Wednesday, February 12, 2020

ठाराबका आंशिक प्राध्यापकद्वारा कक्षा बहिष्कार

प्रस, परवानीपुर, २९ माघ/
    ठाकुर राम बहुमुखी क्याम्पस अन्तर्गतको नेपाल आंशिक प्राध्यापक सङ्घ बुधवारदेखि कक्षा बहिष्कार गर्दै आन्दोलनमा उत्रेको छ । १५ वर्षदेखि आंशिक प्राध्यापकमा काम गरिरहेको र करारमा नियुक्ति गर्नुपर्ने माग राख्दै आन्दोलन शुरू गरेको विज्ञप्ति जारी गर्दै अनिश्चितकालीन आन्दोलनमा उत्रेको जनाएको छ ।
    सङ्घका अध्यक्ष तेजनारायणप्रसाद यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा माघ २३ गते आपूmहरूको कार्यक्रमबारे क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाइसक्दा पनि कुनै चासो नदिंदा कक्षा बहिष्कार तथा बिहीवारदेखि धर्ना शुरू गर्दै आन्दोलनमा उत्रेको जनाइएको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us