Thursday, February 13, 2020

वीरगंज–पथलैया ६ लेन सडक निर्माणको भौतिक प्रगति ६१ प्रतिशत, थप म्यादभित्र निर्माण पूरा नगर्ने व्यवसायीलाई कारबाई –योजना प्रमुख मिश्र

प्रस, जीतपुर, १ फागुन/
    वीरगंज–पथलैया ६ लेन सडक अन्तर्गत तीनवटा पुलसहित निर्माणको लागि रु ५ अर्ब ६४ करोड ४० लाखमा ठेक्का निर्माण व्यवसायीलाई दिएको सम्झौता छ । हालसम्म सम्झौताको ६१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
    प्रचलित सार्वजनिक खरीद नियमावली नवौं संशोधन अनुसार निर्धारित समयभित्र काम भएन भने आवश्यक कारणलाई परिमार्जन गरी एक वर्षमा म्याद थप गर्ने प्रFवधान छ र सोको लागि सम्बन्धित निकायमा पत्राचार भइसकेको छ । थप म्याद आव २०७७/०७८ मा यो सडक निर्माण पूरा गर्नुपर्छ । पूरा नगर्ने  निर्माण व्यवसायी, ठेकेदारलाई प्रचलित ऐन, नियम बमोजिम आर्थिक, मानसिक, व्यावसायिक कारबाई हुने व्यापारिक मार्ग विस्तार योजना वीरगंज–पथलैया सडकका योजना प्रमुख सञ्जयकुमार मिश्रले बताए ।
    प्राप्त विवरण अनुसार हालसम्म वीरगंज–पथलैया सडकखण्डको परवानीपुरदेखि गण्डक नहरसम्म करीब ४ किलोमिटर ४३ प्रतिशत, गण्डक नहरदेखि हरपतगंज चोकसम्म ३.५ किमी ८२ प्रतिशत, हरपतगंजचोकदेखि श्रीसिया सुक्खा बन्दरगाहसम्म ३.५ किमी ४० प्रतिशत, पथलैयाचोकदेखि सूर्य नेपाल सिमरासम्म ४.६ किमी ७६ प्रतिशत, सूर्य नेपाल सिमरादेखि आर्मी क्याम्प जीतपुरसम्म ५.८० किमी ३८ प्रतिशत, आर्मी क्याम्प जीतपुरदेखि परवानीपुरसम्म ५ किमी ९० प्रतिशत र परवानीपुरदेखि गण्डकचोकसम्म ४.२४ किमी ३७ प्रतिशत सडक निर्माण भएको प्राप्त विवरणमा जनाइएको छ ।
    वीरगंज–पथलैया ६ लेन सडक निर्माण क्ष्Fेत्रभित्र पर्ने जीतपुरस्थित लालका पुलको निर्माण प्रगति ५८ प्रतिशत, परवानीपुरचोकस्थित श्रीसिया खोला पुलको निर्माण प्रगति ५६ प्रतिशत र परवानीपुर–श्रीसिया सुक्खा बन्दरगाह सडकखण्डबीच पर्ने श्रीसिया पुलको भौतिक निर्माण प्रगति ४९ प्रतिशत भएको प्राप्त विवरणमा जनाइएको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us