Thursday, March 26, 2020

सर्वसाधारणको सुविधाका लागि तरकारी सेन्टर

प्रस, पंचगावाँ, १३ चैत/
    साहस साना किसान सहकारी संस्था लि.ले उपभोक्ताको सहजताको लागि तरकारी सेन्टर तोकेर तरकारी बिक्री गर्न थालेको छ।
    सखुवाप्रसौनी गाउँपालिका–५ महुवन प्रहरी चौकी नजीकै संस्थाले तरकारी सेन्टर खोलेको हो।
    लकडाउन भएपछि हरियो तरकारीको अभाव हुँदा सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै गाउँमा उत्पादित विभिन्न किसिमको हरियो तरकारीहरू सङ्कलन गरी तरकारी सेन्टरमार्पmत तरकारी बेच्ने गरेको संस्थाका अध्यक्ष नरेश जैसवालले जानकारी गराएका छन्।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us