Saturday, February 15, 2020

द्रोण पर्व–११

उमाशङ्कर द्विवेदी
    हात्तीले सुँडबाट हानेर उनलाई खसालेर खुट्टाले मिच्न थाल्यो अनि भीमसेनले आप्mनो शरीर घुमाई उसको सुँडबाट बाहिर फुत्केर फेरि उसको पेटमुनि लुके अनि केही बेरमैं त्यहाँबाट बाहिर निस्की बडो वेगले भागे । यो देखेर सेनामा ठूलो कोलाहल मच्यो । पाण्डव सेना त्यस हात्तीबाट अत्यन्त भयभीत भएर भीमसेन उभिएको स्थानमा पुगे ।
    अनि महाराज युधिष्ठिरले पाञ्चाल वीरहरूलाई साथमा लिई राजा भगदत्तलाई चारैतिरबाट घेरामा हालेर उनीमाथि सयकडौ–हजारौ वाणहरूबाट वार गरे तर भगदत्तले त्यस प्रहारलाई आप्mनो अंकुशबाट नै व्यर्थ पारिदिए र आप्mनो हात्तीबाट नै पाण्डव वीर र पाञ्चाल वीरहरूको मर्दन गर्न थाले । संग्रामभूमिमा भगदत्तको यो बडो नै अद्भूत पराक्रम थियो । यसपछि दशार्ण देशका राजा हात्तीमा चढेर भगदत्तको सामु आइपुगे । अब दुवै हात्तीरोहीबीच बडो भयङ्कर युद्धको थालनि भयो । भगदत्तको हात्तीले पछि हटेर दशार्णराजको हात्तीलाई यस्तो ठक्कर दियो कि उसको हात्तीको छातीको करङ्ग नै भांँचियो । त्यो हात्ती तत्कालै भुइँमा लड्यो । यसै बेला भगदत्तले सातवटा टल्किदो तोमर हानेर हात्तीमाथि सवार दशार्णराजलाई मारिदिए ।
    अब युधिष्ठिरले बडो ठूलो रथसेना लिएर भगदत्तलाई चारैतिरबाट घेरामा हाले तर प्राग्ज्योतिषनरेशले आप्mनो हात्तीलाई एक्कासि सात्यकिको रथतिर घुमाए । हात्तीले उनको रथ उचालेर बडो वेगले टाढा फालिदियो तर सात्यकि रथबाट हाम्फालेर भागे । अनि कृतिका पुत्र रुचिपर्वा भगदत्तको सामु आए । उनी रथमा सवार थिए । उनले कालको समान वाणवर्षा गर्न आरम्भ गरे तर भगदत्तले उनलाई एउटै वाण हानेर यमराजको घर पठाइदिए । वीर रुचिपर्वा मारिएपछि अभिमन्यु, द्रौपदीका पुत्रहरू, चेकितान, धृष्टकेतु र युयुत्सु आदि योद्धाहरूले हात्तीलाई सिकिस्त पार्न थाले । त्यस हात्तीलाई मार्नको लागि उनीहरूले त्यसमाथि वाण वर्षा गर्न आरम्भ गरे तर जब माहुतेले त्यसलाई कुर्कुच्चा, अंकुश र बुढीऔलाले काउकुति लगाएर बढायो अनि हात्तीले सूँड फैलाएर कान र नेत्रलाई स्थिर पारी पुच्छर ठाडो पारी शत्रुहरूतिर हानियो । त्यस हात्तीले युयुत्सुको घोडालाई खुट्टाले थिचेर त्यसको सारथिलाई मारिदियो तर युयुत्सु तत्कालै रथबाट हाम्फालेर भागे ।
    अब अभिमन्युले बा¥हवटा, युयुत्सुले दशवटा तथा द्रौपदीका पाँचै पुत्र र धृष्टकेतुले तीन–तीनवटा वाण हानेर त्यसलाई घाइते पारिदिए । शत्रुहरूको वाणले उसलाइ निकै पीडा पु¥यायो । माहुतेले उसलाई फेरि युक्तिपूर्वक अघि बढायो । यसबाट कुपित भएर हात्ती शत्रुहरूलाई उचालेर आप्mनो दायाँबायाँ फ्याँक्न थाल्यो । यसबाट जम्मै वीरहरू भयाक्रान्त हुन पुगे । गजारोही, अश्वारोही, रथि र सबै राजाहरू डराएर भाग्न थाले । त्यस बेला उनीहरूको कोलाहलको कारण बडो भीषण शब्द हुन थाल्यो । वायु बडो वेगले बगिरहेको थियो, त्यसैले आकाश र समस्त सैनिक डप्mफा धूलोबाट ढाकिएका थिए ।
    यस प्रकार भगदत्तको अनेकौ प्रकारको पराक्रमबाट आकाशमा धूलो उडेको र हात्तीको चित्कार सुनी अर्जुनले श्रीकृष्णसित भने–मधुसूदन, लाग्दछ, प्राग्ज्योतिषनरेश भगदत्त आज हात्तीमाथि चढेर हाम्रो सेनालाई बिचल्लीमा पारिरहेका छन् । निस्सन्देह, यो कराइ उनकै हात्तीको हो । मलाई त लाग्दछ यिनी युद्धभूमिमा इन्द्रभन्दा कम्ति छैनन् । यिनलाई गजारोहीहरूमध्ये संसारभरिमैं श्रेष्ठ मानिन्छ । आज यिनी एक्लैले पाण्डवहरूको सम्पूर्ण सेना नष्ट पारिदिनेछन् । हामी दुवैबाहेक यिनको गति रोक्न कोही पनि समर्थ छैन । त्यसैले अब हामी छिट्टै उनको सामु जाऔं ।
    अर्जुनले यसतो भनेपछि भगवान् कृष्णले उनको रथलाई उतैतिर लगे जहाँ भगदत्तले पाण्डवी सेनको संहार गरिरहेका थिए । उनलाई उतातिर गइरहेको देखेर चौध हजार शंसप्तक, दश हजार त्रिगर्त र चार हजार
नारायणी सेनाका वीरहरूले पछाडिबाट डाक्न थाले । अब अर्जुनको हृदय द्विविधामा पर्न गयो । उनी विचार गर्न थाले–अब म शंसप्तकहरूतिर जाउँ कि राजा युधिष्ठिरतिर जाउँ ? यी दुवैमा कुन काम गर्नाले विशेष हितकर हुनेछ ? अन्त्यमा उनको विचार शंसप्तकहरूको वध गर्नमा अधिक स्थिर भयो । त्यसैले उनी एक्लै हजारौ वीरहरूलाई मार्नको लागि शंसप्तकहरूतिर फर्किए ।
    शंसप्तक वीरहरूले एकै साथ हजारौ वाण अर्जुनतिर हाने । त्यसबाट ठ््याम्मै ढाकिएपछि अर्जुन, कृष्ण तथा उनीहरूका घोडा र रथ जम्मै देखिन छाड्यो । अनि अर्जुनले कुरैकुरामा तिनीहरूलाइ ब्रह्मास्त्रबाट काटिदिए, फेरि उनको वाणबाट अनेकौ ध्वजा, घोडा, सारथि, हात्ती र माहुतेहरू काटिएर खसे, अनेकौ वीरका भुजा, जसमा ऋष्टि, प्रास, तरबार, व्याघ्रनख, मुद्गर, र बन्चरो आदि थिए, काटिएर यताउति छरिए तथा उनीहरूको टाउको गिंडिएर यताउति गुड्न थाले । अर्जुनको यस्तो पराक्रम हेरेर श्रीकृष्णलाई बडो आश्चर्य भयो र उनी भन्न थाले–पार्थ, तिमीले गरेको यो काम इन्द्र, यम र कुबेरबाट पनि हुन कठिन छ । मैले युद्धमा प्रत्यक्ष नै सयकडौ–हजारौं शंसप्तक महारथिहरूलाई एकैसाथ लड्द,ै खस्दै गरेको हेरें ।
    यस प्रकार त्यहाँ जति शंसप्तक वीरहरू थिए, तिनीहरूमध्ये अधिकांशलाई मारेर अर्जुनले श्रीकृष्णसित भने–अब भगदत्ततिर जाऔं । श्रीकृष्णले बडो पूmर्तिको साथ घोडाहरूलाई द्रोणाचार्यतिर मोडिदिए । यो देखेर सुशर्माले आप्mना भाइहरूलाई साथमा लिएर उनलाई पछ््याउन थाले । अनि अर्जुनले श्रीकृष्णसित सोधे–अच्युत, हेर्नुहोस् त , यतातिर त आप्mना भाइहरूका साथमा सुशर्माले मलाई युद्धको लागि हाँक दिइरहेको छ र उत्तर दिशामा हाम्रो सेनाको संहार भइरहेको छ । क्रमशः..।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us