Thursday, February 13, 2020

शिक्ष्Fकको माग गर्दै विद्यार्थीद्वारा विद्यालय र वडा कार्यालयमा तालाबन्दी

प्रस, पोखरिया, १ फागुन/
    कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित सुखई साह माविका विद्यार्थीहरूले विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
    विद्यालयमा रहेका शिक्ष्Fकहरू नियमितरूपमा अध्यापन नगराउने गरेको र विषयगत शिक्ष्Fकको अभाव भएको भन्दै विद्यार्थीहरूले तालाबन्दी गरेका हुन् । विद्यार्थीहरूले एसइई नजीकिंदै गर्दा पनि अङ्ग्रेजी, गणित र सामाजिक विषयका शिक्ष्Fक नहुँदा अध्यापनमा प्रभाव परिरहेको बताए ।
    यसैगरी, कक्षा १ देखि १० सम्म अध्ययन गराइने विद्यालयमा स्थायी ४, प्रावि ४ र निजी स्रोतका ३ जना गरी ११ जना मात्र शिक्ष्Fक रहेका र उनीहरू पनि नियमित नहुँदा अध्यापनमा समस्या भएको भन्दै उनीहरूले शिक्षकहरूलाई नियमित पठनपाठनमा खटाउनुपर्ने माग राखेका थिए । शिक्ष्Fक अभावको बारेमा बारम्बार विद्यालय प्रशासनको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नगरिएको कारण आज तालाबन्दी गर्नुपरेको विद्यार्थीहरूले बताए ।
    वडा कार्यालयमा समेत तालाबन्दी गरिएपछि गापा अध्यक्ष नथुनी कुशवाहा, उपाध्यक्ष राजेश्वर चौरसिया र वडाध्यक्ष्F सोनालाल चौरसियाले विद्यार्थीहरूसँग वार्ता गरेका थिए । जनप्रतिनिधिहरूले शिक्ष्Fा शाखामार्पmत् विद्यार्थीहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । उनीहरूले शिक्षकको अभाव आगामी दिनमा नहोस् भन्नेतर्पm प्रयास गर्ने आश्वासन दिए ।
    वडाध्यक्ष सोनालाल चौरसियाले निजी स्रोतका तीनजना शिक्ष्Fक आज अनुपस्थित भएकाले पठनपाठन प्रभावित भएर विद्यार्थीहरू आक्रोशमा आएर तालाबन्दी गरेको र उनीहरूको समस्या समाधान गर्नेतर्पm प्रयास भएको बताए ।
    यसैबीच, जनप्रतिनिधि र विद्यार्थीहरूबीच बैठक बसेर आइतवारदेखि शिक्ष्Fकहरू नियमित गर्ने सहमति बनेपछि तालाबन्दी खोलिएको थियो । जनप्रतिनिधिहरूले आइतवारदेखि शिक्ष्Fक अभाव हुन नदिने र अध्ययनलाई व्यवस्थित गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us