Thursday, March 26, 2020

लकडाउनमा नेटुवा जाति नागरिकता देखाएर भीख माग्दै

प्रस, पर्सागढी, १३ चैत/
    लकडाउनको कारण मागेर खाने नेटुवा जातिलाई समस्या भएको छ। कलैया उपमहानगर–१८ निवासी ६ घरपरिवार नेटुवा अहिले माग्दै हिंड्नेक्रममा पर्सागढी नगरपालिका–४ टाँडी आइपुगेका छन्।
    लकडाउनको पहिलो दिन उनीहरूलाई खासै असर नपरे पनि दोस्रो दिन गाउँबाट लखेट्न शुरू भएको विनोद बढई (नेटुवा)ले बताए। उनले ठूलाहरू आयुर्वेदिक औषधि बिक्री गर्ने र सानाहरू गाउँटोलमा माग्ने गरेकामा अहिले उनीहरूलाई कोरोना भाइरसको सङ्क्रमण पैmलने भयले भीख नदिएर कुटपिट गरी भगाउने गरिएको बताए।
    गाउँलेले भारतीय भनेर पनि दुव्र्यवहार गरेको हुन सक्ने भन्दै उनीहरूले नेपाली नागरिकता बोकेर भीख मागेको तर टोलमा लखेट्नेक्रम कम नभएको बताए।
    विनोद बढईले लकडाउनमा दुव्र्यवहार शुरू भएपछि कलैया घर फर्कने बताएका छन्।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us