Thursday, March 26, 2020

जनजीवन ठप्प छ

    जनजीवन ठप्प पारिएको छ। यसमा सरकारको उर्दी त छँदैछ, जनता स्वयंचेतले पनि कुना घुस्रिएको छ। स्थानीय प्रशासनलाई केन्द्र सरकारको छाया भनिन्छ। र अहिले स्थानीय प्रशासनको मनोवृत्ति हेर्दा जनजीवनलाई जति ठप्प पार्न सकियो, त्यति राम्रो हुने बुझिएको छ। तर जनजीवनलाई कति दिन ठप्प पार्ने, दीर्घकालमा यसको के असर होला भन्ने सोच कतै देखिएको छैन। सरकारी कर्मचारी, उद्योगमा काम गर्ने कर्मचारी–मजदूर त कसैगरी काम चलाउलान् तर दैनिक गरी खाने मजदूर, साना घरेलु उद्योगमा काम गर्ने मजदूर, जसको जागीरको कुनै प्रत्याभूति छैन र जसको मालिकले खाली बसाएर ज्याला दिन सक्दैन, ती र तीजस्ताले कसरी खाने, कसरी कमाउने भन्ने कुरामा ध्यान दिएको देखिएको छैन। राजधानीमा पत्रकारहरू सुरक्षाकर्मीसँग अन्तर्वार्ता लिइरहेका छन्, मोफसलमा भने अखबार बेच्ने हकरहरूलाई प्रहरीले तर्साएर काम छोड्न बाध्य पारिरहेका छन्। अरू त अरू होटल, रेस्टुरा र भोजनालयहरू बन्द हुँदा दैनिक कमाइ गरी खाने र लकडाउनले अलपत्र परेकाहरूका लागि महानगरपालिकाले निश्शुल्क भोजन गराउने व्यवस्था गर्दा त्यसका व्यवस्थापक र नगरप्रमुखलाई नै हिरासतमा लिन खोज्ने प्रशासनलाई के भन्ने ?
    हुनत सरकारले लकडाउन गरेको जनजीवनमा कुनै जोखिम नआइपरोस् भन्नका लागि हो। यसरी हेर्दा सरकारले जनताको जीवन र स्वास्थ्यबारे सरोकार राखेकोले नै यो लकडाउन गरेको पनि हो। तर कति दिनसम्म ? सरकारलाई आप्mनो जनताको जीवनस्तर राम्ररी थाहा छ। कति प्रतिशत नेपालीले यसरी लकडाउनको अवस्थालाई सहन सक्छ ? चीनको देखासिकी सरकारले लकडाउन गर्दा जनताको जीउज्यानको क्ष्Fति रोकिन्छ भन्ने ठानेको छ। एक पक्ष्Fले यो सोच ठीक हो, तर विचार पु¥याउन नसकिएको कुरा के हो भने चिनियाँ सरकारले वुहान नगरका बासिन्दालाई कुनै कुराको कमी हुन दिएको थिएन। यहाँ त कमी हुन नदिने कुरा छाडौं, भोकले मरे मर, तर घरभित्रै मर भन्ने नीतिलाई प्राथमिकता दिइएको देखिएको छ। अत्यावश्यक कामका लागि बाहिर निस्कनै पर्ने व्यक्तिको पहिचान स्थानीय सरकारले गर्न नसक्ने पनि होइन । अनि किन यत्रो परिभ्राट ? सडक र गल्लीहरूमा जनतालाई बाहिर निस्कन नदिन खटेका सुरक्षाकर्मीहरूलाई बरु सीमानाकामा खटाए रोग नियन्त्रण हुन्छ। किनभने यो कुरा त पक्का छ, अहिलेसम्म नेपालमा कोभिड–१९ छैन। त्यो यहाँ जन्मँदा पनि जन्मँदैन। त्यो आउने बाहिरबाट हो। बाहिरको नाका बन्द नगरेर घरको ढोका बन्द गर्न लगाउनु विवेकपूर्ण होइन। यो भनिरहँदा सबैले बग्रेल्ती बजारमा घुम्न पाउनु हो भन्ने होइन। जनशक्ति र कडाइको जरुरत सीमा क्ष्Fेत्रमा छ, नगरभित्र होइन। आजको नागरिक आपैंm पनि सजग र सतर्क छ, प्रशासनले मात्र गरेर दुई दिनदेखि लकडाउन सफल भएको होइन। जनताको साथ छरपस्ट छ।
    अहिलेको अवस्थामा स्वास्थ्य सुरक्ष्Fाका न्यूनतम उपायले नै काम चल्छ। मानिसहरूले आपूmलाई स्वबन्धकमा राखेका छन्। स्कूल–कलेज, उद्योग, कलकारखाना, सरकारी–गैरसरकारी कार्यालय,  बैंक र यहाँसम्म कि मन्दिरहरू पनि बन्द गरिएका छन्। यसैपनि मानिसको चहलपहल बन्द हुने उपाय सरकारले गरिदिइसकेको छ। आवारा, घुमन्ते प्रवृत्तिका मानिसबाहेक को पो निस्कला र बाहिर १ त्यसैले सरकार ती निमुखाप्रति उदार हुनुपर्छ, जसले यस घडीमा पनि काम नगरी हातमुख जोर्न पाउँदैनन्।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us