Friday, February 21, 2020

भिजिट मधेस, भिजिट बौधीमाता

 राजेश मिश्र
पर्सा जिल्लाको वीरगंज महानगरपालिकाभित्र धार्मिकस्थलहरू धेरै छन् । आजको चर्चामा मुख्यरूपमा आदिशक्ति बौधीमाता मन्दिर, सिमलको वृक्ष तथा सो स्थानका बारेमा प्राप्त जानकारीहरू यस आलेखमार्पmत् प्रस्तुत गरिंदैछ । उक्त मन्दिरको इतिहास र विशेषता स्थानीयस्तरमा मात्र सीमित रहेकोले ओझेलमा रहेको यस मन्दिरको विषयमा उठान गरिएको छ । प्राचीनकालमा उक्त स्थान कस्तो थियो ? उक्त स्थानमा रहेको सिमलको रूखको विशेषता के हो ? कतिपयले लामो आयु कल्पवृक्षको मात्र हुने भएकोले त्यसतर्पm पनि आप्mनो धारणा किन जाहेर गरे ? लगायतका थुप्रै जानकारीहरू समेटिएको छ । स्थानीयहरूले उक्त वृक्षलाई सिमलको रूख नामकरण गरेकाले यस आलेखमा सिमल नै भनेर उल्लेख गरिएको छ ।

    राधेमाई निवासी शिक्षक जयकुमार मिश्र (५५ वर्ष), मजडिया पिप्रा निवासी मन्दिर निर्माता प्रेमचन्द पटेल (६० वर्ष) तथा स्थानीय बासिन्दा अम्बिकाराउत कुर्मी (६३ वर्ष), रामजीराउत कुर्मी (६५ वर्ष), शिवनाथराउत कुर्मी (६० वर्ष), युवक पवनकुमार कुर्मी र देवेन्द्र पटेल, उक्त मन्दिरका पुजारी सन्तोष पुरी नागाबाबा, वेदपुराणका ज्ञाता तथा जडीबुटी विशेषज्ञलगायतसँग गरिएको कुराकानीको संक्षिप्त अंश प्रस्तुत छ । 
    साबिकको मजडिया पिप्रा वडा नं ७ स्थित उक्त मन्दिर हाल वीरगंज महानगरपालिका वडा नं १४ पिप्रामा अवस्थित छ । वीरगंज चिनी कारखानाको ठीक पछाडि अर्थात् पश्चिमतर्पm रहेको छ । वीरगंजको पावरहाउस चोकदेखि उत्तरतर्पm मुख्य बाटोमा चिनीमिल हुँदै पिपरा पुगेपछि सोदेखि पश्चिमतर्पm जाने बाटो सीधैं गएपछि बौधीमाता मन्दिर पुगिन्छ । अर्काे, पावरहाउस चोकदेखि पश्चिमतर्पm जाने बाटोमा पर्सा जिल्ला अदालत पर्दछ । सोदेखि करीब २५ मिटर पश्चिमतर्पm पर्ने नहरको बाटो उत्तरतर्पm सीधैं गएपछि बौधीमाता मन्दिर पुगिन्छ ।     टाढाबाट हेर्दा अग्ला–अग्ला रूखहरूले ढाकिएको उक्त स्थान सानो जङ्गलजस्तै देखिन्छ । उक्त मन्दिर पुग्ने जो कोही पनि त्यहाँको सौन्दर्य हेरेर मन्त्रमुग्ध हुन्छन् । सोही अग्ला रूखहरूमध्ये त्यहाँ एउटा यस्तो विशेष प्रकारको रूख छ, जसको ठ्याक्कै उमेर स्थानीय कसैलाई थाहा रहेनछ । त्यहाँ सिमलको रूख सबैभन्दा पुरानो रहेको स्थानीयहरूद्वारा बताइन्छ ।
प्राचीनकालमा उक्त स्थान कस्तो थियो ?
    स्थानीयहरूले आप्mना पूर्वजहरूबाट जानकारी पाए अनुसार प्राचीनकालमा उक्त स्थलमा थारूबस्ती रहेको थियो । बस्तीको वरिपरि वनजङ्गलजस्तै वातावरण थियो । बताइए अनुसार उक्त थारूबस्तीमा दैवी प्रकोप बढ्न थाल्यो । कुनै थारू परिवारको घरमा माटोको ठूलो चुल्हो थियो । एक दिन बिहानको खाना पकाउन जाँदा घरकी बुहारीले चुल्होभित्र बिरुवा उम्रेको देखिन् र उखेलेर प्mयाँकिदिइन् । भोलिपल्ट बिहान हिजोको भन्दा ठूलो र मोटो बिरुवा उम्रेको देखियो । फेरि पनि उखेलियो र फालियो । यस्तो प्रक्रिया क्रमशः चलिरह्यो । जहिले पनि बिरुवाको आकार हिजोको भन्दा ठूलो आकारमा देखा पथ्र्याे । दुई/चार दिनसम्म सामान्य लाग्ने त्यो घटना असामान्य बन्दै गयो ।
    बासिन्दाहरूले भाँतीभाँतीका सपना देख्न थाले । विपनामा डराउन थाले । उक्त बिरुवा बस्तीमा चर्चाको विषय बन्दै गयो । यो क्रम महीनौंसम्म चलिरह्यो । एक दिन के देखियो भने उक्त बिरुवाको असामान्य मोटाइ र लम्बाइले माटोको चुल्हो फाटेको अवस्थामा थियो । थारूहरू डराए । बस्तीभरि भयको वातावरण छायो । एक/एक गरी थारूहरू सो स्थानबाट पलायन हुन थाले । केही वर्षभित्र पूरा बस्ती खाली र सुनसान भयो ।
    उक्त स्थान माटोको ठूलठूला ढिस्कोमा परिणत भयो । डिह जस्तै भयो । शताब्दीहरू कति बिते तर उक्त सिमलको रूख आज पनि आप्mनो स्थानमा तटस्थ उभिरहेको छ । उक्त रूख कति वर्ष पुरानो हो ? कसैलाई थाहा छैन । हालका वृद्धहरूका अनुसार अघिल्लो पाँच/छ पुस्ताले समेत उक्त सिमलको रूखको उमेरको विषयमा अनभिज्ञ रहेको बताउँछन् । तर पाँच/सय वर्षभन्दा पनि पुरानो हुन सक्ने अनुमान गर्छन् । सो स्थान र सिमलको रूखको विषयमा पुस्तौंदेखि क्रमशः सुनिंदै आइरहेको कुरा आजका वृद्धहरूले बताए । आदिशक्ति बौधीमाता मन्दिर पुगेर उक्त सिमलको रूखको दर्शन गर्न सकिन्छ । पुस्ता दर पुस्तादेखि सुन्दै आएका स्थानीय बुजुर्गहरूको भनाइ अनुसार त्यही डिहको कारणले यस स्थानको नाम मजडिहा पिपरा हुन गएको हो। सो स्थानवरिपरिका खेतहरू खनजोत गर्दा पुराना वस्तुहरू फेला पर्नुले त्यहाँ कुनै बेला मानवबस्ती रहेको पुष्टि हुन्छ ।
बौधीमाता मन्दिरको स्थापना
    सिमलको रूखको जरामा एउटा असामान्य किसिमको ढुङ्गारूपी प्रतिमाको पूजा हुने गर्दथ्यो । विसं १९९५ अर्थात् ८१ वर्षअघि स्थानीय रघुवर राउतद्वारा जीर्णाेद्धार गरिएको थियो । राउतले एउटा सानो आकारको मन्दिरको निर्माण गरिदिएका थिए । उक्त मिति आजको नवनिर्मित मन्दिरमा उल्लेख गरिएको छ । राउतका नाति प्रेमचन्द पटेलले आप्mना आमाबुबाको नाममा विसं २०५९ सालमा भव्य मन्दिरको निर्माण गरेका हुन्। उनका आमाबुबाको नाम मन्दिरको शिलालेखमा उल्लेख गरिएको छ । सो मन्दिरका पुजारी सन्तोष पुरीका अनुसार पुरानो मन्दिर भएकै ठाउँमा नयाँ मन्दिर निर्माण गरिएको हो । माताको मूर्तिलाई नयाँ मन्दिरमा स्थापित गरिएको छ । स्थानीय हिन्दूहरूको घरमा हुने हरेक धार्मिक कार्यक्रमको पहिलो पूजा आदिशक्ति बौधीमाताको स्थानमा गरेपछि अन्य कार्यक्रमहरू प्रारम्भ हुन्छन् ।
    हाल उक्त स्थानमा बौधीमाताको मन्दिरबाहेक शिवपार्वती मन्दिर, हनुमान मन्दिर र रामजानकी मन्दिर छन् भने दुर्गा माताको मन्दिर निर्माणको क्रममा रहेको छ । उक्त मन्दिरको निर्माता प्रेमचन्द पटेलको निजी लगानीमा मुख्य प्रवेशद्वारको दायाँ/बायाँ हात्तीको प्रतिमा निर्माण भइरहेको छ । त्यस्तै, सिमलको वृक्षबाहेक वर, पीपल, आम र महुवालगायतका वृक्षहरू छन् । परम्परा अनुसार, हिन्दू धर्मावलम्बीहरूको घरमा हुने विवाहलगायतका धार्मिक कार्यक्रममा आम–महुवाको पूजा गर्ने प्रचलन छ ।
पुजारी र स्थानीयहरू के भन्छन् ?
    पुजारी आप्mनो जीविकोपार्जनको लागि कतै पनि माग्न जाँदैनन् । उनी ३६ वर्षदेखि उक्त मन्दिरको पुजारी भएर नियमित पूजा गर्दै आएका छन् । श्रद्धालुहरू पूजा गर्न आउँदा दान दिन्छन् । बौधीमाताबाहेक अन्य देवीदेउताका मन्दिर भाकल पूरा भएका श्रद्धालु दाताहरूले बनाइदिएका हुन् । बडादशैं र चैती नवरात्रमा निकै भीड हुने गर्दछ । हिन्दू परम्परा अनुसार विवाहलगायतका कार्यक्रममा बौधीमाता र आम–महुवाको पूजा गर्ने चलन रहेको छ । तसर्थ, विवाहको समयमा दुल्हादुलहीहरू दिनहुँ आउने गर्दछन् । अति नै शान्त र रमणीय स्थान भएकोले स्थानीयहरू तनावको बेला शान्तिका लागि यहाँ आउँछन् ।
वेदपुराण अनुसार कल्पवृक्षको उत्पत्ति
    कल्पवृक्षको विषयमा वेद र पुराणमा उल्लेख गरिएको पाइन्छ । कल्पवृक्ष स्वर्गको विशेष रूख हो । पौराणिक धर्मशास्त्र र हिन्दू मान्यता अनुसार यो रूखको मुनि बसेर ध्यान ग¥यो भने चाहे अनुसारको इच्छा पूरा हुन्छ भन्ने विश्वास गरिन्छ । किनकि यो रूखमा अपार सकारात्मक ऊर्जा रहेको मान्यता छ । पुराणका अनुसार समुद्र मन्थन गर्ने बेला १४ रत्नमध्ये एक कल्पवृक्ष पनि उत्पत्ति भएको थियो । समुद्रको मन्थनबाट प्राप्त यो रूख देवराज इन्द्रलाई दिइएको थियो र इन्द्रले यसलाई “सुर्कानन वन” (हिमालयको उत्तर)मा स्थापना गरे । पद्मपुराणका अनुसार पारिजात नै कल्पतारु अर्थात् कल्पवृक्ष हो । तर अब प्रश्न उठ्छ कि यहाँ अवस्थित यो वृक्ष कल्पवृक्ष हो कि होइन ? भन्ने जिज्ञासा उत्पन्न हुनु स्वाभाविक हो । आजको वैज्ञानिक युगमा यसको उमेर र प्रजातिलगायतका विषयमा अनुसन्धान हुन जरुरी देखिन्छ ।
विज्ञान अनुसार कल्पवृक्ष के हो ?
    रूख र जडीबुटी विशेषज्ञका अनुसार ओलिएसी प्रजातिका रूखको वैज्ञानिक नाम ओलिआ कस्पिडाटा हो । यो युरोपमा फ्रान्स र इटालीमा प्रशस्त पाइन्छ । यो दक्षिण अफ्रिका र अस्ट्रेलियामा पनि पाइन्छ । भारतमा यसको वानस्पतिक नाम बाम्बोकेसी हो । फ्रान्सेली वैज्ञानिक माइकल अडानसनले यो पहिलोचोटि अफ्रिकाको सेनेगलमा सन् १९७५ मा देखेका थिए, जसको आधारमा यसलाई अडनसोनिया टेटा भन्ने नाम दिइयो । यसलाई बाओबाब पनि भनिन्छ ।
    यो एकदम बाक्लो डाँठ भएको फलपूmल हो, जसको लामा हाँगा हुन्छन् र पातहरू पनि अग्ला हुन्छन् । वास्तवमा कल्पवृक्ष एउटा पीपलको रूखजस्तै पैmलन्छ र यसका पातहरू आँपका पातहरू समान हुन्छन् । यसको फल नरिवल जस्तै हुन्छ, जुन रूखको पातलो हाँगोको सहायताले ढल्किन्छ । यसको डाँठ वरको रूख जस्तै देखिन्छ । पीपलजस्तै, कल्पवृक्ष पनि कम पानीमा फस्टाउँछ । यस सदाबहार कल्पवृक्षका पातहरू विरलै नै खस्छन् । यो रूख करीब ७० फिट अग्लो हुन्छ र यसको जराको व्यास करीब ३५ फिटसम्म हुन सक्छ । यस रूखको औसत आयु २५ सयदेखि ३ हजार वर्ष वा योभन्दा पनि बढी हुन सक्छ ।
महानगरपालिकाले चासो लिनुपर्छ
    सो स्थानको आप्mनै महŒव छ । र सोको संरक्षण र संवर्धनको विषयमा महानगरपालिकाले चासो देखाउनुपर्छ । सिमल भनिएको उक्त वृक्षको प्रजाति, उमेर तथा विशेषतालगायतका विषयमा सोधखोज गर्नुपर्दछ । धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्नु फलदायी हुनेछ । त्यसो गर्दा उक्त स्थानको महŒव बढ्नुका साथै सीमावर्ती भारतका भक्तजनहरूको लागि राम्रो गन्तव्य साबित हुन सक्छ । शहरभन्दा टाढा र फराकिलो स्थानमा रहेको उक्त स्थानको अवलोकन भ्रमण सबैले गर्नुपर्दछ । सन् २०२० लाई लक्षित गरी आउँदो फागुन १२ गते उक्त स्थानमा गाँवमाला (सार्वजनिक) अष्टयाम हुने कार्यक्रम छ । भिजिट मधेस, भिजिट बौधीमाता ।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us