Wednesday, March 25, 2020

विदेशबाट आएकाहरूलाई गाउँमा धरपकड

प्रस, परवानीपुर, १२ चैत/
    कोरोना भाइरसको हल्लासँगै भारत तथा तेस्रो मुलुकबाट यात्रा गरेर आएका स्वस्थ मानिसलाई पनि गाउँलेहरूले धरपकड गरेर प्रहरीकहाँ पु¥याउन थालेपछि चिकित्सकहरू तनावमा आएका छन्।
    नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले त्यस्ता व्यक्तिहरूसँग सामान्य व्यवहार गर्न आग्रह गरेका छन् भने भारतबाहेक तेस्रो मुलुकबाट आएका नेपालीलाई घरमैं बसेर आराम गर्न र उनीहरूसँग दुव्र्यवहार नगर्न सुझाव दिएका छन्। उनले भने, “यदि भारत र विदेशबाट आएका सबैलाई प्रहरीले समाएर हामीकहाँ ल्याउने हो भने अस्पतालमा राख्ने ठाउँ हुँदैन र आएका सबै रोगी हुँदैनन्, त्यस कारण जसमा कोरोनाको लक्षण छ, उनीहरू मात्र उपचारको लागि वीरगंज आउनुपर्छ ।”
    चिकित्सकले १००.५ डिग्री फरेनहाइट तापक्रम, सुक्खा खोकी, साँस फेर्न समस्या र जीउहात गल्ने लक्षण देखिए मात्र कोरोना लागेको अथवा कोरोनाको सङ्क्रमण भएको सम्झेर ती व्यक्तिले सावधानी अपनाउन र नजीकको स्वास्थ्यचौकीमा गएर उपचार गराउनुपर्ने बताए। बाँकीहरूको हकमा सावधानीपूर्वक घरमैं बसे कुनै समस्या नहुने उनको भनाइ छ। गाउँघरमा विदेशबाट आइरहेका नेपालीहरूलाई भइरहेको धरपकड दुःखद भएकोले यस सम्बन्धमा स्थानीय जनप्रतिनिधिले तत्काल बैठक राखेर ती व्यक्तिहरूको मौलिक अधिकारको सम्बन्धमा निर्णय गर्ने बेला आएको उनले आग्रह गरे।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us