Wednesday, February 12, 2020

इलाका प्रशासन कार्यालय, सुपौलीमा कर्मचारीहरू अनुपस्थित, सेवाग्रही मर्कामा

प्रस, पचगावाँ, २९ माघ/
    जिल्ला प्रशासन कार्यालय, पर्साले ग्रामीण क्ष्Fेत्रका सेवाग्रहीहरूको सुविधाका लागि जीराभवानी गापा–४ सुपौलीमा स्थापना गरेको इलाका प्रशासन कार्यालय लथालिङ्ग अवस्थामा छ ।
    चारजना कर्मचारीको दरबन्दी रहेको सो कार्यालयमा कर्मचारीको अनुपस्थितिले दैनिक सेवा लिन आउने सेवाग्रहीहरू रित्तो हात फर्किनुपरेको छ । कार्यालय सहायक निरञ्जन चौधरी, कम्प्युटर अपरेटर सिन्धु चौधरी, लेखापाल रवि चौधरी र प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवको दरबन्दी रहेको सो कार्यालयमा कार्यालय सहयोगी र कम्प्युटर अपरेटर मात्र आउने गरेको र एक महीनाभन्दा बढी समयदेखि अन्य दुईजना कर्मचारी अनुपस्थित छन् । पुस २६ गतेदेखि कर्मचारी नआएको स्थानीयले गुनासो गरेका छन् । उनीहरूले दैनिक सेवाको लागि त्यहाँ पुग्ने र फर्कने गरेको बताए ।
    पटेर्वासुगौली, जगरनाथपुर, जीराभवानी र ठोरी गाउँपालिकाका जनतालाई सेवा प्रवाह गर्ने उद्देश्यले इलाका प्रशासन कार्यालय सुपौलीमा स्थापना गरिएको हो ।
    पटेर्वासुगौली–३ सोनबर्सा निवासी मुन्ना तिवारीले दैनिक २५–३० जना सेवाग्रही कर्मचारी नहुँदा सेवा नपाई फर्किने गरेको बताए । उनले एक महीनादेखि चार कर्मचारीमध्ये दुईजना नआएको जानकारी गराए ।
    यस सम्बन्धमा प्रजिअ जितेन्द्र बस्नेतसँग बुभ्mदा उनले जिप्रकामा कर्मचारीको कमीको कारण इप्रका सुपौलीबाट दुईजना कर्मचारीलाई झिकाएको बताए । उनले इप्रका सुपौलीमा कर्मचारी पठाउन मन्त्रालयसँग माग बताउँदै केही दिनमैं कर्मचारी आउने बताए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us