Wednesday, March 25, 2020

सवारीसाधन नियन्त्रण

प्रस, वीरगंज, १२ चैत/
    लकडाउन अवधिमा बारा प्रहरीले पहिलो दिन २०५ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएर छाडेको प्रहरी प्रवक्ता प्रनाउ गौतम मिश्रले जानकारी गराएका छन्।
    कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले गरेको साताव्यापी लकडाउनको पहिलो दिन उल्लङ्घन गर्ने तीनवटा टिपर, ९ वटा ट्रक, २० वटा ट्याक्टर, ५ वटा जीप, ६ वटा बोलेरो, २ वटा स्कार्पियो र १६० वटा मोटरसाइकल गरी २०५ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएर साँझ सम्झाइबुझाइ छाडेको प्रवक्ता गौतमले बताए।
    यसैगरी, प्रवक्ता गौतमले अत्यावश्यक वस्तुको सूचीमा रहेको औषधि र खाद्यान्न पसलबाहेक लकडाउनको दोस्रो दिन पनि सबै पसल, हाटबजार बन्द गरिएको र मानिस तथा सवारीसाधनको आवतजावतमा पूर्ण कडाइ गरिएको जनाएका छन्।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us