Saturday, March 14, 2020

जाग ! समय हातबाट फुत्किंदै छ

    एकपटक महात्मा गौतम बुद्ध कतै प्रवचन दिंदै थिए । मानिसको निकै भीड थियो । मानिस ठूलो मनोयोगले बुद्धको प्रवचन सुनिरहेका थिए । त्यस भीडमा बाल, वृद्ध, युवा, किसान, स्त्री, व्यापारी आदि सबै बसेका थिए । सबै आआप्mनो अनुसार बुद्धको प्रवचन सुन्दै–बुझ्दै थिए । आप्mनो प्रवचनको अन्त्यमा बुद्धले भने– “जाग १ समय हातबाट फुत्किंदै छ ।” यति भनेपछि भगवान् बुद्धको प्रवचन समाप्त भयो । सभा विसर्जित भयो । मानिस त्यहाँबाट उठेर आआप्mनो गन्तव्यतिर जान थाले ।
    बुद्ध पनि सभास्थलबाट निस्किएर बाहिर आए र आप्mनो प्रिय शिष्य आनन्दलाई भने– “वत्स १ हिंड थोरै टाढा घुमेर आऔं ।” त्यहाँबाट बुद्ध आनन्दसँगै घुम्न हिंडे । केही टाढा पुगेर उनी अचानक रोकिए र शान्त भावले त्यस किनारमा हिंड्डुल गर्न थाले । आनन्दले बुझे कि गुरुदेव यदि यहाँ रोकिएर केही चिन्तन गर्दै हुनुहुन्छ भने यसपछाडि केही कारण अवश्य होला । तब आनन्द पछाडि फर्केर हेर्दा प्रवचन सुन्न आएका व्यक्तिमध्ये केही व्यक्ति सभास्थलबाट निस्किएर सीधैं बुद्धदेवतर्पm आइरहेका थिए । शायद यसै कारण बुद्धदेव त्यहाँ रोकिएका थिए ।
    अचानक त्यस भीडबाट निस्किएर एकजना स्त्री गौतम बुद्धसँग भेट्न आइन् । उनले भनिन्– “तथागत १ म नर्तकी हुँ । आज नगरसेठको घरमा मेरो नृत्यको कार्यक्रम तय थियो तर मैले त्यसबारे बिर्सिएको थिएँ । तर जब तपाईंले प्रवचनको अन्त्यमा भन्नुभयो– जाग १ समय फुत्किंदै छ । तब मलाई तुरुन्त यस कुराको सम्झना आयो । यसैले म तपाईंको आभारी छु ।” यति भनेर ती स्त्री त्यहाँबाट गइन् । त्यसपछि सभास्थलबाट निस्किएर एकजना डाँका बुद्धनजीक आएर भन्न थाले– “तथागत म तपाईंसँग कुनै कुरा लुकाउँदिनँ । मैले पनि बिर्सिएँ कि आज मलाई एक ठाउँमा डकैती गर्न जानु थियो, तर जब तपाईंले आप्mनो प्रवचनमा भन्नुभयो– जाग १ समय फुत्किंदै छ । त्यतिबेला मलाई आप्mनो योजना स्मरण आयो । यसको लागि तपाईंलाई मुरी–मुरी धन्यवाद तथागत १”
    डाँका गएपछि बिस्तारै–बिस्तारै हिंड्दै एक वृद्ध बुद्धको नजीक पुगे । वृद्धले भने– “तथागत १ म जीवनभरि दुनियाँदारीका वस्तुको पछाडि नै भागिरहे । अब मलाई लाग्छ कि सम्पूर्ण जिन्दगी यसैगरी बेकारमा बित्यो, तर आज जब तपाईंले उपदेशमा भन्नुभयो– जाग १ समय निस्किरहेको छ, तब मेरो आँखा खुल्यो । आजदेखि म आप्mनो दुनियाँदारीको मोह छाडेर निर्वाणको लागि प्रयत्न गर्न चाहन्छु ।” त्यस वृद्धको शब्दमा सत्यता थियो । अब उनी साँच्चिकै आप्mनो जीवनलाई सार्थक बनाउन केही गर्न चाहन्थे । आप्mनो निर्वाणको लागि, मोक्षको लागि केही सार्थक प्रयास गर्न चाहन्थे ।
    बुद्धको उपदेशबाट साँच्चिकै उनको आँखा खुल्यो । उनले नै बुद्धको ती वचन– जाग १ समय फुत्किंदै छ– को सही अर्थ बुझेका थिए र तदनुरूप जीवन जिउने सङ्कल्प लिए । बुद्धको शब्दले उनको सुतेको आत्मविश्वासलाई जगाएको थियो । बुद्धदेवले उनलाई आशिष दिए र तब त्यस वृद्धले एउटा नयाँ उमङ्ग, नयाँ ऊर्जाको साथ त्यहाँबाट प्रस्थान गरे । जब त्यहाँबाट सबैजना गएपछि बुद्धले आनन्दलाई भने– “हेर वत्स आनन्द १ प्रवचन मैले एउटा मात्र दिए, तर सोको अर्थ हरेकले अलग–अलग निकाले । हरेकले त्यसको अलग मतलब बुझे । जसको जस्तो बुद्धि हुन्छ, उसको त्यस्तै झोला हुन्छ, उसले त्यत्तिकै दान ग्रहण गर्न सक्छ । निर्वाणप्राप्तिको लागि मनको झोला त्यस वृद्धको लायक हुनुपर्छ । यसैले मन शुद्ध हुनु जरुरी छ ।”
    भगवान् बुद्धको यो आख्यान प्रत्येक साधकको लागि जीवनको दिशा निर्दिष्ट गर्नुसरह हो । यदि व्यक्तिको जीवनको दिशा सार्थक उद्देश्यलाई पूरा गर्न तय हुन्छ भने ऊ समय रहँदै सोको लागि जागरूक हुन्छ । त्यसपछि उसले सफलता पाउँछ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us