Saturday, February 15, 2020

इस्लाम धर्मावलम्बीहरूलाई सीमा नाकामा विलम्ब सुरक्षा जाँच र कोरोना भाइरस परीक्षण नगरी प्रवेश दिइएको गुनासो

प्रस, परवानीपुर, २ फागुन/
    प्रदेश २ को सप्तरीमा शनिवारदेखि हुन लागेको तीन दिने धार्मिकसभा (इस्तमा)मा सहभागी हुन ठूलो सङ्ख्यामा भारतबाट नेपाल प्रवेश गर्न लागेका इस्लाम धर्मावलम्बीहरूलाई सीमा नाकामा विलम्ब भएको छ।
    इस्लाम धर्मावलम्बीसँग मिसिएर सोही धर्मका विरोधी तŒव नघुसून् र विश्वमा आतङ्क पैmलाएको कोरोना भाइरसबारे पनि सचेतना गराउनुका साथै स्वस्थ्य जाँच गर्नुपर्ने भनी गृह मन्त्रालयले आदेश जारी गरेपछि धार्मिक यात्रुहरू सीमामा रोकिएका छन् ।
    ट्याक्टर, मोटरसाइकल, जीप, भ्यान, ट्रक, बसलगायतका सवारी साधनबाट बिहीवार साँझ सीमानाकामा आइपुगेका यात्रुहरू शुक्रवार बिहान ११ बजेसम्म सीमा क्षेत्रमा नै अलपत्र परेका थिए । रातको समयमा जो कसैको लागि पनि भन्सार नाका नखुल्ने भए तापनि बिहानीपखसमेत सुरक्षा चेकजाँचका लागि भन्दै यात्रुहरूलाई प्रवेश दिइएको थिएन । वीरगंजलगायत मुलुकका विभिन्न नाकाहरूबाट राति नेपाल प्रवेश गर्न खोजेका यात्रुहरूलाई प्रवेश रोक लगाइएको सीमामा तैनाथ सुरक्षाकर्मीहरूले बताएका छन् ।
    सरकारले धार्मिक यात्रुलाई प्रवेश आज्ञामा विलम्ब गर्दा खानापिनाको समस्याका साथै शौच र नित्यकर्ममा समस्या भएको यात्रुहरूले बताए । भारत, बिहार मोतिहारीका सहाबुद्दीन मियाँले भने, “मुस्लिमकै निहँुमा भन्सार नाकामैं १९ घण्टा बिताउनुप¥यो, हाम्रो देशको मोदी सरकारजस्तै मुस्लिममाथि नेपाल सरकार पनि अनुदार रहेछ ।”
    नेपाल सरकारको गृह मन्त्रालयले इस्लाम धर्मावलम्बी यात्रुहरूको हित तथा सुरक्षाका लागि सावधानी अपनाएको जनाएको छ । अन्य मुलुकका कैंयन इस्लामिक धार्मिक कार्यक्रमहरूमा विरोधी पक्ष प्रवेश गरेर हिंसा मचाउने गरेकोमा यहाँ त्यस्तो नहोस् भनी सावधानी अपनाउनु सरकारको दायित्व भएको बताइएको छ ।
    गृह स्रोतका अनुसार सप्तरीको इस्तमामा नेपाल र भारतका इस्लाम धर्मावलम्बीलाई मात्र सहभागिता दिने गरी सञ्चालन अनुमति दिएकोमा दुबई, कतार, पाकिस्तान, बङ्गलादेशलगायतबाट इस्लाम धर्मावलम्बीहरूलाई बोलाइएको भन्ने सूचना पाएपछि पहिचान तथा चेकजाँचका लागि सुरक्षाकर्मीले सीमानाकामा कडाइ गर्दै रोकेको हो ।
    त्यसैगरी सीमानाकाहरूमा कोरोना भाइरस हेल्थडेस्क राखिएकोमा एकैपटक यात्रुको भीड बढेपछि उक्त परीक्षण प्रक्रिया पनि प्रभावित भएको भन्दै नेपाल सरकारका स्वास्थ्य अधिकारीहरूले चिन्ता जाहेर गरेका छन् ।
    शुक्रवार बिहान ११ बजेदेखि नै सुरक्षा चेकजाँच प्रक्रिया शुरू गरिएको भए तापनि साँझ ५ बजेसम्म यात्रुहरू नेपाल प्रवेश गर्नेक्रम जारी थियो । राति करीब ५ सय मुस्लिम समुदाय शङ्कराचार्य गेटमा रोकिएका थिए ।
    पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले माथिल्लो निर्देशन अनुसार चेकजाँचका लागि नाकामा केही विलम्ब भएको बताए ।
    यस सम्बन्धमा वीरगंज भन्सारस्थित सशस्त्र प्रहरी भन्सार गुल्मका डिएसपी अमर खत्रीले सुरक्षा चेकजाँचको लागि सीमामा विलम्ब भएको भन्दै नेपालतर्पm आउने इस्लाम यात्रुहरूलाई रक्सौल भन्सार कार्यालय र भारतीय सुरक्षा एजेन्सीले कडाइका साथ चेकजाँज गरी पठाउन आग्रह गरिएको बताए ।
    इस्तमा स्थलमा शुक्रवार साँझसम्म ३० हजारभन्दा बढीको सहभागिता भइसकेको बताइएको छ । सभामा २ लाख मुस्लिम समुदायको सहभागिता हुने अनुमान गरिएको छ ।
    अन्ततः सञ्चारमाध्यमहरूमा चौतर्फी दबाब बढ्न थालेको र त्यसलाई सरकारविरुद्ध साम्प्रदायिक रङ्ग दिन थालेपछि भरपर्दो सुरक्षा जाँच र स्वास्थ्य सचेतना नगराइ इस्लाम धार्मिक यात्रुहरूलाई प्रवेश दिइएको नाम नछाप्ने शर्तमा सम्बद्ध अधिकारीहरूले बताएका छन् ।
    गृह मन्त्रालयले नेपाल र भारतका धर्मावम्बलीलाई मात्रै सहभागी गराउने भनिए पनि तेस्रो मुलुकहरूबाट पनि बोलाइएको भन्दै बिहीवार सभा सञ्चालनमा रोक लगाएको थियो ।
    प्रदेश २ प्रहरी जनकपुरका एसएसपी राजेन्द्र चौधरीले नेपाल, भारतबाहेकका देशबाट आएका मुस्लिम समुदायलाई स्वदेश फर्काउने निर्देशनबमोजिम चेकजाँच गर्दै फर्काउने काम भइरहेको बताए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us