Friday, February 21, 2020

जीराभवानीमा दश दिने शिवरात्र मेला शुरू

प्रस, सेढवा, ९ फागुन/
    पर्साको ऐतिहासिक तथा धार्मिक महŒव बोकेको जीराभवानी मेला शुक्रवारदेखि धूमधामका साथ शुरू भएको छ । जीराभवानी गाउँपालिका–१ र २ को दोसाँधमा रहेको जीराभवानी मन्दिरमा परम्परागतरूपमा यसपटक पनि महाशिवरात्रिका दिनदेखि मेला शुरू भएको छ ।
    मेला दश दिनसम्म लाग्ने गरेको छ । शुक्रवार शिवरात्रिका दिन एकाबिहानैदेखि मन्दिरमा भक्तजनहरूको भीड लागेको थियो । बिहानैदेखि भक्तजनहरूले जल, प्रसाद, पूmल, बेलपत्र, अगरबत्तीलगायतका पूजन सामग्री चढाइ भगवान् शिवको पूजा आराधना गरेका थिए । मन्दिरमा शिवरात्रिका दिन यस क्षेत्रका परिवारका ज्येष्ठ नागरिकहरूले सुख–समृद्धिका लागि विशेषरूपमा पूजा गर्ने चलन पनि छ ।
    भगवान् शिवको कथा पुरोहितबाट सुनी विशेष पूजा सम्पन्न गरी गरीब, दीन–दुःखीलाई चामल, प्रसाद तथा नगद दान गर्ने चलन छ । भगवान् शिवको दर्शन गर्न तथा मेला भर्न बारा, पर्सा, मकवानपुर, रौतहट, चितवन तथा भारतको बिहार र युपी राज्यबाट पनि ठूलो सङ्ख्यामा भक्तजनहरू आउने गर्छन् । यसै कारणले मेलामा शान्ति सुरक्षाका लागि जनपद, सशस्त्र प्रहरी तथा स्वयंसेवकहरू परिचालन गरिएको छ । अहिले मेलालाई निकै व्यवस्थित बनाइएको मेला व्यवस्थापन समितिका अध्यक्ष तथा जीराभवानी गापा–२ का वडाध्यक्ष महादेव महतोले बताए । शुक्रवारदेखि शुरू भएको महाशिवरात्रि मेलामा युवा प्रगति समाज सेढवाले निश्शुल्क खानेपानीको व्यवस्था गरेको छ भने गाउँपालिका स्वास्थ्य शाखाले निश्शुल्क स्वास्थ्य शिविर र प्रहरीले हेल्प डेक्स चलाएको छ । मेलामा यसपटक व्यवस्थित तरीकाबाट स्टल राखिएको अध्यक्ष महतोले बताए । मेलामा सवारी साधनको आवागमन बढेकाले धूलो उड्न नदिन मेला अवधिभर गापाको सहयोगमा पानी छर्कने व्यवस्था मिलाइएको अध्यक्ष महतोले बताए ।
शिव भगवान्लाई गाँजाको साटो धानको मुडला
    जीराभवानीमा लाग्ने शिवरात्रि मेलामा केही वर्षदेखि गाँजा चढाउने परम्परा रोकिएको छ र किसानले आप्mनो उत्पादन धानबाली चढाउन शुरू गरेका छन् । प्रशासनले गाँजाखेतीविरुद्ध कडाइ गरेपछि गाँजाखेती बन्द भएको कारण किसानले गाँजाको साटो धानबाली चढाउने गरेका छन् ।
    पहिले गाँजाखेती हुन्थ्यो र जीराभवानी मेलामा गाँजा चढाइन्थ्यो अहिले धानबाली भएकोले किसानले धानको बालालाई मुडला बनाएर सञ्चित पारी राख्ने र भगवान्लाई चढाउने गरेको पटेर्वासुगौली गापा–४ का प्रमोद राउतले बताए ।
    बाली भिœयाउनुअघि किसानले जीराभवानी मन्दिरमा शिवलाई बालीको पहिलो अंश चढाउँदै आएका छन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us