Wednesday, March 25, 2020

नगरप्रमुख प्रहरी प्रशासनसँग रिसाए सुरक्षाको जिम्मा सेनालाई दिन माग

प्रस, वीरगंज, १२ चैत/
    वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले प्रहरी प्रशासनबाट पर्सा जिल्लाको सुरक्ष्Fा व्यवस्था सहज नहुने भन्दै सेना परिचालन गर्न माग गरेका छन्।
    प्रतीकसँगको कुराकानीमा नगरप्रमुख सरावगीले पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको कामकारबाई गैरजिम्मेवार भएको आरोप लगाए। उनले सुरक्ष्Fा समितिको बैठकमा लकडाउनको अवस्थामा एकथरी निर्णय गर्ने र व्यवहारमा अर्कोथरी कार्य गर्दा चौतर्फीरूपमा महानगपालिकाको आलोचना भएको र सुरक्ष्Fा व्यवस्था खलबलिनुका साथै महँगी अकासिएको बताए। उनले सुरक्ष्Fा समितिको बैठकमा महानगरपालिकाले वडापालिकाबाट मानिसहरू परिचालन गरेर खाद्यान्नलगायत अत्यावश्यक वस्तुको व्यवस्थापन गर्ने सहमति भएको र सोहीअनुरूप आपूmले मानिस परिचालन गरेकोमा त्यस्ता मानिसहरूलाई पक्राउ गर्ने, दण्डित गर्ने र त्रास देखाउने काम भएको भन्दै उनले वीरगंजको माहोल बिगार्नमा प्रहरी प्रशासनको प्रमुख भूमिका रहेको भन्दै सेना परिचालन गर्नुपर्ने माग गरेका छन्।
    अत्यावश्यक वस्तुमा परेका खाद्यान्न, औषधि, तरकारी आदिको व्यवस्थापनमा प्रशासन लापर्बाह भएको र काम गर्न नदिएको नगरप्रमुखको आरोप छ। उनले व्यवस्थापकीय जिम्मेवारी सेनाको हातमा दिएको खण्डमा मात्र महानगरको अवस्था सहज हुने दाबी गरे।
किन रिसाए नगरप्रमुख
    नगरप्रमुख विजयकुमार सरावगी प्रहरी प्रशासनसँग रिसाउनुको कारण अर्कै छ। नगरप्रमुख सरावगीले लकडाउन अवधिमा महानगरका दीनदुःखीहरूलाई भोजनको व्यवस्थापनको लागि सद्भाव समितिलाई लिखित आग्रह गरेका थिए। उनको आग्रहअनुरूप मङ्गलवार सद्भाव समितिले भोजन तयार गरेको थियो। तर भोजन ग्रहण गर्न आउँदा मानिसहरूको भीड हुन सक्ने भन्दै प्रहरीले भोजन व्यवस्थापनमा सक्रिय रमेश जाटियालाई पक्राउ गरेको थियो।
    उनले नगरप्रमुखको आदेशमा आपूmले काम गरेको भन्दा पनि नमानेर प्रहरीले जाटियालाई गाडीमा हालेर जिल्ला प्रहरी कार्यालय लगिरहेको थियो। सोहीक्रममा नगरप्रमुख सरावगी हतारिएर महानगरबाट घटनास्थलमा पुगेका थिए । कैलाश चोकमा उनले प्रहरी भ्यानमा रहेका जाटियालाई छाड्न प्रहरीलाई भने पनि भ्यानका कमान्डर प्रहरी निरीक्ष्Fकले मानेनन्। जाटियालाई छोड्न प्रहरीले नमानेपछि नगरप्रमुख आपैंm जाटियासँगै प्रहरी भ्यानमा बसे।
    प्रहरीले उनलाई घण्टाघरसम्म भ्यानमा लग्यो। त्यसपछि प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाही घण्टाघर आएर जाटियालाई छाडेपछि नगरप्रमुख पनि गाडीबाट ओर्लिए। यो घटनामा प्रहरीले आपूmसँग दुव्र्यवहार गरेको ठानेर नगरप्रमुख सरावगी पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसँग रिसाएका हुन्।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us