छन् । स्थानीय पत्रिकाहरूले केही अभिभावकहरूलाई हरेक दिन सम्पर्क गरेर कम्तीमा एक पृष्ठ बालबालिकाका कविता, गीत, मुक्तक, चुटकिला, लेख, मन्तव्य, भविष्यका चाहनालगायतका विषयवस्तुलाई दिने योजना पनि बनाउनुपर्छ ताकि सिर्जनात्मक क्षमता भएका बालबालिकालाई एकातिर समय कटाउन सजिलो हुन्छ भने अर्कोतिर पत्रिकाले घरमा बसेका बालबालिकालाई सम्मान गरेको देखिन्छ किनभने यो विशेष अवस्था हो ।
    सकेसम्म बालबालिकालाई घरबाटै निस्किन नदिऊँ । अभिभावकहरू पनि घरबाट निस्कने प्रयास नगरौं । राज्यले दिएको निर्देशन पालन गरौं । विश्व अहिले कोरोनाको खतरनाक सङ्क्रमणबाट गुज्रिरहेको छ । विश्वको लागि यो अति नै सावधानीको विषय बनेको छ । हामीले घरमैं सावधानी अपनाउनुपरेको छ । कोरोनाको कहरबाट जोगिने सबैभन्दा सजिलो उपाय नै घरमा बस्नु हो । यस चरम सङ्कटको समयमा बालबालिकालाई पनि सुरक्षित राख्नु सचेत अभिभावकको कर्तव्य हो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us