Saturday, February 15, 2020

जनयुद्ध तथा जनान्दोलन दिवस

    सत्तासीन नेकपाले २५औं जनयुद्ध र जनान्दोलन दिवस भव्यताका साथ मनाएको छ । सो पार्टीको केन्द्रीय कार्यालयदेखि वडा तथा गाउँटोल एकाइहरूमा समेत दिवस मनाइयो । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर ‘नेकपा’ बनेपछि संयुक्तरूपमा सहज वातावरणमा कार्यक्रम मनाइएको यो पहिलो पटक हो । यसअघिका वर्षहरूमा एक पार्टीका कार्यकर्ताले अर्को पार्टीका कार्यकर्तालाई हेर्न नचाहने प्रवृत्तिका कारण असहज भएको थियो । समय त्यस्तो मलहम हो, जसले घाउहरू पुर्दै खाटो बस्ने हुँदा स्थिति सहज बन्दै गएको छ । पार्टी सङ्गठनमा जिम्मेवारी बाँडफाँड भइसकेको र सङ्गठनात्मक गतिविधि सुचारु भइसकेका स्थानहरूमा यस वर्ष निकै सहजताका साथ दिवस मनाइयो । तर जहाँ स्थानीय पार्टी कमिटीहरूले ठोस आकार लिइसकेको छैन, त्यस्तो स्थानमा भने आआप्mनो पक्षीय कुराहरूले आधिपत्य जमाउने प्रयासहरू भएको पाइयो । तत्कालीन माओवादी केन्द्र पक्षधरको बोलवाला चल्ने स्थानमा ‘२५औं जनयुद्ध दिवस’ उल्लेख गरेर मनाइयो भने तत्कालीन एमाले पक्षधरको वर्चस्व रहेको स्थान तथा कार्यक्रममा ‘जनान्दोलन दिवस’ उल्लेख गरेर मनाइएको छ । अलि विचार पु¥याउने जिम्मेवार नेतृत्व तहकाहरूले भने कुनै दिवस नभनी ‘जनआन्दोलन तथा जनयुद्धका शहीदहरूको स्मृतिमा श्रद्धाञ्जलिसभा’ नाम दिएर कार्यक्रम आयोजना गरेका थिए ।
    नेपालको संविधान २०७२ निर्माणको क्रममा पनि ‘जनयुद्ध’ शब्दमा निकै बहस भएको थियो । तत्कालीन एमाले जनयुद्ध शब्दको विपक्षमा थियो । जनताका छोराछोरीबीच भएको काटमारलाई कसरी जनयुद्ध मान्ने ? एमालेको प्रश्न थियो । ‘जनयुद्ध’ शब्द राख्नै पर्ने माओवादीको अडान रहयो । पछि पार्टी एकीकरणको बेलामा सोही कुरा पुनरावृत्ति भयो । पार्टी एक भइसकेर पनि फेरि यस शब्दमा दुवै पक्षको आआप्mनो अडान कहीं कतै अझै रहेछ भन्ने प्रमाणित भएको छ । भूमिगत युद्धको क्रममा ३ सयजनाभन्दा बढी आप्mना नेता, कार्यकर्ताको भूमिगत पक्षले ज्यान लिएको तत्कालीन एमालेको आरोप थियो । सुरक्षाकर्मीको रूपमा मारिएकाहरू पनि अधिकांश एमाले परिवारका सदस्य रहेको उनीहरूको भनाइ छ । तत्कालीन माओवादी पक्षले भने एमाले नेतृत्वको  सरकार र एमाले विचारधाराका व्यक्तिहरूको सुराकको आधारमा आप्mना नेता कार्यकर्ताको गैरन्यायिक हत्या भएको आरोप लगाउँदै आएका थिए । परस्पर दुवै पार्टी एक भएपछि दुवैले दुवै तर्पm ज्यान गुमाएकाहरूलाई मानिदिनुपर्ने र सम्मान गर्नुपर्ने अवस्था आयो । सोही अनुरूप उनीहरूले हरेक फागुन १ गते ‘जनआन्दोलन तथा जनयुद्धका शहीदहरूको स्मृतिमा श्रद्धञ्जलिसभा’ गर्ने सहमति गरेका हुन् ।
    जतिसुकै तर्क वितर्क तथा विमति र द्वन्द्वका बावजूद दलहरूबीच सहमति जुट्नु, एकताबद्ध हुनुले अरू केही नभए पनि राजनीतिक स्थिरता कायम राख्न टेवा पुग्छ । जनमतमा आधारित प्रणालीमा राजनीतिक स्थिरताले देशको भलो नै हुन्छ । कुनै पनि मुलुकमा जति थोरै राजनीतिक दल त्यति नै राम्रो हो । तर त्यो दमन र प्रतिबन्धको आधारमा नभई लोकतान्त्रिक सहमति, सहअस्तित्व र सहकार्यको आधारमा भएको हुनुपर्छ । यसर्थ नेकपाभित्र बचे खुचेका विमतिहरू ऐजेरू नबनून् । आउँदा दिनमा जनयुद्ध वा जनान्दोलन दिवस सबै नेपालीले मनाउने वातावरण बनून् । यसको निम्ति शहीदको सपना साकार भएको अनुभूति मुलुकवासीलाई दिलाउनेतर्फ नेतृत्व तहको चेत खुखेजजुन्, सदबुद्धि आउन् ।        

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us